जातीय मुद्दा बोक्ने पार्टी बढारिए, ७ सय ८४ को जमानत जफत 24 Nov 2013 | 14:45pm आइतबार ९ मंसिर, २०७० बेनुपराज भट्टराई 1 2 3 4 5 (1 Vote) इलाम— लोकतन्त्र स्थापनापछि चर्कोगरी उठ्दै गरेको जातीय र धार्मिक मुद्दालाई काखी च्यापेर राजनीति गर्न खोज्ने सयौं नेता यसपल्टको चुनावी परिणामले नराम्ररी पछारिएका छन्। सामाजिक रुपान्तरण र जनमुखी कामका लागि गरिनुपर्ने राजनीतिलाई वैयक्तिक लाभको माध्यम बनाउन खोज्दा धेरै उम्मेदवार लज्जाजनक रुपमा पराजित छन् । मेची–कोशीका १० जिल्लामा मात्रै सात सय ८४उम्मेदवारको जमानत जफत भएको छ । उम्मेदवार हुँदा निर्वाचन आयोगमा धरौटी राखेको तीन हजार रुपैयाँ फिर्ता पाउन गणना भएको सदर मतको १० प्रतिशत आफूले ल्याउनुपर्ने नियम छ । तर, जातीय र धार्मिक मुद्दा बोकेर खुलेका नयाँ पार्टीसँगै एमाओवादी, कांग्रेस, राप्रपा, संघीय समाजवादी, फोरमकासमेत दर्जनौं उम्मेदवारले धरौटी फिर्ता नपाउने गरी थोरै मत ल्याएका छन्। जनताले नचाहेको विषयमा राजनीति गर्न खोज्नेहरुलाई उनीहरुको हारले झस्काइदिएको छ। आयोगका अनुसार आफू उठेको क्षेत्रमा गणना भएको सदर मतको १० प्रतिशत पनि नल्याउने उम्मेदवार यसपल्टको चुनावमा अत्यधिक छन् । थोरै मत ल्याएर जमानत गुमाउनेमा नौ निर्वाचन क्षेत्र रहेको मोरङमा मात्रै दुई सय ४३ जना छन् । झापामा एक सय ८७, सुनसरीमा एक सय ८५, इलाममा ३१, संखुवासभामा ३०, पा"चथरमा २८, धनकुटामा २७, भोजपुरमा २१, ताप्लेजुङमा १७ र तेह्रथुममा १५ उम्मेदवारको जमानत गुम्दैछ। आफ्ना मुद्दालाई 'सान्दर्भिक र जनमुखी' दावी गर्ने तर अरुका राम्रा सिद्धान्तलाई पनि सुन्न नचाहने प्रवृति अ"गाल्दा नेताहरुले जमानत गुमाउनुपर्ने अवस्था आएको हो । लोकतन्त्रपछि फराकिलो हुँदै गएको समाज र त्यहाँ बस्ने जनसाधारणको बद्लि"दो सोचले संकीर्ण सोचका नेतालाई नराम्ररी पाखा लगाइदिएको छ । जमानतै गुम्ने लज्जाजनक मत ल्याउनेमा भरखरै आएका मात्र होइन दशकौं राजनीति गरेका उम्मेदवारसमेत छन्। 'खसेकोमध्ये गणना हुने सदर मतको १० प्रतिशत नल्याउने उम्मेदवारको जमानत जफत हुन्छ' इलामका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले भने, 'त्यसरी हेर्दा यसपल्ट प्राप्त मतका आधारमा जमानत खोसिने उम्मेदवारको संख्या ठूलो छ ।' लिम्बु र राईको बसोबास धेरै भएको ठाउँमा उनीहरुकै समुदायको प्रतिनिधित्व गर्ने भन्दै उम्मेदवारी दिएका लिम्बुवान पार्टीका सबैजसो उम्मेदवार जमानत सुरक्षित राख्ने हैसियतमा देखिएनन् । कांग्रेस राजनीतिमा दशकौं बिताउने धनकुटाका आनन्दसन्तोषी राई दुई हजार चार सय २४ मत मात्रै ल्याएर जमानत गुमाउँदैछन् भने सुनसरी ५ बाट