विवेकशील नेपाली उम्मेदवारहरु र ठूला "भनिएका" उम्मेदवार हरु बीच के फरक छ ? (सम्बेदनशिलता हिन चरित्रको पराकास्ठा - ठूला कहलिएका नेता संबिधान सभा बिघटन लगत्तै पछिको एउटा जमघट मा. Photo: Nagarikews 28 May 2012.) १. विवेकशील नेपाली उम्मेदवारहरुको छवी स्वच्छ र निश्चल छ । वहाँहरुको पछाडी कुनै राजनैतिक कलंक (political baggage) छैन । भने ठूला "भनिएका" उम्मेदवारहरु आफै वा आफै नभए वहाँहरुको माउ पार्टी पटक पटक विफल भै गनाइसक्नु भएको छ, राजनैतिक रुपमा कलंकित भइ सक्नु भएको छ । वहाँहरु अझै लाजै नमानी जनता समक्ष केहि नभए जस्तै भोट माग्न जान सकिरहनु भएको छ । २. विवेकशील नेपाली उम्मेदवारहरु सन्तोष प्रधान र उज्वल थापा ले क्रमश ५० र १५ नेपालीलाई प्रतक्ष रोजगारी दिईरहनु भएको छ । विवेकशील नेपाली कर्मठ, उद्यमशील र गरी खाने युवाहरुको संस्था हो । भने ठूला "भनिएका" उम्मेदवारहरु नेपालीलाई रोजगारी दिने त परको कुरो गरि खाने कर्मठ जनतालाई पनि वहाँहरु स्वयम् वा माउ पार्टी र भात्री संगठनको मार्फत बारम्बार नेपाल बन्द र चन्दा आतंक जस्ता अमानवीय र घृणित गतिविधि गरि बारम्बार दुख दिइरहनुहुन्छ वा तेस्ता गतिविधिलाइ मौन समर्थन गरि रहनु हुन्छ । ("नयाँ आशा" को दियो बाल्दै विवेकशील नेपाली युवा उम्मेदवारहरु) ३. विवेकशील नेपाली उम्मेदवारहरुको राजनीति पेशा होइन । जीवन यापनको लागि वहाँहरुको आफ्नै व्यवसाय छ भने ठूला "भनिएका" उम्मेदवार प्राय सबैजसोको राजनीति गरी खाने भाँडो हो । वहाँहरुको न कुनै ब्यबशाय छ न त कुनै क्षमता नै । ४. विवेकशील नेपाली संस्थागत रुपमा र विवेकशील नेपाली उम्मेदवारहरु व्यक्तिगत रुपमा भ्रष्टाचारको सख्त बिरोधि हुन् भने ठूला "भनिएका" उम्मेदवारहरु धेरै जसो आफै भ्रस्ट भनि कहाली सक्नु भएको छ वा वहाँहरु भ्रस्ट भनि प्रमाणित भईसकेका आफ्ना नेताहरुको बिरोधमा एक शब्द पनि चुहाउन हिम्मत गर्न सक्नु हुन्न । अझ त्यस माथि दादा र डन हरुलाई वहाँ हरुको माउ पार्टीले खुलमखुल्ला अबिर पुष्प माला गरि पार्टी प्रवेश गराउने मात्र नभई चुनावको टिकट समेत दिई जन चाहना र लोकतन्त्रको धज्जी उडा उनु भयो । घघडान "भनिएका" उम्मेदवार हरु संग त्यसतो निच गतिविधिको खुलेर बिरोध गर्न सक्ने आँट पनि देखिएन । ५. विवेकशील नेपाली उम्मेदवारहरु संग समृद्ध नेपाल निर्माण गर्ने स्पस्ट दुरगामी नीति (long term vision for prosperous Nepal) छ । विजय पश्चात संबिधान सभामा गई पहरेदारको भूमिका निभाउने स्पस्ट सोच छ भने ठूला "भनिएका" उम्मेदवारहरु खालि यो वाद र त्यो वाद भन्दा कहिल्यै माथि उठ्न सक्नु भएन । भावी संबिधान सभामा ठूला "भनिएका" उम्मेदवारहरु र वहाँ हरुका माउ पार्टीको गएको संबिधान सभामा भन्दा बढी सकारात्मक भूमिका रहन्छ भन्ने पत्याउने एक रत्ति पनि ठाउँ छैन । अब भोट कसलाई दिने हो त ?
Nepali Thito123 · Nov 4, 2013 3:21 PM
http://www.whynepal.com/change...
UBB · Nov 5, 2013 10:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion