काठमाडौंमा एमाओवादीका दुई उम्मेदवारको जमानत जफत काठमाडौमा दुई जना एमाओवादीका उम्मेदवारको जमानत जफत भएको छ । हिमालखबर बिहीबार , ६ मंसीर २०७० ११:०६ पम 4 मुक्तिनारायण प्रधान काठमाडौ–८ का एमाओवादी उम्मेदवार पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधान र ५ का एमाओवादी उम्मेदवार महेन्द्रकुमार श्रेष्ठको जमानत जफत भएको छ । क्षेत्र नम्बर ८ को कुल सदर मत ३४२८३ मध्ये प्रधानले २७६५ मात्रै ल्याए भने ५ नम्बरमा ४१९३८ मध्ये श्रेष्ठले ३६५५ मात्रै मत ल्याए । निर्वाचनमा जमानत बचाउन उम्मेदवारले खसेको कुल मतको कम्तीमा १० प्रतिशत मत ल्याउनु पर्ने प्रावधान छ ।
_____ · Nov 21, 2013 12:42 PM · 1,470 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion