नेपाल आयो (लघुकथा)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ऊ अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो । विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो। त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो । पढाइ सक्केको ३ वर्षपछि बिहे गर्न भनेर फेरि आयो । करिब १० वर्षपछि बाबुको मृत्युको खबर पुगेपछि आयो । अर्को पन्ध्र वर्षमा आमाको अन्तिम अनुहार हेर्न आयो । सुनिन्थ्यो त्यसपछि उसलाई स्वदेशमै फर्कने रहर आयो । अर्को दशक बित्यो, तर ‘उता बस्नै मन छैन रे’ भन्ने मात्र खबर आयो । कहिले केटाकेटीको पढाइले अल्झेको त, कहिले सपरिवार नै फिर्ने खबर आयो । नेपालमै बस्छु, नेपालमै मर्छु भन्छ भन्ने इच्छा उसमा उग्र आयो । समय बित्तै गयो, तर ऊ हैन्, उ आउने खबर मात्रै आयो । धेरै वर्ष फेरि बित्दा एउटा वैराग्यको खबर आयो । सुनियो कि काठको बाकस भित्र हालिएको उसको लास नेपाल आयो । (Source : http://laghukathaa.wordpress.c... )

Rudramati · Dec 10, 2013 3:16 PM · 16,311 views

5 Replies

Wah wah. Get out while you can!!

Kiddo · Dec 10, 2013 3:49 PM

Good story..Kiddo, get out of what? The country or the box? The later is gonna be difficult. 

IDK2013 · Dec 10, 2013 3:59 PM

Story of my life!!

Yuvaraj · Dec 10, 2013 8:32 PM

wah wah wah. Story of the 99% Nepalese in America. नछिरे सम्म छिरन गारो छिरे पछि निस्कन गारो भनेको के हो त? विदेश हो lolz

mno · Dec 10, 2013 10:57 PM

Sad story but this is reality for many people who leave their country, no matter which country they are from.

grgDai · Dec 12, 2013 9:47 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all