एकतर्फी नाकाबन्दी र भारतीय पत्रकारिता भारतले एकतर्फी नाकाबन्दी गर्यो, विसं २०४५ मा। नाकाबन्दी लम्बिँदै जाँदा तत्कालीन प्रधानमन्त्री मरचिमान सिंह श्रेष्ठले गर्नु जोहो गरेका हुन्। भारतबाट नेपाल आउने कुनै चीजको कमी हुन दिएनन्। एक किसिमले भन्ने हो भने नेपालमा हाहाकार मच्चाएर आफूसँग त्वंशरणम् गराउने भारतीय इच्छा उनले पूरा हुन दिएनन्। त्यसै बेला ऋषिकेश शाहको नेतृत्वमा पद्मरत्न तुलाधरलगायतको एउटा प्रतिनिधि मण्डल नेपाल-भारत मैत्रीसम्बन्धी गोष्ठीमा भाग लिन नयाँदिल्ली पुगेको थियो। तर, भारतले उक्त गोष्ठीमा आफ्ना अडान पुनः जाहेर गर्यो। समस्या समाधानको साटो झन् बल्झिएर गयो। यसरी द्विपक्षीय वार्ता असफल भएपछि यसै विषयलाई लिएर बनारस हिन्दु विश्वविद्यालय -बीएचयू)का तर्फबाट नयाँदिल्लीमा आयोजना हुने एक गोष्ठीमा भारतीय संस्थापनका तर्फबाट नेपाल सरकारलाई आफ्ना प्रतिनिधि पठाउन भनिएको रहेछ। प्रधानमन्त्री मरचिमान सिंहले एक दिन राती एकाएक फोन गरेर भने, "तपाईं गोष्ठीमा सहभागी हुन गइदिनुपर्यो। म तपाईंको नाम दिएर पठाउँछु।" मैले त्यस गोष्ठीमा जाने प्रतिनिधिहरूका बारेमा सोधेँ। उनले मदनमणि दीक्षितको पनि नाम लिए। भोलिपल्ट बिहानै वरिष्ठ पत्रकार तथा समीक्षाका सम्पादक मदनमणि दीक्षित र कमनरका सम्पादक गोपालदास श्रेष्ठको फोन आयो। यसरी तीन जना पत्रकारका साथ नेपाल-भारत सम्बन्ध बुझेका अन्य तीन जना गरी ६ जनाको प्रतिनिधिमण्डल नयाँदिल्ली गयो। गोष्ठीमा भारतीय पक्षबाट बोल्ने अधिकांश प्रतिनिधिले नेपालमा चिनियाँ गतिविधि बढिरहेको र भारतीयहरूप्रति हेपाहा प्रवृत्ति देखाइएको गुनासो मात्र गरेनन्, विभिन्न किसिमका तर्क गरेर नेपाल सरकारको विरोध गररिहे। भारतीय मूलका नागरकिलाई काठमाडौँमा हिँडडुल गर्न पनि गाह्रो भइरहेको कुरा उनीहरूले त्यस अवसरमा व्यक्त गरे। हाम्रा पक्षबाट पनि विभिन्न तर्क राखिए। यत्तिकैमा जब मेरो बोल्ने पालो आयो, मैले आफ्ना कुरा राखेँ। भन्ने कुरा एउटा हो, वास्तविक कुरा अर्कै छ। नेपाल कति टाढा छ र ? हो, नाकाबन्दी नै गर्ने हो भने खुला रूपमा भन्नुपर्यो। चीनको कुरा गरेर नेपाललाई तर्साउने काम गर्नुभएन। मैले पुरानो कुरा कोट्याएर एउटा उदाहरण पनि पस्किएँ। २००७ सालको आन्दोलन चर्किरहेको थियो। नेताहरूको भारत जाने र नेहरुलाई भेटेर आफ्ना कुराकानी राख्ने क्रम तीव्र थियो। यत्तिकैमा नेहरुलाई के लाग्यो, एक पक्षको कुरा मात्र सुनेर निर्णय गर्नु सान्दर्भिक मानेनन् र मोहनशमशेरलाई पनि दिल्ली आउने निम्तो पठाए। उनले मोहनशमशेरसँग सीधा कुराकानी गर्ने मन बनाएर यसो गरेका रहेछन्। तर, भारतीय प्रशासनयन्त्र आफ्नै सानातिना कुरामा अल्भिmएर समयमै उनलाई दिल्ली झिकाउन असमर्थ भयो। लामो समय बितिसकेपछि जब नेहरुले मोहनशमशेर दिल्ली नआउनुको कारण थाहा पाए, उनी आफैँ छक्क परे। कुरा राजकीय सम्मानमा गएर अड्किएको रहेछ। भारतीय पक्षबाट १९ तोपको सलामी दिने कुरा गरेपछि मोहनशमशेरले २१ तोपको सलामी नपाए आफू भ्रमणमा नआउने अड्डी कसेका रहेछन्। नेहरुले प्रशासनिक तहका व्यक्तिलाई सोझै हपार्दै भनेछन्, '२१ तोप माग्छन् भने ३१ तोप देऊ, १०० तोप देऊ। तोपमा के राखेको छ र ! जसरी हुन्छ उनलाई बोलाउनुपर्यो।' त्यसपछि मोहनशमशेरको भारत भ्रमण सम्पन्न भयो र विभिन्न सन्धि सम्झौतामा हस्ताक्षर गरियो। मैले त्यो गोष्ठीमा जब यो प्रसंग उप्काएँ, सबै मुखामुख गर्न थाले। त्यहाँ प्रचार गरिएजस्तो भारतीय नागरकिमाथि नेपालमा कुनै किसिमको थिचोमिचो भएको थिएन। मैले यो कुरा पनि विस्तारमा राखेँ। त्यहीँ मेरो एसडी मुनिसँग भेट भयो। उनले मलाई सोझै भने, "तपाईंले त चिनियाँ भाषा पो बोल्नुभयो !" म छक्क परेँ। मैले भनेँ, "बोल्न त मैले हिन्दी भाषामै बोलेको हुँ। तर, तपाईंलाई चिनियाँ फोबियाले सताएछ क्यारे, चिनियाँ भाषा सुन्नुभयो।" यसरी सानो नोकझोक पनि चल्यो। दुई दिन चलेर त्यो गोष्ठी सम्पन्न भयो। भोलिपल्ट जब हामी स्वदेश फर्किंदै थियौँ, काठमाडौँ बसेर गएका र रिपोर्टिङ्का सिलसिलामा काठमाडौँ आएका पुराना पत्रकारहरू हामी बसेको होटलमा आए। पत्रकारतिाका बारेमा कुराकानी भयो। साथीहरूका बीचमा तँ तँ म म पनि चल्थ्यो। जब हामी त्यहाँबाट निस्कन लाग्यौँ, मैले भनेँ, "हामीले सिकेको पत्रकारतिा त भारतबाटै हो। नेपाल चिनेका र बुझेका पत्रकारहरूले चिनियाँहरू बन्दुक लिएर खुलमखुला न्युरोडका सडकमा गस्ती गररिहेका छन् भन्ने समाचार प्रकाशित गर्नुभन्दा पहिले एकपटक गहिरिएर सोच्नुपथ्र्यो। त्यहाँको अवस्था बुझेर समाचार पस्किनु पर्दैन ? नेपाल यहाँबाट कति नै टाढा छ र ? एक/डेढ घन्टाको कुरा हो, गएर हेरेको भए सबै छर्लंग हुन्थ्यो।" त्यस बेला हाम्रा भारतीय पत्रकार मित्रहरूले दिएको जवाफ सुनेर म त छक्क परेँ। आफ्ना प्रतिनिधिले पठाएको स्थलगत समाचार पनि छाप्न नसक्ने दिक्दारी उनीहरूले त्यहाँ पोखेः 'तिमीहरूको सरकार आफू अनुकूल नहुँदा पत्रिकामाथि प्रतिबन्ध लगाउन सक्छ। तर, हामीकहाँ त्यस्तो कानुन छैन। हामीकहाँ त सरकारी कोटाबाट १० टन पेपर पाउने प्रावधान छ भने यदि तपाईं साउथ ब्लक र यहाँको प्रशासनयन्त्र प्रतिकूलका समाचार प्रकाशित गरिदिनुभयो भने त्यो पेपरको परमिाण दुई टनमा र्झछ। तसर्थ, हामीमाथिको नियन्त्रण झन् भयावह छ, जुन बाहिर देखिँदैन।' नेपालमा त देखिने गरी व्यवस्थाविरोधी समाचार लेखेको आरोपमा पत्रिकामाथि प्रतिबन्ध लाग्थ्यो। तर, त्यहाँ त प्रजातान्त्रिक सरकारले नदेखिने गरी पत्रिकामाथि प्रतिबन्ध लगाएको रहेछ। नियन्त्रणको कस्तो अनौठो रूप ? तसर्थ, संसारमै पत्रकारहरू देखिने र नदेखिने दुवै किसिमका प्रतिबन्धबाट प्रताडित छन्। ___________________ भारतीय हरु को कुरा पनि बुझी नसक्नु छ , मित्र देश भन्छन दुश्मन को जस्तो ब्यबहार गर्छन हामीले खुब विकास गरेउ भंचन, भारतीय रुपिया सन् २००० मा ४३ थ्यो डलर संग . १३ बर्ष को घनघोर विकास पछि २०१३ मा अहिले ६१ छ अरु देश ले विकास गरे त्यो देश को करेंसी बलियो हुन्छ , भारत ले विकास गर्यो भने करेंसी कम्जोर हुन्छ दाल मे जरुर कुच काला है
_____ · Oct 21, 2013 6:57 AM · 1,296 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion