नेपालको तेक्वान्दो खेलको विकासको लागि अमेरिकामा तेक्वान्दो महासंघको स्थापना कार्तिक ६,भर्जिनिया विजय थापा , अमेरिका ,मुलुक बाहिर यत्र तत्र छरिएर रहेका सम्पूर्ण नेपाली तेक्वान्दोकर्मीहरुलाई समेट्ने गरि अमेरिकामा रहेका तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरुको सक्रियतामा यहि कार्तिक २ गते ,२०७० गुरु ग्राण्डमाष्टर (कूल उस्ताद )राजकुमार राईको अध्यक्षतामा युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो महासंघ(Universal United Nepalese Taekwondo Federation )को विधिवत स्थापना भएको छ l युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो महासंघको स्थापना गर्दै यस अघि अस्तित्वमा रहेको इन्टर नेसनल नेपाल तेक्वान्दो युनियन (इन्टु) संग आबद्द रहेका पदाधिकारीहरुको सर्ब सम्मतिबाट खारेजी गर्दै अझ व्यापक र ब्रम्हाण्ड भरि सबैलाई समेट्ने उदेश्य राखेर युनि भर्सल युनाइ टेड नेपलिज तेक्वान्दो महासंघको विधिवत स्थापना गरिएको जानकारी प्रशिक्षक लव प्रसाद गोर्खाली तथा प्रशिक्षक कुमार कार्की द्वारा हस्ताक्षरित छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ l छापा बिज्ञप्तिमा नेपालको तेक्वान्दो खेल विकासको लागि नेपाल लगायत अन्य मुलुकहरुमा रहेका तेक्वान्दो खेलसँग सम्बद्ध सम्पूर्ण पक्षलाई समेटेर हेर्ने इन्टुले गरेको समेत उल्लेख गर्दै तेक्वान्दो खेलको उत्थानको लागि सक्दो सहयोग गरी यसलाई अझ स्तरीय बनाउन र नेपालको तेक्वान्दो विकास कार्यमा अविरल रुपले लागि पर्ने जानकारी गराइएको छ l समयको माग र विश्व परिवेशमा आएको तेक्वान्दो खेलको नयाँ परिवेश सँगै नेपाली तेक्वान्दोलाई पनि सँगसगैँ अगाडी बढाउदै उद्देश्य परिपूर्ति गर्न यससँग सम्बद्ध सबै क्षेत्रसँग मिलेर सहकार्य गर्नुपर्ने आवश्यकता महशुस गर्द्दै सहकार्यका लागि फुटेर होईन, जुटेर नेपालको तेक्वान्दो विकासको लागि तेक्वान्दो महासंघको स्थापना अपरिहार्यता भएको र स्थापना गरिएको जानकारी प्रशिक्षक कुमार कार्कीले बताए l सिंगो देशको तेक्वान्दो खेलले यसको सदुपयोग गरि सहि ढंगले अगाडी बढन सके यसले समुचित विकास गर्न अवश्य सक्छ भन्ने बुदाँमा एकमत र एक विचारका साथ आफ्ना अठोट, उद्देश्य र सोचाईलाई एकसाथ राखि एकत्रित भै भावि कर्णधारहरुको भविष्यमा केही नयाँ र नौलो आयाम अवश्य थप्न सकिन्छ भन्ने पूर्ण विश्वासका महासंघको स्थापना गरिएको हो भनि प्रशिक्षक लव प्रसाद गोर्खाली बताउछन l नेपालमा तेक्वान्दो विकासको लागि यसै संस्थाको माध्यमबाट आर्थिक, भौतिक तथा अन्य आवश्यक सहयोग र सुझाव सल्लाह एंव तेक्वान्दो भित्र पनि सहकार्य गरीरहने प्रतिबद्धता जाहेर गरिएको छ lनेपाली तेक्वान्दो प्रति योगदान र सहयोग गर्ने भावना र उच्च विचार लिएर खोलिएको अन्य संस्थाहरुलाई पनि एकवद्ध तथा आबद्द भएर समष्ट नेपाली तेक्वान्दो खेलको विकासको लागि सहभागी हुन सम्पूर्ण तेक्वान्दो प्रेमीहरुलाई अनुरोध गरिएको छ र यहि नै हाम्रो लक्ष्य हो भनि बिपिन श्रेष्ठले हामीलाई बताए l नेपालमा तेक्वान्दो खेलको विकासको लागि आ-आफ्नो क्षेत्रबाट खेल विकासमा सहयोग पु¥याउन हातेमालो गर्ने ,प्रेरणा र सहयोग गर्नु हुने सम्पूर्ण शुभचिन्तक ,खेलप्रेमी र पदाधिकारीहरुलाई धन्यवाद दिइएको छ l
mahoday · Oct 23, 2013 8:18 PM · 2,871 views
Lets establish a hospital in Virginia to treat patients in Dolpa.
kalikopoi · Oct 24, 2013 12:21 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion