गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रचन्ड सदै सिता को साथ  बाबुरामको नाममा हिसिला को हात प्रकाश अर्का की बुडी लिइ भाग  सुजतालाई सदै दुध र भात  माकुने हारे पनि सत्ता को स्वाद  कमलेलाई पन्चायत को आस  गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद  वैद्य सदै माओबाद  जनता माथि बम हान  प्रचन्ड को लाख को खाट बाबुराम सदै नाताबाद  खनाल माथी सब क्रिपाबाद  राजनीति भयो फोहोर जात  गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद  राम बरण सदै चुप चाप  परमानन्द को हिन्दी मा बात  नेता सबैमा दिल्लीको श्वास   सांसद सबै जाड को मात  हामी जनता घर को घाट  गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद  ज्ञानेको र्याली मा जनबाद  थापा मात्र राजावाद  पारसको सिङापुर कान्छी सँग बास  हिमानीको घर-ट्रस्ट सब बेहाल  तै पनि राजतन्त्र फर्किने त्रास  गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद  देसका युवा बिदेस भाग  चेली बेटीमा दलाल को आँख पैले बोम्बै आइले खाडी पास बजेट सदै दाता को दान  हुने खाने सदै मालामाल  गरीब सदै भोकै दिन रात देश सदै पशुपति को आशिर्वाद   गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद  देशको धुकुटी लुटमार  रक्त चन्दन सिमापार  चोर सबै नेता का साथ  गणेश थापा बिजय कुमार  बलराम माथी ओली को हात समात्न जाने सलाम थाप हेर कति राम्रो बेबस्था  गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद  देश उस्तै छ बेहाल  बत्ती छैन अन्धकार हल्लै हल्ला मा हाहाकार ब्यापारी खाली सम्पत्ति थुपार  नेता सब सत्ता  पछी भाग   कर्मचारी झन्डा बोकी लाग  पुलिस आर्मी खै कस्को साथ  जरो गाडी सको भ्रस्ट्चार  तै पनि गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद 

amricane · Nov 19, 2013 1:59 PM · 13,613 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all