अमेरिकामा पुनर्स्थापित भुटानी शरणार्थीबारे अन्तरक्रिया र जटिल समस्या सुरक्षा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा पुनर्स्थापित भुटानी शरणार्थीबारे अन्तरक्रिया र जटिल समस्या सुरक्षा  मंगसिर ९,भर्जिनिया ,अमेरिका  बिजय थापा ,अमेरिकाको बाल्टीमोर क्षेत्रमा नेपालबाट अमेरिका ल्याई पुनर्स्थापित गरिएका भुटानी शरणार्थी बारे वाशिंगटन डिसीमा एक अन्तरक्रियात्मक कार्यक्रम वाशिंगटन नेपाल फोरम संस्थाको पहलमा सम्पन्न गरिएको छ l डिसी महानगर क्षेत्रमा रहेका स्वयंसेवी तथा बिभिन्न पेसा अंगालेका नेपाली भाषा बोल्ने परामर्श समुह द्वारा कसरि अप्रवासी नेपाली मूलका युवाहरुलाई सहयोग गर्न सकिन्छ भन्ने बिषयमा विचार आदान प्रदान गरिएको हो l भुटानबाट लखेटिएका ,नेपालको शरणार्थी शिबिरमा बर्सौ सम्म जीवन गुजारेर अमेरिका पुनर्स्थापन र एकीकरण गर्न ल्याईएका यी नेपाली मूलका नेपालीहरुको अवस्था बारेमा जानकारी दिने र उनीहरुका सफलताका कथाहरु बारेमा म्यारिल्याण्डको बाल्टीमोर क्षेत्रमा पुर्स्थापित भएका भुटानी शरणार्थीलाई नजदिकबाट हेर्ने परामर्श दाता अंशु बस्न्यातले यथार्थता बारेमा जानकारी गराईन l अप्रवासन तथा भुटानी शरणार्थी सम्बन्धि लामो समय देखि काम गर्दै आएका निमेष ढुंगानाले संक्षेपमा उदेश्य बारेमा प्रकाश पारेका थिए l अन्तर्राष्ट्रिय व्यापार नीति तथा सम्झौतामा बिशेष ज्ञाता हासिल गरेका र हार्वर्ड बिश्व बिद्यालयका बिबेक राज पाण्डेले पनि कसरि समस्याको हल गर्न सकिन्छ भन्ने बारे आफुले यस्ता समस्याको जानकारी पाई बिगतमा यस क्षेत्रमा काम गरि रहेका अन्तर्राष्ट्रिय गैर संस्था संग समन्वय गरेको उल्लेख गरेका थिए l उक्त कार्यक्रममा उपस्थित बिद्धवत वर्गले गहिरो मस्तिस्क मन्थन गर्नुको साथै नेपाली समुदाय र यस क्षेत्रमा रहेका संस्थाको मार्फत उनीहरुलाई सहयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए l भुटानी शरणार्थी बिद्यार्थीहरुलाई समन्वय गरि रहेकी स्वयम् सेवी तथा परामर्शदाता अंशु बस्न्यातले अमेरिका ल्याईएका भुटानी शरणार्थीहरुको जटिल समस्या सुरक्षा रहेको बताउदै पुरुष काममा जाने र महिला घरमा बस्नु पर्ने बाध्यता भएकोले म्यारिल्याण्डको बाल्टिमोर निक्कै अपराधी गतिबिधि हुने गरेकोले त्यसको मारमा उनीहरु परेको बताउदै भाषाको समस्याले उनीहरुलाई पिरोलेको बताईन l अंग्रेजी भाषा नबुझाउन सक्दा प्रहरी र प्रशासनलाई त्यतिकै अप्ठ्यारो भएको र कहिले काही हास्य रुपमा लिने भएकोले दुखित रहेका छन् भन्दै उनीहरु आफ्नो पहिचान नेपाल मै भएको र जीवन जे जस्तो भएता पनि उतम रहेको संस्मरण गर्ने गरेको बताईन l बस्न्यातले थप जानकारी दिदै यातायातको पनि त्यतिकै समस्या रहेको बताउदै यातायातको साधन सम्म महिला पुग्दा पनि सुरक्षाको कारण हिडडूल गर्न असहज वातावरण हुनुको साथै स्वास्थ्य पनि एक जटिल समस्या रहेको बताईन lभाषा र संचारमा कमजोर रहेकोले थला पर्दा र मानसिक रोगबाट पिडित हुदा पनि धेरै समस्यामा जुधी रहेका छन्  भनिन l   बस्न्यातले आफुले उनीहरुको लागि तैयार परेको योजनामा नेपाली समुदायले कसरि सहयोग गर्न सक्छ भन्दै उनीहरुलाई मानवीय सहयोग गर्नु पर्ने ,शिपमूलक तालिम दिनु पर्ने ,आर्थिक ज्ञान सम्बन्धि कक्षामा सहभागी गराउनु पर्ने ,आफ्ना व्यक्तिगत सफलताका कुराहरु हिस्सा गर्नु पर्ने ,छात्रवृति दिलाएमा समस्याको समाधान हुने भन्दै नेपाली समुदायका सदस्यहरु को ध्यानाकर्षण गराइन l उनीहरुलाई निशुल्क अंग्रेजीको भाषाको तालिम दिई रहेको अवगत गराउदै आमा बाबुलाई उनीहरुका छोरा छोरीहरुले अंग्रेजी सिकाउने र अनुवाद गरेको रोचक प्रसंग सुनाउदै नेपाली समुदायको ठुलो भूमिका रहने भएकोले यस्तो कठिन र जटिल अवस्थामा सहयोग गर्नु पर्ने बताईन l परिचयात्मक कार्यक्रमबाट सुरुवात भएको कार्यक्रम वाशिंगटन नेपाल फोरमका निरन्जन अधिकारी तथा बिनोद गुप्ताको बिशेष पहलमा अन्तरक्रिया कार्यक्रम भएको थियो l 

mahoday · Nov 24, 2013 8:01 AM · 3,137 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all