अधिकारकर्मी डा.विष्णुमाया परियारलाई सम्मान र पाठशालालाई एक लाख नगद प्रदान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

         अधिकारकर्मी डा.विष्णुमाया परियारलाई सम्मान र पाठशालालाई एक लाख नगद  प्रदान भर्जिनिया ,कार्तिक २८, विजय थापा,एड्वनकि संस्थापक ,समाजसेवी तथा अधिकारकर्मी केहि दिनको मात्री भूमिको भ्रमण पछि पुन कर्मथलो अमेरिका फर्किएकी छिन् l बिसेष कामले केहि हप्ताको बिदाको चाजो मिलाई नेपाल पुगेकी डा परियारलाई सम्मान कार्यक्रममा समय व्यवस्थापन गर्न भ्याई नभ्याई भएको बताईन l अमेरिकाबाट सोझै राजधानी काठमाडौँ झरेकी परियारलाई काठमाडौँमा सयुक्त रुपमा सम्मान कार्यक्रम गरिएको थियो भने समता फाउन्डेसनका पदम सुन्दासको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि ,ललितपुर जिल्लाका न्याधिस रत्न बहादुर बागचन्द हुनुहुन्थ्यो ।  उक्त कार्यक्रममा ,अधिकारकर्मी ,पत्रकार, संघ संस्थाका प्रतिनिधि आदिहरुको बाक्लो उपस्थित रहेको थियो भने शुभकामना तथा बधाई दिदै प्रमुख अतिथि रत्नबहादुर बागचन्दले दलित महिलाको क्षेत्रमा काम गर्ने त्यो पनि नेपालको एउटा दलित महिला विष्णुमायाले पाएको सम्मानबाट आफु प्रोत्साहित भएको चर्चा गर्दै यो हाम्रो गौरवको कुरा हो हामीले यसरी समाज सेवीलाई सम्मान गर्न पाउदा खुशी व्यक्त गर्नु भएको थियो । अतिथिहरुले बिभिन्न बिचार राख्दै डा बिष्णु माया परियारलाई शुभकामना तथा बधाई दिदै धेरै दलित महिलाहरु विदेशमा छन् तर आफ्नो स्वार्थको लाग मात्र काम गरेका छन् भने विष्णुमाया परियार विदेशमा रहेर पनि नेपालमा रहेका दलित महिला र बालबालिकाको क्षेत्रमा निरन्तर काम गरि रहनु भएको कुराको उल्लेख गरेका थिए l उक्त बधाई तथा शुभकामना कार्यक्रम नेपाल प्रहरीका मानबहादुर परियारले डा विष्णुमाया परियारको अनुहार किताब (फेसबुक)मा तस्बिर हेरेर उहाँको हातले चित्र बनाएर ल्याएको कोसेली स्वरुप डा बिष्णु माया परियारलाई दिदा माहौल उत्साहित भएको थियो l डा परियारले मन्तब्य व्यक्त गर्दै आफूले दलित महिला तथा बालबालिका शिक्षामा अझै पछाडि नै छन् जब उनीहरुको शिक्षामा पहुँच हुदैन तबसम्म आफ्नो अधिकार प्राप्त गर्दैनन् त्यसैले शिक्षालाई बढी महत्व दिनुपर्छ भन्दै अहिलेसम्म एडवनले दलित महिला र बालबालिकाको शिक्षाको क्षेत्रमा काम गरेको बताईन l सम्मानले अझ काम गर्ने हौसला तथा जिम्मेवारी बढेको कुरा बताईन l सम्मान कै क्रममा डा. विष्णु माया परियारको गृह गाविस ताक्लुंगको श्री सिंजाली माध्यमिक विद्यालयले पनि सयुक्त रुपमा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो l  डा. विष्णु माया परियार कक्षा १ देखि ७ सम्म अध्यायन गरेको उक्त विद्यालयलाई चाईनिजले निर्माण गरि दिने भवन निर्माण गर्नका लागि जग्गा खरिद गर्नको लागि व्यक्तिगत रुपमा रु. १, ००,०००।०० एकलाख रुपैंया नगद सहयोग राशी प्रदान गरेकी छिन् । साथै दलित तथा गैर दलित छात्राका लागि छात्रवृत्ति प्रदानका लागि अक्षयकोष समेत स्थापना गर्ने निर्णय गरेकी छिन् l

mahoday · Nov 14, 2013 8:19 PM · 2,530 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all