अमेरिकामा बस्ने नेपालीहरु भन्छन 'चुनाबमा कुनै पनि राजनैतिक दलले बहुमत 'नल्याउने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मंगसिर २,भर्जिनिया ,अमेरिका  विजय थापा , नेपालमा निर्वाचन पर्सि मंगसिर ४ गते हुदैछ l नेपालको भाग्य यहि निर्वाचनको परिणामले कोर्ने छ भनि कौतुलता को साथ निहालेर अमेरिकामा बसोबास गर्ने नेपाली मूलका नेपालीहरुसंग गरिएको एक सर्वेक्षणमा निर्वाचनमा कुनै पनि राजनैतिक दलले निर्वाचनमा बहुमत ल्याउन सक्दैन भनि दाबि साथ भविष्यबाणी गरे l नेपालमा बस्नेलाई मात्र चुनाबको ज्वरो नफुटी अमेरिकामा बस्ने नेपालीहरुलाई पनि उतिकै चासो भएको गरिएको सर्वेक्षणले देखाएको छ l आफुले नेपालको निर्वाचनमा मतदान गर्न नपाएता पनि नेपालमा भै रहेको संबिधान सभाको निर्वाचनमा कुन राजनैतिक दलले बहुमत ल्याउछ भन्ने बिभिन्न व्यक्तिहरुसंग गरिएको सर्वेक्षणमा दाबी गर्दै भविष्यबाणी यस्तो गरेका छन l अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माले आफु नेपाल सरकारको प्रतिनिधित्व गर्ने भएकोले निर्वाचन शान्तिपूर्ण होस् भन्ने कामना गर्दै पूर्ण सफलतापुर्वक सम्पन्न हुने कुरामा बिश्वास राख्दै सरकार र संबिधान बनोस भनि शुभकामना दिए l संचार कर्मी बिनय अर्याल तथा अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालनमा रहेको ईनेपलिज़ डटकमका सम्पादक बिश्व राज थापाले बहुमत कसैको नआउने भन्दै एमाले र कांग्रेसको 'सिट 'बढ्ने सम्भावना देखेको बताए l   यसै गरि डिसी महानगर क्षेत्रको फेयर फ्याक्स बिद्यालयमा पढाउने नेपाली शिक्षक हरि कृष्ण पुडासैनी भन्छन कुनै दलको बहुमत आई दिए राम्रो ,नत्र फेरी पहिलेको जस्तो गाई जात्रे हुने बताए l यदि रा प्रा पाले २०० स्थानमा बिजयी प्राप्त गरे गणतान्त्रिक संबिधान बनाउने कुरामा असहज हुने बताए l नर्थ क्यारोलिनाका ब्यबसायी तथा अमेरिका यु एस नेपाल बाणिज्य संघका वरिष्ठ उपाधक्ष्य सानु बाबु सिलवाल भन्छन प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका राजनैतिक दलले नेतृत्व लिन सकोस भन्ने चाहना राख्दै स्थाई शान्ति र नेपालीहरुको सम्वृद्धिको लागि प्रतिबद्द दलले बहुमत लिने कुरामा विश्वास गरेको जनाए l यसै गरि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक तथा वरिष्ठ साहित्यकार होमनाथ सुबेदीले बहुमत एकीकृत नेकपा माओबादीले ल्याउने भविष्य बाणी गर्दै तर सरकार सयुक्त रुपमा बनाउनु पर्ने छ बताए भने बाल्टिमोरका बाना (बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका ) का अधक्ष्य विजय श्रेष्ठले आफुले अनुमान गर्न नसकेको तर नेपाललाई राम्रो बनाउने दलले नेतृत्व लिन सकोस भन्ने चाहना रहेको बताए l अमेरिकामा लामो समय देखि बस्दै आएका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती कमाएका उशु खेलाडी चन्द्र लामाले आफुले कुन दलले बहुमत ल्याउला भन्ने सवालमा जवाफ दिन नचाहेको भन्दै निर्वाचन निष्पक्ष, धाधली रहित र शान्ति पूर्ण होस् भन्ने कामना मात्र गरे l कलम चलाई रहने लेखक तथा संचार कर्मी बिष्णु शितल भन्छन निर्वाचन प्रजातान्त्रिक अभ्यासमा विश्वास गर्ने र प्रजातन्त्रलाई माया गर्ने दल या व्यक्तिले जित्नु पर्छ भने मान्यता रहेको बताए l  स्वतन्त्र रुपमा अमेरिकामा बस्ने नेपाली मूलका नेपालीहरुसंग गरिएको स्वतन्त्र सर्वेक्षणमा कुन राजनैतिक दलले बहुमत ल्याउछ ,कसले सरकार बनाउने छ भन्ने सवालको जवाफमा अधिकांसले कुनै पनि राजनैतिक दलले बहुमत नल्याउने दाबी साथ भबिष्यबाणी गरे भने पुन सयुक्त सरकार बनाउनु पर्ने छ बताए l अधिकांस व्यक्तिहरु खुल्न नचाहेको र जुनै जोगी आए पनि कानै चिरेको भन्दै उम्मेदवार तथा राजनैतिक दललाई सफलताको लागि शुभकामना दिए l  

mahoday · Nov 17, 2013 9:56 AM · 3,057 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all