भर्जिनिया ,कार्तिक १६ विजय थापा अमेरिकाको वाशिंगटन डिसीमा नेपालबाट आध्यात्मिक प्रवचन हेतू झिकाईएका स्वामी श्री हरिदासजीको पहलमा डिवाइन क्लब(दिब्य सभा )भर्जिनिया को औपचारिक रुपमा डा अशोक शर्माको संयोजकतत्वमा एक समितिको गठन भएको घोषणा गरिएको छ l उक्त घोषणा अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा तथा प्रवचनमा पाल्नु भएका श्रद्धालु भक्तजनहरुहरुको उपस्थितिमा एक पच्चीस सदस्यीय रहेको समितिको सार्वजनिक गरिएको हो l उक्त नव गठित समितिमा अमेरिकाको डिसी महानगरी क्षेत्र वरपर बसोबास गरि रहेका चिकित्सक ,अभियन्ता (ईञ्जिनियर ),ब्यबसायी ,कर्मचारी ,कलाकार ,संचार कर्मी तथा अन्य पेसामा संलग्न सदस्यहरु छन् भने सबैलाई स्वामी श्री हरिदासजीले खादा ओडाई स्वागत गर्नु भएको थियो l कार्यक्रमको उद्घाटन राजदूत शंकर शर्मा (पी एच डि )ले गर्नु भएको थियो l राजदूत शर्माले आफ्नो मन्तब्य राख्दै स्वामीजीलाई डिसीमा दोश्रो पटक स्वागत गर्न पाउदा हर्ष लागेको भन्दै डिवाइन क्लब(दिब्य अड्डा )को स्थापना भएकोमा बधाई दिएका थिए l अगाडी थप मन्तब्य दिदै स्वामी श्री हरि दासजी को वेदलाई सरल र साधारण शब्दमा ब्याख्या गर्ने अद्भुत प्रतिभाको चर्चा गर्दै स्वामीजी को प्रगतिको कामना दिनु भएको थियो l स्वामी श्री हरि दासजीले तेस्रो दिनको प्रवचनमा अघिल्ला दुई दिनमा आफुले दिएका प्रवचनको सार कुराहरुमा प्रवेस गर्दै ध्यान बारेमा ब्यबहारिक शिक्षा सिकाईएको थियो l वेद बारेमा चर्चा गर्दै वेदले जबर्जस्त मान्न भन्दैन ,तर्क र प्रमाण खोज गर भन्छ l प्रलयकालमा पनि प्रलय नहुने ज्ञान नै वेद हो भन्दै डिवाइन क्लब(दिब्य सभा )को गठन पदको लागि हुने छैन भन्दै आध्यात्मिक उन्नतिको लागि मात्र हो बताए l डिवाइन क्लब(दिब्य सभा )मा अधक्ष्य र अन्य पदको निर्माण नगरी संयोजक र सबै सदस्य रहेको बताए l पद भयो भने चुनाब गर्नु पर्छ ,चुनाब गर्यो भने गूट बन्दि हुन्छ र यो यस्को लागि बनाईएको हैन भन्दै तीन दिन सम्म परदेशको बसाई र तिहारको संघारमा पनि समय निकाली कार्यक्रममा आईदिनु भएकोमा सबैलाई धन्यबाद दिएका थिए l थप प्रवचनको साथ विचार राख्दै स्वामी हरि दासजीले छायाचित्र खिचाउनको लागि मात्र डिवाईन क्लबको निर्माण गरिएको हैन भन्दै यस्ले के गर्छ भन्ने मूल प्रश्न हो भन्नु भयो lप्रवचन सुन्न उपस्थित हुने सबैलाई यहाँहरु नै आफ्नो परिवार भएको बताउदै धैर्यताको साथ आध्यात्मिक प्रवचन श्रवण गरि दिनु भएकोमा कृतज्ञता ज्ञापन दिएका थिए l कार्यक्रम संचालन नेपालबाट आउनु भएका गोपाल सापकोटाले गरेका थिए भने स्वामीले गरेका प्रवचनहरुको संक्षिप्त श्रब्य दृश्य पनि देखाईएको थियो l
mahoday · Nov 3, 2013 6:33 AM · 3,112 views
राधे राधे !
adhikari_bandhu · Nov 3, 2013 9:16 PM
कृष्ण कृष्ण : आध्यात्मिकता को बाटो देखाउन नेपाल देखि अमेरिका सम्म पुग्नु भएका स्वामीलाई स्वागत ! लौ साथि हो यो मौकाको सदुपयोद गरौ |
magorkhe1 · Nov 4, 2013 6:40 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion