प्रचण्डविरुद्ध पदम कुँवरको मोटरसाइकल र्‍याली

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  काठमाडौं, ११ कात्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड लगाएर एकाएक चर्चामा आएका युवा पदम कुँवरले आज प्रचण्डविरुद्ध मोटरसाइकल र्‍याली निकाल्दैछन् । आउँदो संविधानसभा निर्वाचमा काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा एमाओवादी अध्यक्ष प्रचण्डविरुद्ध उम्मेदवारी दिएका कुँवरले प्रचारप्रसारका लागि मोटरसाइकल र्‍याली निकाल्न लागेको हो । पदम कुँवरलाईं जिताऔं भन्दै  आज २ बजे कीर्तिपुरबाट मोटरसाइकल र्‍याली निकाल्ने कार्यक्रम तय भएको छ । कीर्तिपुरवासी न्हुच्छेलाल महर्जनले क्रान्तिकारी तथा निडर युवालाई जिताउन कीर्तिपुरका युवाहरुको विशेष सक्रियतामा यो कार्यक्रम राखेको जानकारी दिएका छन् । मोटरसाइकल र्‍याली लगत्तै पत्रकार सम्मेलन गरेर व्यवस्थित ढंगले चुनावी अभियान चलाइने पनि महर्जनले बताएका छन् ।

cybernepali · Oct 29, 2013 8:53 AM · 12,531 views

3 Replies

Last edited: 29-Oct-13 09:35 AM

riddle · Oct 29, 2013 9:32 AM

I heard padam is running in the election being prachande's opponent ,do anybody know his party's name and symbol? 

harrybutt · Oct 29, 2013 8:16 PM

स्वतन्त्र उम्मेदवार चुनाव चिन्ह ग्यास चुल्हो

sapradhan · Oct 30, 2013 8:11 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all