चुनाव लडेका एमाओवादीका नन्दनकुमार दत्तले दुई हजार पाँच सय ७९ मत मात्रै पाएर धरौटी फिर्ता लिन पाउने छैनन् । झापा–३ मा फोरम लोकतान्त्रिकबाट उठेका भारतेन्दुकुमार मल्लिकले तीन हजार सात सय ९८ मत ल्याए पनि धरौटी रकम फिर्ता पाउने छैनन्। सद्भावना पार्टीबाट मोरङ–५ मा लडेका बद्रीप्रसाद मण्डलले एक हजार एक सय १२ मत मात्रै पाएर जमानत गुमाउँदैछन् भने फोरम लोकतान्त्रिकबाट मोरङ–१ मा उठेका मोहम्मद अहताव आलमले दुई हजार ४८ मत मात्रै पाएपछि धरौटी रकम फिर्ता लिनसक्ने छैनन्। पाँचथर–१ बाट पहिलोपल्ट चुनाव लडेका राप्रपा नेपालका सगुन लावती जित्ने दावी गर्दै आए पनि मत थोरै पाएकाले जमानत गुमाउनुपर्ने अवस्थामा छन् । यस्तै, पहिचानविरोधी भन्दै एमालेबाट छुट्टिएका नेताले जन्माएको संघीय समाजवादीका थुप्रै उम्मेदवारको जमानत जफत हुँदैछ । संखुवासभाका दुवै क्षेत्रमा समाजवादीका उम्मेदवारले जमानत जोगाउन सकेनन् भने धनकुटा–२ मा राजकुमार राईले सात सय ४२ मत मात्र पाएर झनै कमजोर सावित भए । तेह्रथुममा कपिलदेव सिंघकले 'चुनाव जित्ने' दावी गरे पनि एक हजार २१ मतमैं थान्को लाग्नुपर्योव। जातीय पहिचान र आदिवासी अग्राधिकारको चर्को मुद्दा बोकेको समाजवादीका उम्मेदवारको जमानत सुनसरी–१ मा पनि सुरक्षित रहेन । त्यहाँ ध्यानबहादुर राईले तीन हजार आठ सय नौ मत मात्र प्राप्त गरे भने भोजपुर–२ मा आशकुमार राईले दुई हजार चार सय मत ल्याएर पनि अरुको तुलनामा कमजोर सावित हु"दै जमानत गुमाउनुपर्यो। आदिवासी बाहुल्यक्षेत्रमैं समाजवादीका उम्मेदवारको मत दावी गरिएजस्तो आएन । अघिल्लोपल्ट प्रतिस्पर्धामा आएको र यसपल्ट जित्ने दावी गरेको एमाओवादीको हविगत मेची–कोशीमा झनै बढेको देखियो । इलाम–१ मा युवकुमार पौडेलले चार हजार चार सय २० मत ल्याएर पनि जमानत फिर्ता गर्न सकेनन् भने इलाम–३ मा धिरेन्द्र शर्माको उस्तै अवस्था देखियो । ०६४ को चुनावमा ती क्षेत्रमा एमाओवादी उम्मेदवारले १० हजार हाराहारी मत ल्याएर प्रतिस्पर्धीलाई अचम्मित पारेका थिए । पाँचथर–१ मा एमाओवादीकै अइन्द्रकुमार केरुङले जमानत गुमाउनुपर्यो भने सुनसरी–२ मा रामकुमारी चौधरीको जमानत जोगाउने मत आएन । सुनसरी–३ मा फोरम (लोकतान्त्रिक)का रंजित गोसाईं, एमाओवादीका हैदर अलि मिया", मोरङ–५ मा बालेश्वर कामतको जस्तै एमालेका रामलाल शाहको पनि जमानत गुम्यो । सुनसरी–४ मा फोरम नेपालका खलिद हुसेन हक र मोरङ–७ मा फोरम नेपालका मोहम्मद फैइयाज मियाको जमानत जफत भयो । - See more at: http://www.nagariknews.com/pol...
_____ · Nov 24, 2013 4:34 PM · 967 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion