तिलौराकोट, कपिलवस्तु, नेपाल कपिलवस्तु र बोधगया वसन्त महर्जन भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेको हुनाले भगवान् बुद्धको जन्म बोधगयामा भएको र सिद्धार्थ लुम्बिनीमा जन्मेका हुन् भन्ने तर्क तार्किक जस्तो देखिए पनि तथ्यगत छैन । अक्सर दर्शनमा जोड दिने, कवितात्मक पारा निकाल्ने र विवाद गर्न मन पराउनेहरूका अनुसार बुद्धको जीवनमा सबैभन्दा प्रमुख घटना बुद्धत्व प्राप्ति हो, मानवको रूपमा आमाको कोखबाट ई.पू. ५६३ मा लुम्बिनीमा भएको जन्म खासै महत्वको घटना होइन । बुद्धत्व प्राप्त भएको बोधगयाको महत्वमा दुई मत छैन, तर त्यो महत्व कपिलवस्तुसँग जोडिएको कुरालाई नजरअन्दाज गर्न सकिंदैन । बुद्धत्व प्राप्तिका लागि श्रमण परम्परा अनुसार कपिलवस्तुस्थित घरबार छाडेका श्रमण गौतम (गृहस्थ नाम त्याग गरिसकेको अवस्था) ६ वर्षसम्म आलारकालम, उद्दकराम पुत्र लगायतका प्रख्यात गुरुहरूसँग विद्याध्यन र साधना गर्दै हिंडेका थिए । उनी घोर तपश्चार्यमा पनि बसे, जसलाई बौद्ध ग्रन्थहरूमा ‘दुष्कर चर्या’ नाम दिइएको छ । तर, यी तमाम साधनाहरूबाट केही फल प्राप्त भएन, एक हिसाबले समयको बर्बादी मात्रै भयो । त्यसपछि साधनाका पद्धतिमाथि मतभेद हुँदा पाँच साथीले श्रमण गौतमलाई पथभ्रष्ट भएको भन्दै छाडेर हिंडेका थिए । प्रथम ध्यान लाभ त्यसरी अनेकौं विधिका साधना गरिरहेका बेला गौतमलाई अकस्मात आफू सानै छँदा कपिलवस्तुमा गरेको ध्यान भावना वा ध्यानलाभको सम्झ्ना भयो । बुद्ध जीवनी सम्बन्धी चर्चामा कपिलवस्तुको तत्कालीन कृषि महोत्सवको प्रसङ्ग छुट्दैन । त्यस दिन सबै रोपाइँमा सहभागी हुन्थे । मानिसहरू हर्षोल्लासका साथ कृषिमा सरिक भइराख्दा कुमार सिद्धार्थ त्यहाँ रमाउन सकेका थिएनन् । उनी चुपचाप अलि पर जामुनको रुखमुनि ध्यानमा बसे । यसबाट उनले पहिल्यै ध्यानविधि सिकिसकेको थाहा हुन्छ । त्यही बेला उनलाई प्रथम चरणको ध्यानलाभ भएको थियो, जसबाट वातावरणमा परेको अनौठो प्रभाव अरुले पनि प्रत्यक्ष अनुभव गरेका थिए । सर्वसाधारणका लागि यो आश्चर्यको कुरा थियो । यो देखेर बाबु शुद्धोधनले दोस्रो पटक पुत्रवन्दना गरेका थिए । बौद्ध ग्रन्थहरूले यो असाधारण घटनालाई प्रथम ध्यान लाभ मानेका छन् । बोधगया भारत । बुद्धत्व प्राप्तिको यात्रामा श्रमण गौतमले बोधगयामा अपनाएको विधि र त्यसबाट प्राप्त गरेको बोधी (ज्ञान) लाभ कपिलवस्तुको प्रथम ध्यानकै निरन्तरता थियो । अर्थात्, बोधगयामा गरेको ध्यानको अंकूर कपिलवस्तुमै पलाएको थियो । बोधगयामा दोस्रो तहको ध्यानबाट बुद्धत्व प्राप्त गरेका थिए । बुद्धले प्रथम ध्यान लाभ गरेको स्थल अर्थात् जामुनको रुख कहाँ रहेछ भन्ने प्रसङ्ग आफैंमा एउटा खोजीको विषय हो । त्यो वृक्ष नजिकै रहेको बौद्ध वाङमयमा स्पष्ट छ । शुद्धोधनको दरबारबाट खेत पनि टाढा थिएन । लुम्बिनी र कपिलवस्तुको खोजी गर्ने जर्मन पुरातत्वविद् डा.ए. फूहररको ध्यान यसतर्फ पनि गएको थियो । एउटा स्तुपको भग्नावशेषलाई यस घटनासँग सम्बन्धित गर्न खोजेका उनले थप अध्ययन गर्न पाएनन् । उनका अनुसार सो स्थल कपिलवस्तु नगरबाट उत्तर–पूर्वमा पर्छ । डा. फूहररले अनुमान गरेको त्यो स्थल अहिले हराइसकेको अवस्था छ । गौतम बुद्धको गृहनगर भएर मात्रै कपिलवस्तुको महत्व भएको होइन । उनीभन्दा अघिका क्रकुच्छन्द र कनकमुनि बुद्धको जन्म पनि यसै क्षेत्रमा भएको हो । गौतम बुद्धको बुद्धत्व प्राप्तिमा सहायक भएको बाल्यकालको ध्यान पनि यहीं लाभ भएको कुरा बौद्धहरूका लागि कम महत्वको होइन । बौद्धहरू अन्यत्र धेरैजसो सूत्रपाठ तथा पूजा गरेर फर्कन्छन् भने बोधगयामा त्यसबाहेक एक क्षण भए पनि ध्यानमग्न हुन चाहन्छन् । तर त्यही ध्यानसँग सम्बन्धित कपिलवस्तुको जामुनको रुख भने अहिले खोजीको विषय भइरहेको छ । http://www.himalkhabar.com/?p=... Last edited: 22-Oct-13 06:52 AM
_____ · Oct 22, 2013 6:46 AM · 2,208 views
Great article. Thanks for posting. Bodhgaya wasn't a magical place that bestowed the wisdom to Buddha. It was Buddha and what he had gone through in his life, plus his learnings that led to him finding budhwatwa. I always wondered how Siddhartha adopted meditation; it was almost as if somebody told him that meditation was the answer to his quest. This article says that he went into dhyan when he was a kid; this is not impossible but is a little hard to believe that he went to do it on his own. Meditation has been practiced in Hindu religion since ages and a prince who has access to various kind of teachings, must surely been exposed to meditation. Regardless, Buddha successfully found the answer to his quest and gave the gift of meditation to the entire population. Irony is that people claiming his nationality and fighting for it, are practicing exactly what Buddha preached against.
Kiddo · Oct 22, 2013 8:22 AM
It truly is a informative article. Thank you Dharke bandhu.
ThahaChaena · Oct 22, 2013 9:59 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion