अन्तर्जातीय बिबाह

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

metta · Dec 1, 2013 5:47 PM · 3,730 views

5 Replies

संकृतका विद्वान जसले भाषालाई  पेवा बनाए अनि हिटलरी पारमा जातिय सुद्दा सुद्दी गरि अन्तरजातीय बिबाहलाइलाइ पाखा लगाई बिसुद्द जातिको सृजना गरे : तेतिमात्र हो र खान पिन पनि छुट्टै बनाए | तिम्रो बिद्वतामा हिन्दुत्व मौलाएको छ , पादरीले नया गुड बनाउदै छन् | Last edited: 01-Dec-13 07:41 PM

magorkhe1 · Dec 1, 2013 7:41 PM

http://nayapatrika.com/index.p... मन्दिरमा धुप चढाउने दलितलाई मार्ने धम्की नयाँ पत्रिकागुल्मी, १२ मंसिर   मन्दिरमा धुपध्वजा चढाएको भन्दै गुल्मीको दरबार देवीस्थानका दलितलाई स्थानीय गैरदलितले ज्यानमार्ने धम्की दिएका छन् । दरबार देवीस्थान गाविस–९ राक्सेडाँडाको मालिका मन्दिरमा धुपध्वजा चढाएका दलितलाई गैरदलितले ज्यान मार्ने धम्की दिएका हुन् ।   गत वर्ष सबै मिलेर गाउँमा बनाएको मालिका मन्दिरमा धुपध्वजा चढाउँदा स्थानीय समाजसेवीले नै ज्यान मार्ने धम्की दिएको दलित समुदायका अगुवा गोकर्ण नेपालीले बताए । ‘चुनावअघि दलितका लागि हाम्रो पार्टीले समानता र अधिकार दिन्छ भन्दै घर–घरमा आएर भोट मागे,’ उनले भने, ‘अस्ति आइतबार मन्दिरमा धुपध्वजा चढाउन लागेकालाई ज्यान मार्ने धम्की दिए ।’ दरबार देवीस्थान गाविसका अगुवा अशोक थापालगायतले चुनावको समयमा केही नभनेको र चुनाव सकिनेबित्तिकै धम्की दिएको नेपालीले बताए ।   ‘रूखमा झुन्डयाउने धम्कीसमेत आयो,’ नेपालीले भने, ‘आज बिहान दरबार देवीस्थान गाविसकै ठूला समाजसेवी भनिएका अशोक थापाले समेत जतिवेला पनि मार्नसक्ने धम्की दिएपछि सबै दलित डराएका छौँ ।’   समाजसेवी थापाले भने अहिलेसम्म मिलेर पूजा गरेको मन्दिरमा दलितहरूले हिंसा भड्काउन खोजेको बताए । ‘के ती दलितले मात्रै चाहेर हुन्छ ? बाहुन–क्षेत्री सबैको सहमति चाहिँदैन ?,’ थापाले भने, ‘इच्छा नलागे बाहुनले पकाएको खिर खान्न भन्न पनि पाइन्छ जबरजस्ती गर्न पाइँदैन ।’ पत्रकारसँग समेत उनले समाजले नमानेपछि जबरजस्ती गर्न नहुने र गरेमा जे पनि हुनसक्ने बताए । ‘गोकर्णेलाई सम्झाइदेउ, नत्र जे पनि हुनसक्छ,’ उनले भने ।   मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्यले पनि परम्परा र धर्म संस्कृति बिगार्न नहुने बताए । ‘मैले मानेर भएन यहाँ ७०/८० वर्षका वृद्धले मान्दैनन्, एकैचोटि गर्न सकिँदैन क्रमसँगै हुने कुरा हो,’ उनले भने, ‘उहाँसँगै छु म, हामी मिल्नुपर्छ यो कुरा बाहिर ल्याउनुहुँदैन ।’   दलित अगुवा गोकर्णले भने त्यहाँका २५ घरधुरी दलितलाई एक्लो पारेको भन्दै न्यायका लागि सञ्चारमाध्यमसँग गुहारेका छन् । सधैँजसो चुनावअघिसम्म विभिन्न दलका विभिन्न नेताले सबै जात–जाति समान छौँ, जातिपातिका कुरा उठाउँदा हिंसा भड्किन्छ भन्ने गरे पनि चुनाव सकिएलगत्तै दलितहरूले सामाजिक हिंसा खेपिरहनुपरेको दलितहरूको गुनासो छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्यले परम्परा र धर्म संस्कृति बिगार्न नहुने बताए ।

metta · Dec 2, 2013 7:31 PM

metta · Dec 6, 2013 6:49 PM

न मे मृत्यु शंका न मे जातिभेद: पिता नैव मे नैव माता न जन्म न बन्धुर्न मित्रं गुरुर्नैव शिष्य चिदानन्दरुप: शिवोहं शिवोहं English Translation: I have no death, nor have I any caste or creed distinction; I have neither mother nor father; I am never born; I have no kith or kin; I know no Guru nor I am a disciple; I am pure consciousness; I am auspiciousness, auspiciousness alone.

ujl · Dec 6, 2013 10:06 PM

metta · Dec 7, 2013 8:46 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all