भानु दाहाल एक कर्मशियल बैंकको अफिसर तहमा काम गर्ने रोशन भट्टराई काठमाण्डौ पुतलीसडकस्थित एक घरमा फ्ल्याट भाडामा लिएर बस्छन् । उनी भन्छन्–“सुरुमा दुईचार दिन त रमाईलै भयो तर सधैं पुरै फ्ल्याटमा एक्लै बस्दा साह्रै बोरिङ्ग फिल हुने ।” त्यही एक्लोपनाले उनी रुम शेयर गर्ने साथीको खोजीमा लागे । पुल्चोकस्थित एक गैह्रसरकारी संस्थामा कार्यरत सुप्रिया कार्की पनि रुमपार्टनरकै खोजीमा थिईन् । आखिर दुवैको भेट भयो, फ्ल्याटको भाडा, रासनपानी लगायत खर्चमा बराबर गर्ने गरी रोशनको फ्ल्याट शेयर गरिन् सुप्रियाले । “काठमाण्डौ मंहगो छ, गाँस, वासमा आधी रकम सेभ हुँदा पनि निक्कै राहत मिल्छ” सुप्रिया बताउँछिन् । केटीहरु सगँ बस्दा खाएको, लाएको देखि हरेक कुरामा इगो,प्रतिस्पर्धा हुन्छ तर केटासँग बस्दा हरेक कुरामा हेल्प हुन्छ त्यही भएर रुमपार्टनर केटा खोजेको स्पष्टोक्ती छ उनको । रोशन र सुप्रिया जस्ता धेरै युवायुवतीहरु लिभङ्ग टुगेदरमा छन् । अधिकाशं जोडीहरुले खर्च कटौतीकै लागि लिभिङ्ग टुगेदर हो भन्ने गरेता पनि यसको पछाडी धेरै स्वार्थहरु लुकेका छन् । बिशेष गरी युवायुवतीको तीब्र यौनचाहनालाई मेटाउने गतिलो माध्यम बनेको छ यो प्रथा । विवाहित जोडी जस्तै गरी सबै कुरा शेयर गरेपछि कसैले शंका गर्ने ठाउँ पनि रहदैन । भोली चित्त बुझे विवाह गर्ने नबुझे सजिलै छोड्न पनि सक्ने हुँदा यो प्रथा प्रति युवायुवतीको आकर्षण बढ्दै गएको छ । चितवनका संगम श्रेष्ठ वातावरण बिज्ञानमा डिग्री गर्न अष्ट्रेलियामा छन् । उनी बिगत छ महिनादेखि एक ईन्डियन मुलकी युवतीसगँ लिभिङ्ग टुगेदरमा छन् । “हाम्रो कलेज एउटै हो, कलेजमै भेट भयो, उनी पनि रुमपार्टनरको खोजीमा थिईन् र म पनि, कुरा मिल्यो संगै बस्न थाल्यौं ।” यसरी सँगै बस्न जुरेको बताउँछन् संगम । पढाई सकिएपछि नेपाल फर्किएर विवाह भने आमाबाबुले खोजेको केटीसँग गर्ने बिचार छ उनको । सर्बोच्च अदालतमा परेको एक मुद्दामा न्यायाधीसद्वय कल्याण श्रेष्ठ र गिरीशचन्द्र लालको संयुक्त इजलासले ‘उमेर पुगेका बयस्कहरु चाहन्छन् भने सँगै बस्न स्वतन्त्र छन्’ भन्ने फैसला गरेको छ । माईती नेपालले आफ्नो समलिङ्गी पार्टनरलाई हिरासतमा लिएको बिषयमा संगै बस्न पाउनुपर्ने माग गर्दै एक महिलाले सर्बोच्चमा दायर गरेको मुद्दामा यस्तो फैसला सुनाईएको हो । सर्बोच्चको यो निणर्यले नेपालमा निकै लामो समयदेखि बैधानिकताको बहस भैरहेको विवाह नगरेका महिला र पुरुष संगै बस्ने व्यवस्था ‘लिभिङ्ग टुगेदर’ प्रथालाई कानूनी मान्यता मिल्ने छनक देखिएको छ । राष्ट्रिय महिला आयोगले लिभिङ्ग टुगेदरलाई कानूनी मान्यता दिन माग गर्दै घरेलु हिंसा ऐन २०६६ लाई संशोधन गर्न प्रस्ताव गरेको छ । लिभिङ्ग टुगेदरमा हुने हिंसालाई कानूनी दायरामा ल्याउन यस्तो प्रस्ताव गरेको दाबी आयोगको छ । विकसित एवं खुला सामाजिक परिवेश भएका मुलुकहरुमा झाँगिसकेको लिभिङ्ग टुगेदरको संस्कृतिले हाम्रो जस्तो बिकासोन्मुख देशमा समेत जरा फैलाईसकेको छ । यसैको उपज हो युवापुस्तामा हिजोआज निकै प्रचलनमा आएको लिभिङ्ग टुगेदर । प्राय: अध्ययनको लागि शहर छिर्ने र आप्mना अभिवावकबाट टाढा हुने युवायुवतीमा लिभिङ्ग टुगेदर बिकृतिको रुपमा मौलाई सकेको छ । अमेरिकन एवं युरोपियन देशहरुमा आफ्नो संस्कृतिकै रुपमा प्रचलनमा आईसेकेको लिभिङ्ग टुगेदर प्रथा नेपाली समाजमा समेत कमन भैसकेको छ । अमेरिकामा गरिएको एक अध्ययनले २० देखि ४० बर्षका पचास प्रतिशत भन्दा बढी युवायुवतीहरु लिभिङ्ग टुगेदरमा रहेको आँकडा प्रस्तुत गरेको थियो । सन् १९८० को दशक देखि प्रचलनमा आएको यो प्रथा हालसम्म लगभग एक हजार प्रतिशतले बृद्घि भैसकेको अध्ययनले देखाएको छ । अझैपनि मागी विवाहमा बिश्वास गर्ने हाम्रो समाजमा विवाह अघिनै एउटै कोठा र भान्सा शेयर गर्ने यो प्रथाले फाईदा पु¥याउँछ वा बिकृति फैलाउँछ भन्ने बिषयमा बहसहरु भैरहेका छन् । हिजोसम्म फिल्मी दुनियाँको नक्कल र किताबी पानामा सिमित युवायुवतीको जमात अहिले लिभिङ्ग टुगेदरको पाश्चात्य संस्कृतिमा रम्दै गएको छ । सुन्दर दाम्पत्य जीवनको कल्पना गर्ने युवापुस्ता एक अर्कोलाई बुझ्ने भन्दै विवाहपूर्व लिभिङ्ग टुगेदरलाई रोज्ने गरेको पाईन्छ । यो प्रथाले वैवाहिक जीवन मजबुत हुने र सम्बन्धविच्छेदलाई कम गर्ने कुरामा विश्वास राख्ने युवापुस्ताको जमात निकै ठुलो छ । विवाह सम्झौतामा गरिने कुरा होइन, जसले विवाहसगँ सम्झौता गर्छ उसको वैवाहिक जीवन नारकीय बन्छ भन्नेमा जोड दिन्छन् उनीहरु । त्यसैले मन मिले विवाह नभए रुम पार्टनर मात्र भनी लिभिङ्ग टुगेदरलाई ब्याख्या गर्नेहरु धेरै छन् । विवाहभन्दा पहिले नै सँगै बसेर सबै आनीबानी थाहा पाई जोडिएको सम्बन्ध नटुक्रिनेमा उनीहरु विश्वस्त छन् । विवाहपूर्व नै बेड शेयर गर्ने यो प्रथा र यसको बैधानिकतामा पछिल्लो अवस्थामा निकै बहसहरु हुँदै आईरहेका छन् । एकथरी मानिसहरुले यसलाई पुरै स्वीकार गरेको अबस्था छ । लिभिङ्ग टुगेदरले युवापुस्तामा हुने निराशालाई कम गर्ने, कुलतमा फस्नबाट जोगाउने र यौनिक हिंसा समेत कम हुने हुदाँ यसलाई ब्यबस्थित गर्न बैधानिकता दिनुपर्ने उनीहरुको सुझाब छ । तर, समाजशास्त्रीहरु युवापुस्ताको यो सोचाइ काँचो मानसिकताको उपज हो भन्ने गर्छन् । लिभिङ्ग टुगेदरको नाममा केटा–केटी एउटै कोठामा बस्दा असुरक्षित यौनजन्य क्रियाकलापमा संलग्न हुने, कलिलै उमेरमा गर्भधारण हुने र समाजबाट तिरष्कृत भईने डरले गर्भपतन गर्नुपर्ने बाध्यताहरु आईपर्छन् । यसले गर्दा बिभिन्न यौनजन्य रोगहरुको सिकार हुने, बाँझोपनको सम्भावना हुनेदेखि सामाजिक, आर्थिक, सांस्किृतिक एवम् मानसिक विचलनको समेत सामना गर्नुपर्ने बुझाई समाजशास्त्रीहरुको छ । http://www.globenepal.com/2013...
globenepaldotcom · Nov 14, 2013 7:26 PM · 20,769 views
Tyo ganaune kalo na kalo jharai jhar umre ko nepali dulo chilayo hola ni tesaile male roommate khojeko. Maile ta aaja euti nepali aimai baccha vaki lai screw gare, mori ko logne gas station ma ghanta hanna gaka raichan, bhauju bhaiju vandai fakai fakai aula halera khelaidiyeko, testo nagarana babu vandai thiyo, maile ta haldi hale. Last edited: 14-Nov-13 10:13 PM
stripperkopoi · Nov 14, 2013 10:09 PM
oi moro stripperkopoi, budha yehi huda hudai testo gare, thok de la hai budha le thaha payo vane.. hos gara.. pheri news ma aaula ni "one nepali killed by other vanera".
syal · Nov 15, 2013 11:08 AM
Writers like these are the biggest problem in the society right now. Why do you bother making a big deal out of how people decide to live their lives as long as they are not hurting others? They have a right to live together if they want to for whatever reason it may be. When are Nepalis going to learn to mind their own business?
shrestha babu · Nov 15, 2013 12:12 PM
haha.. Stripperkopi, Moj cha timilai.
Harkhesahila · Nov 19, 2013 1:26 PM
Stripperkopoi If u like mature women then there is a mid 30s divorced lady whose username is Thewhitegal.She was hitting on me on some other threads couple of weeks ago.why dont u go and try her??She said she like young bhaley.LOL
200times · Nov 19, 2013 1:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion