भोजहरूमा अचेल ---------------------- भोजहरूमा अचेल देखिन्छ असुरक्षाका भ्रमले आशंकित मानवीय तरलता त्यहाँ, हाउभाउमा, कमै भेटिन्छन् सुखद, सम्मोहक, सर्वश्रेष्ठ सरलता त्यहाँ भेटिन्छन् सपनामा मातृभूमि देखेर गद्गद् बृद्धहरू पवित्र हाँसोका उपहार पस्कदै दौडने भुराहरू अनि भलाकुसारीसँगै सुरु हुन्छन् युवा युवतीका कुराहरू ती भेलामा जगाइन्छन् भावनाका भल बगाइन्छन् स्नेहका जल ओकलिन्छन् केहि अन्तरङ्ग उक्लिइन्छन् सौहार्दताका भर्याङ सँगसँगै भट्याइन्छन् विचार भीषण सुनाइन्छन् खेलकुदका पुराण चढिन्छन् सिद्दान्तका भीर छेडिन्छन् व्यंग्यका झीर भोजको अबोध माहोलमा बेचैन आँखाहरू अरु तेस्तै आँखाहरूसँग चुपचाप ठोक्किन्छन् मात्र ठोक्किने आँखाहरूले थाहा पाउँछन् यस्तै यावत कुरा हुने भोजहरूमा अचेल आफ्नो समाजप्रतिको आस्थासँगै भोजनको प्रचुरता र भौतिक भोगको पराकाष्ठा पनि देखिन्छन् तर अन्त कतै भने अनिकालमा भयानक भविष्य पर्खानेका अनि अनशनरत चेतनशीलका भरोसा भाँचिन्छन् भोजहरूमा अचेल जोश र जाँगरका ढिस्का नासिन्छन् कर्मको घाम देख्न नपाएका असल आकाँक्षाहरू ताछिएका समयका बोक्रामा टाँसिन्छन् अनि मोतिका मन झन् झन् भासिन्छन्! मोतिका मन झन् झन् भासिन्छन्! http://merasabdaharu.blogspot.... Last edited: 15-Oct-13 09:24 PM
santoshlmn · Oct 15, 2013 9:24 PM · 15,866 views
One damn good poem. Very good observation and then well crafted!
IDK2013 · Oct 16, 2013 7:53 AM
Well written Santosh G. Dashain Party ma chada yo kavita phuryo jasto chha ni !!
daum · Oct 16, 2013 10:31 AM
Thank you idk2013 and daum ! Ho yo kavita ajkal ma jane bhojharoomai phureko ho :) Madison ma chai Dashain party audai chha, yo Saturday!
santoshlmn · Oct 16, 2013 11:51 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion