गोल्डमेडलिष्ट ‘बडीगार्ड’ नेपाली मार्शल अार्ट खेलाडीहरुले मकाउका धनाढ्यहरुको सुरक्षााको जिम्मेवारी सम्हालेका छन् । हिमालखबर आईतबार , ९ मंसीर २०७० ४:३१ पम कृष्ण गुरुङ १० वर्षअघि रोजगारीका लागि मकाउ आएका सुन्दरपुर, मोरङका कृष्ण गुरुङ (३६) हङकङ र मकाउका अर्बपति डा. स्टान ली हुका पाँचमध्येका एक जना निजी सुरक्षा गार्ड हुन्। नेपालमा कराँतेमा ६ पटक गोल्ड मेडल जितेका अन्तर्राष्ट्रिय खेलाडी कृष्ण मकाउको कमाइले परिवारको भविष्य सुनिश्चित भएको बताउँछन्। सन् १९९९ मा नेपालमा भएको आठौं दक्षिण एशियाली खेलमा गोल्ड मेडल जितेका कृष्ण मलेशिया र जापानका एशियन गेमहरूमा समेत सहभागी भएका थिए। खेलकै कारण गोरखा दक्षिण बाहु समेत पाएका उनी ९ वर्ष खेलकुद परिषद्मा प्रशिक्षक रहे। मकाउ आएर तीन वर्ष सेक्युरिटी गार्डका रूपमा काम गरेका उनी कराँते सीपकै कारण डा. स्टान ली हुका बडीगार्ड हुन पुगे। मकाउका आधा दर्जन क्यासिनो चलाउने एसजेएन कम्पनीका मालिक स्टान ली हुको बडीगार्ड भए पनि कृष्णको कमाइले मासिक रु.२ लाख नाघेको छ। “नेपालमा खेलेर बाँच्ने अवस्था नभएपछि मकाउ आएको राम्रै भए जस्तो लागेको छ”, कृष्ण भन्छन्, “अहिले त गैर–आवासीय नेपाली संघमा पनि आवद्ध भएको छु।” कभर फोटो: मकाउका धनाढ्य स्टान ली हु र उनकी पत्नी एन्जिला लियोङका साथमा नेपाली ‘बडीगार्ड’ प्रेम राना मगर, राजेन्द्र गुरुङ, राजन डंगोल, मानबहादुर शाही र कृष्ण गुरुङ।डम्बरकृष्ण श्रेष्ठ
_____ · Nov 25, 2013 5:59 AM · 1,999 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion