दूतवासका कर्मचारी कुवेतमा पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दूतवासका कर्मचारी कुवेतमा पक्राउ 17 Dec 2013 | 08:30am मङ्गलबार २ पुष, २०७० सुरेन्द्र पौडेल 1 2 3 4 5 (0 votes) काठमाडौं- दूतावासका दुई कर्मचारीसहित तीन नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेपछि कुवेतस्थित नेपाली दूतावासले मानहानि भएको भन्दै त्यहाँको सरकारलाई विरोधपत्र बुझाएको छ। प्रहरीले स्थानीय समयअनुसार शनिबार साँझ ७ बजे नेपाली दूतावासमा स्थानीय कर्मचारीको रूपमा कार्यरत राजु क्षेत्री तथा स्वराज अहमद र क्षेत्रीकी पत्नीलाई पक्राउ गरेको थियो। दूतावासको पहलमा दुवै कर्मचारी रिहा भइसकेका छन् भने क्षेत्रीकी पत्नी प्रहरी नियन्त्रणमै छिन्। कर्मचारी पक्राउ परेको तेस्रो दिनसम्म घटना गुपचुप नै राखिएको थियो। प्रहरीले बिनाजानकारी कर्मचारी पक्राउ गरेपछि दूतावासले सोमबार कुवेतको विदेश मन्त्रालयलाई विरोधपत्र बुझाएको हो। 'हाम्रो मानहानि भयो भनेर कुवेतको विदेश मन्त्रालयलाई प्रोटेस्ट लेटर (विरोधपत्र) बुझाएका छौं,' कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले टेलिफोनमा नागरिकसँग भने, 'कुवेतको विदेश मन्त्रालयले नहुनुपर्ने भयो भनेर मौखिक रूपमा क्षमयाचना गरेको छ। यसलाई सकेसम्म छिटो कूटनीतिक तहबाट समाधान गर्न हामीले भनेका छौं।' राजदूत पौडेलले कर्मचारीकी पत्नीको मुद्दा–मामिला भएकाले रिहा गर्न नसकिएको जानकारी दिए। उनलाई मंगलबार रिहा गर्ने सम्भावना भएको पौडेलको भनाइ छ। राजदूत पौडेलका अनुसार उनी एक ब्युटी पार्लरमा काम गर्थिन्। नेपालबाट '१८ नम्बर भिसा'मा गएकी उनले ब्युटी पार्लरमा काम गरेको तीन वर्ष पूरा भइसकेको थियो। कुवेती कानुनअनुसार १८ नम्बर भिसामा जाने कामदारले तीन वर्षपछि स्वेच्छाले रोजगार तथा मालिक फेर्न पाउँछन्। ती महिलाले पनि अर्को ब्युटी पार्लरबाट राम्रो 'अफर' आएपछि पुरानो ठाउँको काम छाडेकी थिइन्। कुवेतमा छिर्नेबित्तिकै प्रायः कामदारको राहदानी रोजगारदाता(मालिक)ले लिने गर्छन्। उनीहरूको करार अवधि सकिएपछि मात्र मालिकले राहदानी फिर्ता गर्ने अभ्यास छ। राहदानी फिर्ता नभएसम्म अर्को ठाउँमा काम गर्न पाइँदैन। बिनाराहदानी काम सुरु गरे अवैध हुन्छ। अर्को ठाउँमा जान ती महिलाले मालिकसँग आफ्नो राहदानी फिर्ता मागेकी थिइन्। धनाढ्य मालिकले राहदानी फिर्ता नगरेपछि गत नोभेम्बरमा उनले त्यहाँको अदालतमा 'राहदानी फिर्ता गराइपाऊँ' भनेर उजुरी दिएकी थिइन्। अदालतले उनको मालिकलाई राहदानीसहित आउन भनिसकेको थियो। यहीबीच मालिकले शनिबार साँझ उनलाई राहदानी लिन बोलाएका थिए। कुवेती कानुनअनुसार बिनाअनुमति कसैको घरमा प्रवेश गर्न पाइँदैन। राहदानी लिन जाँदा ती महिलाले नेपाली दूतावासमा कार्यरत आफ्ना पति राजु र अर्का कर्मचारी अहमद पनि सँगै लगेकी थिइन्। कम्पाउन्डभित्र छिर्नेबित्तिकै मालिकले प्रहरीको गुप्तचरी निकायमा खबर गरी उनीहरूलाई बुझाइदिए। त्यसपछि क्षेत्री र अहमदले दूतावासमा फोन गरेर जानकारी गराएका थिए। दूतावासका प्रथम सचिव विशाल भट्टराईले प्रहरी स्टेसन पुगेर तीन घन्टापछि क्षेत्री र अहमदलाई रिहा गराएका थिए। 'प्रहरीलाई जबर्जस्ती धकेलेको आरोप क्षेत्री र अहमदमाथि लगाइएको छ,' राजदूत पौडेलले भने, 'कूटनीतिक तहबाट हामी समाधान खोज्दैछौं।' आफ्ना कर्मचारी पक्राउ परेको तेस्रो दिनसम्म कुवेतका सरकारबाट कुनै प्रतिक्रिया नआएपछि दूतावासका कर्मचारी विरोधपत्र लिएर कुवेतको विदेश मन्त्रालय पुगेका थिए। - See more at: http://www.nagariknews.com/dia...

_____ · Dec 18, 2013 1:09 PM · 1,207 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all