ऋचा घिमिरेको 'तुलशी'चलचित्र अमेरिकामा प्रथम प्रदर्शन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                 ऋचा घिमिरेको 'तुलशी'चलचित्र अमेरिकामा प्रथम प्रदर्शन  भर्जिनिया ,मंगसिर १७  विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा नेपाली चलचित्रका युवा निर्माता /निर्देशक शंकर घिमिरे तथा   ऋचा घिमिरेको अभिनय रहेको सामाजिक कथानक चलचित्र तुलशीको प्रथम प्रदर्शन (प्रिमिएर )भब्यताको साथ शानदार प्रदर्शन भएको छ l उक्त चलचित्रलाई प्रचार र प्रसार गर्न दम्पत्ति शंकर घिमिरे तथा ऋचा घिमिरे केहि दिन अगाडी मात्र अमेरिका आई पुगेका छन् l नेपाली चलचित्रलाई परदेशमा पनि माया गर्ने र हेर्ने संख्या वृद्धि हुदै गएको अवस्थामा अमेरिकाबासी नेपाली दाजु भाई तथा दिदिबहिनिहरुले मन पराउनु हुनेछ भन्ने पूर्ण बिश्वास लिएर अमेरिकाको छिरेका हौ भनि निर्देशक घिमिरेले बताए l पहिले पनि बिभिन्न राष्ट्रहरुमा आफुले निर्माण गरेका चलचित्रहरु देखाएकोले अमेरिकामा प्रथम प्रदर्शन देखाउन अवसर  पाईएकोमा हर्षित हुदै बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(बाना) परिवार प्रति धन्यबाद शंकर घिमिरेले दिएका छन् l नेपाली भाषा कक्षा संचालनको सहयोगार्थको लागि 'तुलशी 'चलचित्र बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(बाना)ले आयोजना गरेको हो भन्दै संस्थाका अधक्ष्य बिजय श्रेष्ठले तुलशी राम्रो सामाजिक चलचित्र लागेको बताए l अन्य दर्शकहरुले पनि बानाले अहिले सम्म देखाएको नेपाली चलचित्रमा यो सबै भन्दा उत्तम लागेको भन्दै बानाले यस्तो चलचित्र बेला बेलामा देखाउन आग्रह समेत गरेको बताए l परदेशको व्यस्त जीवन र कामको धपेडीले चलचित्र हेर्न कम रुचि भएता पनि चलचित्रकी अभिनेत्री ऋचा घिमिरे स्वयम् दर्शकहरुसंग संगै बसेर हेरी दिएकोले दर्शकहरु अझ उत्प्रेरित भएका छन् l चलचित्र हेर्न कलाकारहरु पुजा चन्द ,सारंगा श्रेष्ठ ,लोक गायक प्रेम राजा महत ,राजु लामा ,गिनिज पुस्तक बिजेता रवि लामिछाने ,ब्यबसायी तथा समाज सेवी राजा घले (एटलान्टा )दर्शकको रुपमा आएका थिए भने भारतीय तथा पाकिस्तानी दर्शक पनि आएका थिए l चलचित्र समाप्त पछि बाहिर निस्किएका अधिकांस दर्शकहरुको आँखा रसाएका देखिन्थ्ये l चलचित्रको कथा वस्तु राम्रो ,उत्कृस्ट सामाजिक चलचित्र लागेको भन्दै अन्तिम चरणको दृश्य अलिक मार्मिक भएको र त्यसले अझ चलचित्रमा जीवन्तता ल्याएको भन्दै सबैले हेर्ने पर्ने चलचित्र हो भनि निरज मान श्रेष्ठले बताए l नेपाली चलचित्रको मांग बढी रहेको बेलामा दर्शकहरुले चलचित्र हेरी भरपुर मनोरंजन लिएका छन् l चलचित्रको शुल्क $ १०.०० डलर राखिएको थियो l

mahoday · Dec 3, 2013 4:45 PM · 3,753 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all