अमेरिकामा साढे छ बर्षका नेपाली बालक खेलाडीलाई ब्लाक बेल्ट (कालो फित्ता )प्राप्त

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मंगसिर ७, भर्जिनिया ,अमेरिका  विजय थापा  कलियुगमा अविश्वसनीय धेरै चिज देखिन पाइने हुन्छ र उम्रिदैको तीन पात भन्ने नेपाली उखान ठ्याक्कै अमेरिकामा चरितार्थ भएको छ l अमेरिकाको मिचिगन राज्यमा साढे छ बर्षका नेपाली बालक खेलाडीले पुम पहिलो डान ब्लाक बेल्ट (कालो फित्ता )सफलतामा पुर्वक हात पार्न सफल भएका छन् l अमेरिकाको मिचिगन राज्यको वाटर फोर्ट शहरमा सन् २०११ देखि नै नेपाली तेक्वान्दोका वरिष्ठ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक लव प्रसाद गोर्खालीले संचालन गरेको ज्योति एवरेस्ट तेक्वान्दो बिद्यालयमा नोवेम्बर १४ तारिखको दिन लिइएको परीक्षामा नेपाली बालक खेलाडी निलेश श्रेष्ठले ब्लाक बेल्ट(कालो फित्ता )पाएको जानकारी लव प्रसाद गोर्खालीले दिए l हाल मिचिगन वाटर फोर्ट निवासी पिता लोचन श्रेष्ठ तथा सुवर्ण श्रेष्ठ पिता तथा माताबाट अप्रिल १४ ,२००७ मा जन्मिएका एकल छोरानिलेश श्रेष्ठले तेक्वान्दो बिद्यालयको स्थापना काल देखि नै निरन्तर प्रशिक्षण लिई रहेका छन भन्दै उनि अलिक तीक्ष्ण बुद्धि भएको बिद्यार्थी हुनुको साथै र छिटो कुरा टिप्ने बताईएको छ l उक्त ज्योति एवरेस्ट तेक्वान्दो बिद्यालयमा पैतालिश जना बिद्यार्थीहरुले तालिम लिइरहेको र हाल सम्म पांच जनाले ब्लाक बेल्ट (कालो फित्ताधारी )लिई सकेको बताईएको छ भने अमेरिकाको बिभिन्न राज्य स्तर तथा अन्तर्राष्ट्रिय प्रतियोगिता स्वर्ण पदक हासिल गरि सकेको छ l र हाल सालै भएको अमेरिकाको राष्ट्रिय प्रतियोगितामा राज्यबाट तीन जनाले सहभागीता लिएको जनाइएको छ  l  सफलता हासिल गरेकोमा गौरन्वित भएको महसुस गर्दै निलेश श्रेष्ठले तेक्वान्दो तालिम निरन्तर लिने भएका छन्  l यसरि नेपाली मूलका नेपालीहरुले सफलता हासिल गर्दा हर्ष लाग्नु स्वाभाविक हुदो रहेछ भनि ज्योति एवरेस्ट तेक्वान्दो बिद्यालयका प्रशिक्षक तथा संचालक गोर्खाली बताउछन l

mahoday · Nov 22, 2013 8:11 PM · 7,355 views

4 Replies

He is writing as if whole US gives a Sh!t about this Taekwondo! Get a life, loser!

casino · Nov 23, 2013 2:54 AM

does this mean he can fight anybody?

mancini · Nov 23, 2013 5:48 AM

so? somebody's kid is doing good at sports. Is that a news? There are thousands of kids doing good in US. So all of them have to be in news? Waiyaat.

sajhamitra · Nov 23, 2013 9:30 AM

badhaichha malai badhaichha malai...aaja maile ni kalo fitta kine.

mancini · Nov 24, 2013 6:34 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all