डिसीमा कीर्तिमानी धाविका सम्मानित र नेपाली महिला पोलो खेल्न अमेरिकाबाट बर्दिया उड्ने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

डिसीमा कीर्तिमानी धाविका सम्मानित र नेपाली महिला पोलो खेल्न अमेरिकाबाट बर्दिया उड्ने                  मंगसिर २,भर्जिनिया ,अमेरिका विजय थापा ,नेपाल खेलकूद तथा संस्कृति अन्तर्राष्ट्रिय नामक नव स्थापित गैर मुनाफा संस्थाको समुद्घाटन कार्यक्रम डिसी महानगर क्षेत्रमा संस्थाको भावी योजनाको घोषणाको साथ नेपालका ख्याती प्राप्त हाल अमेरिकामा बसोबास गरि रहेका र अमेरिकामा पनि खेललाई निरन्तरता दिई रहेका खेलाडीहरुलाई सम्मानित गर्दै कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ  l उक्त कार्यक्रममा कीर्तिमानी नेपाली महिला म्याराथून धाविका स्वरुपा खड्का ,कराते खेलाडी तथा प्रशिक्षक मोहन बिष्ट तथा उशु खेलाडी अंशु राज श्रेष्ठलाई संस्था विधिवत रुपमा उद्घाटन भएको शुभ अवसरमा अमेरिकामा रहेर पनि खेललाई त्यति नै महत्व दिई रहेका र उनीहरुलाई हौसला प्रदान गर्न उक्त कार्यक्रम गरिएको बताईएको छ l सम्मानित हुनेहरुको तर्फबाट म्याराथून धाविका स्वरुपा खड्काले मन्तब्य राख्दै आफु ब्यबसायिक धाविका नभएको दाबि गर्दै अभिरुचि भएकोले आफु यो खेलमा आकर्षित भएको भन्दै प्रतिबद्दता र अनुशासनको दायरामा बसेकोले सिकागोमा म्याराथून दौडमा अहिले सम्म कै नेपाली महिलाहरुले राखेको किर्तिमान तोड्दै दुई घण्टा ५७ मिनेटमा आफुले दौड पुरा गरेकोमा हर्ष व्यक्त गरिन l अमेरिकाको बोस्टनमा भएको म्याराथून दौडमा भएको बम बिस्फोटमा खड्का सुरक्षित रहेकी थिईन l उक्त कार्यक्रममा अमेरिकाका लागी नेपाली राजदूत शंकर प्रसाद शर्मा(बिध्या वारिधि )ले नया संस्थालाई शुभकामना तथा बधाई दिदै अमेरिकामा रहेका सबै खेलाडी तथा खेल प्रति अभिरुचि राख्नेलाई संस्थाले समेट्न सकोस भन्ने सुझाब दिएका छन l यसै गरि यु एस नेपाल बाणिज्य संघका वरिष्ठ उपाधक्ष्य सानु बाबु सिलवालले नया संस्थालाई बधाई दिदै संस्थामा राजनीतिको र पनि नघुस्न दिए कालजयी हुने सुझाब राखेका थिए l नेपाल स्पोर्ट्स एण्ड कल्चर इनटरनेसनल (नेपाल खेलकूद तथा संस्कृति अन्तर्राष्ट्रिय )का संस्थापक अधक्ष्य सीता पाण्डे द्वारा रचित खेलकूदलाई समर्पित गरिएको गीत गायक श्याम सुन्दर आचार्यले गीत गाएर सबैलाई सुनाएका थिए l यसै कार्यक्रममा अमेरिकामा बसोबास गरि रहेकी उक्त संस्थाकि कोषाधक्ष्य केमिका भण्डारीलाई बर्दियामा हुन गै रहेको पोलो खेलमा संस्थाको तर्फबाट सहभागी हुन पठाईने घोषणा गर्दै उनीलाई राजदूत डा शंकर प्रसाद शर्माले नेपाल र अमेरिकाको झन्डा सहित खादा ओढाई शुभकामना दिएका थिए l अहिले सम्म कै पोलो खेलको ईतिहासमा पहिलो पटक महिला सहभागिता हुने र यो भन्दा अगाडी कहिले पनि महिला सहभागिता नभएको जानकारी दिदै केमिका भण्डारी अमेरिकाबाट बर्दिया उड्ने भएकी छिन् l कार्यक्रम संचालन संस्थाका महा सचिब बिनय अर्यालले गरेका थिए भने संस्थाका उपाधक्ष्य मिलन राईले स्वागत मन्तब्य राखेका थिए l संस्थाकी अधक्ष्य सीता पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भावी योजना बारे जानकारी गराउदै यदि बिश्वमा सिमा रहित केहि चिज हो भने त्यो खेलकूद मात्रै हो भन्दै समाजसंग हातेमालो गर्दै जाने बताईन l

mahoday · Nov 17, 2013 9:31 AM · 2,640 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all