मंगसिर २० ,भर्जिनिया विजय थापा भर्खरै सम्पन्न भएको तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा साहित्य सम्बन्धि बिबिध बिषयमा मस्तिष्क मन्थन गरिएको छ l चर्चाको शिखरमा पुगेका बिषयहरुमा देवकोटाले बिश्व जगतमा गरेको योगदानको चर्चा तथा वहाका अप्रकाशित कृतिहरुको बिषयमा उठाईएको बिषयले उपल्लो स्थान ओगट्न सफल भएको छ l उक्त साहित्य सम्मेलनमा देवकोटाको बारेमा अमेरिकामा रहेका कवि तथा साहित्यकार बसन्त श्रेष्ठले महाकवि लक्ष्मी प्रसाद देवकोटाको साहित्यको फाटमा बिश्वमा कस्तो अवस्था थियो र यिनै सेरोफेरोमा रही गहन प्रस्तुति निकै ओजस्वी हुन् पुगेको छ l उनि द्वारा राखिएको सुझाबलाई सहभागी साहित्यकारहरु तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले गम्भीरताका साथ लिएको छ l श्रेष्ठले थप विचार पोख्दै प्रत्येक बर्ष मनाउने लक्ष्मी जयन्तिलाई केवल देबकोटाको आर्थिक दयनियताको चित्रण र विलक्षण प्रतिभाको गुनगान मात्र नगरी देवकोटाका अप्रकाशित कृतिहरु अबिलम्ब प्रकाशित गरिनु पर्ने , देवकोटाका उपयुक्त कृतिहरु अंग्रेजीमा अनुबाद गरिनु पर्ने ,देबकोटाको चलचित्रलाई देश बिदेशमा सक्दो प्रचार प्रसार गरिनु पर्ने ,देबकोटाको गीति कबितालाई गीती नाटकको रुपमा प्रदर्शन गरिनु पर्ने तथा देबकोटाको जन्म घरलाई जिर्णोद्वार गरि देबकोटा संग्रहालयमामा परिबर्तन गरिनु पर्ने जस्ता प्रस्ताबले निकै महत्व पायो l वहाले राखेका सुझाब र प्रस्ताब माथि निकै सकारात्मक भएको साहित्यकारहरुले टिप्पणी गरे भने एटलान्टाबाट आएका दक्षिण पुर्व नेपाली संघका वर्तमान अध्यक्ष राम चन्द्र बराल(बिध्या वारिधि )ले आफ्नो तर्फ तथा संस्थाको तर्फबाट यस बिषयमा अहम भूमिका निर्वाह गर्ने बिचार व्यक्त गरेका थिए l साहित्य सम्मेलनको लागि त्रिभुवन बिश्व बिद्यालयका नेपाली बिभागका प्राध्यापक खगेन्द्र लुइँटेल(बिद्या वारिधि )ले डायस्पोरा सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै डायस्पोरा शब्द अहिले निक्कै चर्चा पाएको उल्लेख गर्दै यसमा विवाद पनि देखिएको छ भने l यसको प्रयोग व्यक्तिगत साधनको रुपमा प्रयोग गरिने र लाल मोहर लगाईएको जस्तो पाएको भन्दै डायस्पोरा अहिले प्रारम्भिक अवस्थामा नै छ l र यसलाई यहाहरुले नै बिगारेको दाबी गर्दै यसको लागि संयोजन समिति निर्माण गरि यसको बारेमा व्यापक छलफल गर्नु पर्ने बताए l सम्बोधन कै क्रममा नेपाली साहित्य प्रतिष्ठान ,उत्तर अमेरिका तथा कवि बसन्त श्रेष्ठले सम्मेलनलाई अर्को महत्वपूर्ण सम्बोधन गर्दै " संस्थाको उद्देश्य र नीति नियम र उद्देश्य अनुरुपको सम्मेलनको नारा र बिषय हुनु पर्ने कुरामा जोड दिएका थिए l
mahoday · Dec 5, 2013 7:04 PM · 2,488 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion