प्रतिविम्वको इतिहास !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रतिविम्वको इतिहास !!   भुत्ते खुकुरीमा लगा'को धार जस्तै  कर्कश छ यस्को लवज संधिग्द अपराधमा मुछिएको छविले वजन्दार भएको जिउ लिएर फिस्स हँस्छ | गिज्ज्याएको होकी क्या हो ... गिद्धका फूल फुटाउने आदिम समयका नायकहरुलाई  जो इतिहासको गाथाबीच गाँठो परेर बसे,  वा... आफु हुनुको भान गराउन  प्याच्च बोलेको हो, ठ्वास्स गन्हा'को हो  आलो रगतको पाप्रो कोटाउदै  प्रतिविम्व बना'को हो ||    कम्मरमा पटुकी बाँधेर  चहकिलो हतियार भिरी  श्रीपेच बिना, श्रीदेश बिना , मुक्तिका  सैनिकहरु एकटक उसलाई हेरिरहेका छन्  उसले बोलेको स्वर सुन्न, घनघोर परिस्थितीको कल्पना गरेर  ढीस्कुरोको डीलमा बस्ने रमितेहरु उसको  औंलाका कापहरुमा  गडयौलासरि घुस्रिरहेका छन्,  हुतीबिनाको मुटु लिएर  बौसीका सासहरु रुमल्लिरहेका छन्  ऊ नजिक...   शब्दको गहराईमा,  सहसको  परिकल्पना गर्ने  अल्छी भुस्तिघ्रेहरु... अदृश्य लक्ष्यको खोजिमा घनिभूत भएर लाग्दा  उसको भीमकाय शरीरको छाँयामा  ओत लागिरहेको देखिन्छ.. तिनै हुन् इतिहाँस बनाउने.. जीवनको मुल्यलाई खानिखुस्री  प्रतिविम्व दिने.... र नायक जन्माउने !! Last edited: 28-Dec-13 09:53 AM

jhaukiri · Dec 27, 2013 8:52 PM · 12,662 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all