भुत्रो वीर गोर्खाली – हामी त काथर नेपाली

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://www.whynepal.com/though... हामी आफूलाई वीर गोर्खाली (नेपाली) भन्छौँ तर हौँ – काथर नेपाली ! कसरी ? भनी सोध्नु होला। यसरी … •  बिजुली, पानी, ग्यासँ, पेट्रोल जस्ता आधारभुत आवश्यकताबाट दिनहुँ बंचित हुँदा पनि सडकमा आउन डराउने हामी वीर गोर्खाली कि काथर नेपाली? •  हल्लै हल्लाको बन्दमा घरै डराएर लुक्ने हामी वीर गोर्खाली कि काथर नेपाली? •  ११ बर्ष सम्म स्थानिय नेतृत्व नहुँदा पनि चुप लागेर पहिले कै भातमाराहरुको राज सहने हामी वीर गोर्खाली कि काथर नेपाली ? •  आर्यघाटमा भन्दा बढि बिदेशी राजुदुताबास अगाडि रुने हामी वीर गोर्खाली कि काथर नेपाली? •  देश टुक्याउन खोज्नेका बिरोध, खाली चिया पसल भित्र मात्र गर्ने हामी वीर गोर्खाली कि काथर नेपाली? बाटोमा फोहर फाल्ने, ढल नदिमा मिसाउने, लाईन मिच्ने जस्तालाई देखे पनि नदेखे जस्तो गरी पाखा लाग्ने हामी – वीर गोर्खाली कि काथर नेपाली? •  बागमतीको किनारबाट सुकुम्बासीलाई हटाउदाँ फेसबुकमा कडा बिरोध गर्ने तर ६०१ लाई संबिधानसभाबाट हटाउन चाहिँ सडकमा एक मिनेट नउभिने हामी – वीर गोर्खाली कि काथर नेपाली? •  आफ्नै परिवारलाई हात हाल्न नडराउने तर भ्रष्टाचार गर्नेहरुलाई औँलो ठड्याउन डराउने हामी – वीर गोर्खाली कि काथर नेपाली? •  बिदेशीसँग थर्कमान हुने, पैसा जथाभावी माग्ने अनि देशलाई गरिब बनाएको देख्दा देख्दै ओठँ सिलेर बस्ने हामी – वीर गोर्खाली कि काथर नेपाली? •  घर भित्र सिन्को नभाच्ने तर फेसबुकमा संसारलाई अब हामीले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनी फुर्ति देखाउने हामी – वीर गोर्खाली कि काथर नेपाली ? •  जातको नाममा छिमेकी माथी जाई लाग्ने तर देशको बेईज्जती हुँदा चाहिँ “यस्तै हो, के गर्ने” भन्ने हामी – वीर गोर्खाली कि काथर नेपाली? •  आफुलाई नेपाली भन्ने तर नेपाली कसरी बन्ने भन्ने थाहा नभएका हामी – वीर गोर्खाली कि काथर नेपाली? त्यसैले पहिले आफु नेपाली बनेर देखाम् अनि बल्ल आफूलाई ‘वीर’ नेपाली (गोर्खाली) भनम्। तपाईँ नेपाली बन्ने हो भने यो छोटो लेख अवश्य पढ्नु होला। यदि नेपाली बन्ने कोशिशमै हुनुहुन्छ भने मेरो हार्दिक शुभकामना र धन्यवाद ! नेपाल आमाको जय ! . . *** (यहाँ “गोर्खाली” भन्नाले  ”नेपाली” नै भन्न खोजेको हुँ । अन्यथा नबुझिदिनुहोला )

cybernepali · Oct 16, 2013 10:40 AM · 5,608 views

4 Replies

What if I told you, there are many of us here who really don't care about what you want to be called. Sure I like to hear news about brave Gorkhas' heroics every now and then, but I am not stuck in the past and am well aware that I belong to one of the poorest nation in the world that is powerless in the global arena. I really don't care what you want to be identified as, brave or coward. It's about time we stop living in the past; we all know what the present is. Only thing we can do is swallow our pride and maybe try to get our country back in the track. Maybe. Forget alliterations, forget even the patriotism. Let's try to get the minimum a citizen should get in his/her country. Let's figure that out first then we will worry about what we want to be known as.

Kiddo · Oct 16, 2013 10:52 AM

One of many...but... Keep in mind you voted one of those 601.

NepaliBhai · Oct 16, 2013 12:45 PM

हाम्रो नौलो चरित्र : अरुले गरिदेला अनि खाउला अरुले गरिदेला आफु लिउला क्रेडिट मन भित्र एक कुरा बाहिर आर्को कामले एक कुरा भनाईले आर्को हेर्दा स्याउ खादा चिरैतो हात्तिको देखाउने र खाने दात फरक भए झैँ , के हो नभोगी था नपाउने !

Magorkhe1 · Oct 17, 2013 8:10 PM

Well said Magorkhe. We all are waiting for a superhero to come rescue appeal it seems; and when he arrives we will be busy pulling his legs.

Kiddo · Oct 17, 2013 9:27 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion