बिगतमा मा कु ने हारेर पनि प्र. म. बने. बामदेव गौतम पनि तेसरी नै सरकारमा पुगे. सिस्टम तोड्न यी अब जितेर आएका पात्रहरु पनि कम गैर जिम्मेवार हुने छैनन्. यो चुनाबको रिजल्टको पनि तेसरिनै जथाभाबी हुन दिनु हुन्दैन. तर तेस्तै हुनेछ किन भने सहमति शब्द बाहेक अरु खासै काम हुने पनि छैन. जब सम्म एउटा पार्टीले बहुमत ल्याएर सरकार बनाइन्दैन तब सम्म सहमतीय अथवा काम चलाउने सरकार बाट ठुलो अपेछ्या हामीले नगरे हुञ्छ.एउटा व्यक्ति जितेर केहि हुनेवाला छैन जब सम्म सबै नेपाली लाइ फ़ाइदाहुने कार्य योजना बनाइन्दैन र पार्टी बिसेषलाइ मात्र फाइदा पुर्याउने मानिश्हरु बजारमा उत्रेका छन् तब सम्म राजनीति पनि जहींको त्यहीं रहनछ र हाम्रो अप्ठ्यारो पनि तेस्तै यथावत रहनेछन.यहि अवस्थामा,सबै राष्ट्रिय र अन्तराष्ट्रिय पर्यबेक्षकहरुले एकदम राम्रो भनेको चुनावको नतिजामा त यत्रो बबाल रहेको छ भने, अब संबिधानका अत्यन्त विवादित मुद्धाहरुमा संविधानसभामा दुई-तिहाई समर्थन कसरी जुटाउने होला भन्ने जिज्ञासा हामिमा छ यसले भोलिको दिनमा फगत समय खेर जाने पनि आंकलन गर्न सकिञ्छ. यो द्वी दशकमा राष्ट्रले जति फगत्मा समय र रकम खेर फाल्नु परेको छ त्यहि पैसाले राष्ट्रको उन्नति गर्न खोजेका थियौं भने आज नेपालको स्थिति कति बिकसित हुने थियो यी यहि अनुहार भएका नेताहरुले थोपा सोचेकै देखॆइन्दैन. भूलभूलैया र पावर शेरिंग मै समय खेर फाल्दै जाने हो भने कसैको उत्थान हुनेवाला छैन. कुनै पनि व्यक्ति र पार्टी राष्ट्र र राष्ट्रियता भन्दा माथि हुनै सक्दैन तेसैले जोसले सिस्टम बिगार्ने काम गर्छ उसलाई छिटो भन्दा छिटो दण्ड दिएर जनताको चेतनालाई बिकाश गर्दै हामि अगाडी जानु पर्छ. कुनै ठुलो कुरा अहिले पनि जनताले मागेकै छैन, धारामा पानि, मोटर बाटो, बिजुली बत्ति आदि इत्यादि मात्र मागेको हो. त्यो भन्दा बढी दिन सक्यो भने चमत्कार हुने छ नत्र तेत्ति मात्रै भए पनि पुग्छ. झिनो मसिनो बिकाश मात्र हाम्रो अहिलेको माग भएता पनि केहि गर्न नसकिरहेको अहिलेको अवस्थामा माग बढी भएको जस्तो लाग्नसक्छ र यहि तत्काल को यथार्थ हो. दुरदर्शिता हामि सबैमा भएमा हामि संयमता र धैर्यका साथ् चाडै बिकाश गर्न सक्छौं र यदि नरहेमा शान्ति मात्र भए पनि कायम गरौँ. नेपाली जनताको एक आपश्मा अनुरोध!!!!
trikalbhaila · Nov 21, 2013 10:17 PM · 3,482 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion