अमेरिकामा भानुको शालिक अनावरण साथै नेपाली भाषा दिवसको प्रस्ताब

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मंगसिर १८ ,भर्जिनिया  विजय थापा  अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भानुको शालिकको अनावरण अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा (बिध्या वारिधि )ले गर्नु भयो l  भानु भक्तको शालिकलाई नेपालबाट अमेरिका ल्याउने जिम्मा पाएका अनेसास डिसी शाखाका अधक्ष्य तथा भर्जिनियाका कबि प्रकाश नेपालले उक्त कामको लागि छ महिना समय दिइएकोमा आफ्नो पहलमा उक्त भानुको शालिक एक महिनामा ल्याएको जानकारी दिए l सम्मेलनको दोश्रो दिन डिसेम्बर १ तारिखमा क्यानाडाबाट कार्यपत्र प्रस्तुत गर्न आउनु भएका गोविन्द सिंह रावत(बिध्या वारिधि )ले 'नेपाली भाषा दिवस ' मनाउनु पर्ने भन्ने प्रस्ताब राखेका थिए l  भाषा रहेन भने हाम्रो अस्तित्व रहदैन भन्दै कार्यपत्र प्रस्तुत संक्षेपमा गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जस्ता भाषा तथा साहित्यको लागि काम गर्ने संस्थाले 'नेपाली भाषा दिवस ' बारेमा पहल गर्नु पर्ने सुझाब राखेका थिए l उक्त सुझाबलाई भब्य स्वागत गरिएको छ भने प्रस्ताब सम्मेलनले पारित गर्न प्रेरित गरेता पनि यसलाई व्यापक छलफलमा ल्याउनु पर्ने सुझाब सहभागीबाट आएकोले त्यो बिषयको चर्चा परिचर्चा कालान्तरमा गरिने भएको छ lनेपालमा सडक नाटकमा लामो समय सम्म अभिनय गरेका र क्यानाडामा यसै बिषयमा बिध्या वारिधि गरेका रावतले उनि द्वारा रचित पुस्तकको बिमोचन अरु कसै द्वारा नगराई आफैले आफ्नो पुस्तक बिमोचन गरेको घोषणा गरेका थिए l  अर्का कार्यपत्र प्रस्तुत गर्ने पोखरा पृथ्वी नारायण क्याम्पस(महा बिद्यालय )का प्राध्यापक कुसुमाकर न्यौपाने (बिध्या वारिधि )को लोक साहित्यमा गरेको रोचक र अनुसन्धानात्मक खोज गरेको वृतचित्रको प्रदर्शनले सबैको ध्यानाकर्षण गराएको थियो l  डायसपोरा (प्रवासी )साहित्यमा लोक साहित्य र बाल साहित्यको विकास नभएको स्थिति रहेकोले प्रवासमा रहेका साहित्यकारहरुको यस तर्फ ध्यान जानु पर्ने बताए l दूई जना मदन पुरस्कार बिजयी मोदनाथ प्रश्रित तथा सेतो धर्ति उपन्यासका उपन्यासकार अमर न्यौपाने तथा अन्य प्राज्ञहरुको  सहभागीता रहेको सम्मेलन निकै उत्साहजनक रह्यो l सम्मेलन अत्यन्तै सफलता पुर्वक सम्पन्न भएता पनि कार्यक्रम समयमा संचालन हुन नसकेको अवस्था ,व्यवस्थापन फितलो र अव्यवस्थित जस्तो हुन् पुगेको कारणले सहभागीहरुले क्रोध प्रकट गर्नुको साथै असन्तुष्ट जनाएका थिए l  नेपाल र बाहिरबाट आएका अतिथिहरुले केहि गर्दै गरेनौ भने कहिले गल्ति हुदै हुदैन भन्दै काम गर्दा कहिलेकाही गल्ति हुने हुदा सानातीना भूल चुक हुनु स्वाभाविक हुन्छ भन्दै यस्ता कुरामा अल्झिनु हुदैन भन्ने बिचार पोखेका थिए l  अधक्ष्य गीता खत्रीले  कमि कमजोरी ,सम्पूर्ण गल्ति तथा दोषारोपण आफ्नो थाप्लोमा लिएकी थिइन् l

mahoday · Dec 3, 2013 8:09 PM · 2,716 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all