निर्देशक दबाबमा परेपछि निर्देशक राजु गिरीले केही महिनाअघि एउटा चलचित्र निर्देशन गर्ने घोषणा गरे, 'पाण्डे द किलर'। चलचित्रको शीर्षक सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि पाण्डे थर भएका अधिकांश व्यक्तिले गिरीलाई चलचित्रको शीर्षक परिवर्तन गर्न आग्रह गरे। पाण्डे थर भएका एक प्रभावशाली नेताले त उनलाई चलचित्रको शीर्षक नै परिवर्तन दबाब दिए। चौतर्फी दबाबपछि बाध्य भएर निर्देशक गिरीले चलचित्रको शीर्षक परिवर्तन गरे, 'पाण्डे द रियल हिरो' ! पाण्डेलाई रियल हिरोका रूपमा उतार्ने भएपछि अघिल्लो शीर्षकको विरोध गर्नेहरूले नै गिरीको प्रशंसा गरे। किलरलाई हिरो बनाउने श्रेय पाइरहेका बेला निर्देशक गिरीलाई आफ्नै लगानीमा नयाँ चलचित्र निर्देशन गर्ने उत्साह जाग्यो। पाण्डे द किलर तथा पाण्डे द रियल हिरोलाई बिर्संदै उनले यसै साता नयाँ चलचित्रको घोषणा गरे, 'टाइगर द रियल हिरो।' यसै साता काठमाडौंमा शुभसाइत गरिएको यो चलचित्रमा सुरज रानाभाट तथा शुभेच्क्षा थापा मुख्य भूमिकामा प्रस्तुत हुँदैछन्। http://www.ekantipur.com/sapta...
metta · Dec 7, 2013 9:09 AM · 2,304 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion