महानगरपालिकाका इन्जिनियर डंगोलविरुद्ध भ्रष्टाचारको मुद्दा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

महानगरपालिकाका इन्जिनियर डंगोलविरुद्ध भ्रष्टाचारको मुद्दा २०७० पुष ३ गते १९:१५ मा प्रकाशित ३ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका वरिष्ठ इन्जिनियर देवेन्द्र डंगोलविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । साथै उनका भजित अनुजबहादुर सिंहविरुद्ध पनि मुद्दा दायर भएको छ । पदीय दुरुपयोग गरी १ करोड ४१ लाख ९३ हजार ९ सय ४८ रुपैयाँ ७ पैसा गैरकानूनी रुपमा आर्जन गरेको दावीसहित अख्तियारले बुधबार डंगोलविरुद्ध मुद्दा दायर गरेको हो । डंगोलले १ करोड ४१ लाखको स्रोत प्रमाणित गर्न नसकेको तथा आफूले आर्जन गरेको सम्पत्तिमध्ये निजको भतिजा अनुजबहादुर सिंहको नाममा १ करोड ८ लाख र बा.७च ६७५३ नम्बरको सेब्रोलेट स्पार्क गाडी समेत लुकाएको अख्तियारको आरोप छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा २० (२) बमोजिम सोही बराबरको बिगो र बिगो बमोजिम जरिवाना गरी सजायको माग गरेको छ साथै अनुजबहादुर सिंहको नाममा रहेको १ करोड ८ लाख र गाडी जफत गर्न माग गरेको प्रवक्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । - See more at: http://www.onlinekhabar.com/20...

_____ · Dec 18, 2013 1:01 PM · 1,150 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all