म बाँदर पुच्छर नभको म नेता नैतिकता नभको म मान्छे ईज्जत नभको म सहकर्मी बफादारी नभको म चेला आतंक को म गुरु असभ्य जत्थाको म पशु भुत्ला नभको म बाउ निकम्मा सन्तान को अर्का की बुढी भगाउने जार को घर गरेर खान नसकेका छोरी को पति कुटिल अनि जाली बुढी को म आफ्नै घर मिलाउन नस्कने मुली देश बनाउन निस्केको म बाँदर पुच्छर नभको म नर पिचास १७००० नर बलि को बिदेशी इशारा मा घर मा आगो लाउने को आफू बिदेस मा बसेर अरु लाई जंगल पठाउने को म दोषी नेपाल आमा को बाटो मा छरिएका लास को बारी मा पड्किएका बम हरू को आगो लगाई धोस्त पारिएको पाल्पा दरबार को म दोषी नेपाल का भावी पुस्ता को हरेक दिन बिदेसिने युवाको म बाँदर पुच्छर नभको म शिष्य पागल गुरु को केबल आतंक फैलाउने आतंककारी को म नेता बिबेक नभएका भेडा हरू को बोलीको भर मा गोली ठोक्ने जथान को म साथी लोभी अनि भ्रष्ट हरू को लुटेरा अनि देश द्रोही हरू को म बाँदर पुच्छर नभको म बाँदर करोड को महल मा बस्ने हजारौं कमरेड को लास मा बनेको, लाखौं को खाट मा सुत्ने हजारौं को कन्काल बाट बनेको, लाखौं को घडी बाध्ने देशलाई सदियो पछाडि धकेलेको, म दोषी हर ती टुटेका सपना को लाखौं ती अनाथ को आमा का उजाडीएका कोख को ती पुछिएका सीउदो को बाबू को भाचिएको सहारा को म देश द्रोही नेपाल को म बाँदर पुच्छर नभको म क्रान्तिकारी बिना क्रान्ति को म माओबादी बिना समाजबाद को म राज नितिज्ञ दर्शन बिना को लालची म केबल सत्ता को हुँदै नभएका लडाकु को भत्ता को मालिक म खोलाले बगाएका हतियार को म बाँदर पुच्छर नभको म भाषण मात्र गर्छु काम कैले गर्दिन , म आफू नी बनाउदिन अरुलाई नी बनाउन दिन्न , म आफू मात्र खान्छु अरु लाई छुन दिन्न , म मनोमानी गर्छु अरु को सुन्दा नी सुन्दिन तेइ भएर त म बाँदर हजूर पुच्छर नभको ।
amricane · Nov 23, 2013 6:17 PM · 14,548 views
सान्दर्भिक प्रस्तुति/ Well written, americane .
adhikari_bandhu · Nov 23, 2013 6:43 PM
धन्यबाद मित्र |
amricane · Nov 24, 2013 12:20 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion