मेरो कुरा कसैले सुन्ला नसुन्ला तर नेपालको नागरिकको नाताले अहिलेको परिवेशमा, माओबादीहरुलाई मेरो सल्लाह यसप्रकार छ | १. हारलाई सहर्ष स्वीकार गर | जंगली प्रवृति नदेखाऊ | २. फेरिपनि बन्द, तोडफोड, सडक तताउने कुरा नसोच, बैद्यले गर्दाखेरी जसरी कसैले साथ दिएनन्, तिमीहरूले गर्दा पनि अब साथ पाउदैनौ ! नेपालमा अब बन्द हड्ताल गर्नेहरू आफै सकिनेछन! नेपाली जनतलाई तेस्तो मन पर्दैन ! ३. संबिधान कस्तो बन्छ त्यसमा ध्यान देउ, संबिधान बनाएर चाडै अर्को चुनाब (संबिधान सभाको होइन, संसदीय जस्तो) गर्ने तिर जोड गर | कांग्रेस, एमाले तथा अरू पार्टीलाइ मेरो सल्लाह १. अझै पनि मिलेर, सहमतिमा (बिशेष त कांग्रेस, एमाले ), सबैलाई समावेश र शक्तिको सन्तुलन हुनेगरि सरकार बनाऊ | २. खेल हारिसकेपछी नियम मान्दिन भन्नेहरूलाई तह लगाउन सक्ने नेतृत्व देखाउन सक | ३. संबिधानलाइ प्रमुख मुद्धा बनाएर देशलाइ शान्ति र स्थायित्वतिर लग | यति गर्न सक्यौ भने नेपाली जनताको धन्यवादको पात्र हुने छौ ! नेपाली जनताले त जित्छन जित्छन , तिमीहरूले पनि फेरि जितौला अहिले हारेकाले पनि अर्को पल्ट जित्ने मौका पाउला | http://merasabdaharu.blogspot.... Last edited: 20-Nov-13 05:24 PM
santoshlmn · Nov 20, 2013 5:24 PM · 10,010 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion