कूकर्म

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

        कूकर्म                                        # राजन थपलिया    एक जना  मान्छे थियो । उ निकै रिसाहा स्व-भाव को थियो । घर मा सधै झगडा भै रहन्थ्यो । छोरा, छोरी लाई पिटेर आफ्नो निकै बहादुरी देखाइ रहन्थ्यो । जब घर मा उसको प्रबेश हुन्थ्यो अनि छोरा छोरी हरु डराएर भागा- भाग गर्थे, मनौ कि कोही राक्षस घर भित्र प्रबेस गरिरहेछ ।  उ स्वास्नी लाई निकै सताउने गर्थ्यो । तैपनी बच्चा हरु प्रती आमाको कर्तब्य कहिले भुलिन् उनले, उनिहरु लाई मानसिक् असर नपरोस भनि घर छोडेर उनि कतै गइन। जब छोरा छोरी हरुले स्कुल को पढाइ सिध्याय अनि उसको स्वास्नी ले घर छोडेर गइ। स्वास्नी ले घर छोडे पछी बच्चा हरु लाई पनि उस्ले घर बाट निकाली दियो । आफु लाई निकै बरिष्ठ ठन्ने अनि निकै घमन्ड गर्न सिपालु हुँदा साथी हरु पनि उ देखी टाढा भइ सकेका थिए।  उ पढे लेखेको मान्छे भए पनि निकै असभ्य थियो । त्यो बेला उसको हजुर आमा ले उसलाई निकै सम्झाउनु हुन्थ्यो । र भन्नु हुन्थ्यो बाबु, यो संसारमा मान्छे भए पछी सबै लाई माया गर्नु पर्छ । माया भन्दा ठुलो बिश्वाश यो दुनीमा अरु केहि छैन । उसको हजुर आमा सधै भन्ने गर्नु हुन्थ्यो- 'समय मा छोरा छोरी लाई माया दिन सकिएन भने पछी उनि हरु ले पनि माया फर्काउन जन्दैनन्' उस्को हजुर आमा ले उस्को बाउ लाई निकै माया गर्नु हुन्थ्यो र उसको बाउ ले उस्को हजुर आमा लाई अन्तिम सास रहे सम्म साथ दिएको थियो । तर उस्ले एक दिन बाहिर घुम्न जाने भन्दै त्यही बाउ लाई झुक्याएर बृद्धाश्रम मा लागि छोडी दियो । बिचरा, उस्को बाउ छोरा भेट्न आउने आसै-आशमा मा रोएरै मरे को थियो । केहि समय पछी, समय बित्दै गयो उस्को त्यो रिसाहा बानी ले गर्दा हृदय घात को समस्या देखियो ।त्यस पछी एकै पट्क धेरै रोग हरु ले आक्रमण गर्‍यो । उस्को सबै सम्पती सकियो । उ पूर्ण रुपमा रोडपती भयो ।एक दिन बाटोमा उ मागी रहेको थियो । उस्को छोरी देखेको नदेखै गरी गइ, टढा पुगे पछी उ भन्दै थि कस्तो कु साइत परे छ आज, उस्ले कहिले सोचे को थिएन कि एक दिन म पनि बुढो हुनु पर्छ। म पनि एक दिन मर्नु पर्छ भनेर, फेरी अर्को दिन छोरा को घर मा गुहार्दै पुग्यो र भन्यो 'म तिम्रो बाउ हु, मलाई यहाँ बस्न देउ' बर्षौं  पहिले उस्ले उनिहरु लाई सड्क मै फालेको थियो । उनि हरुको लागि बाउ भन्ने शब्द नै मरी सकेको थियो । छोरा ले ढोका खोल्यो अनि छी घिन लाग्दो मान्छे भन्दै धिकार्यो, अनि ढोका बन्द गर्‍यो । त्यसपछी बररर आखा बाट आसु झार्यो। अनि उस्लाई आज हजुर आमाले भनेको कुरा हरु याद आयो, हजुर आमा सधै भन्ने गर्नु हुन्थ्यो- 'समय मा छोरा छोरी लाई माया दिन सकिएन भने पछी उनि हरु ले पनि माया फर्काउन जन्दैनन्' उस्ले निकै पस्चाताप गर्‍यो । तर समय निकै ढिला भई सकेको थियो । उसको सोझो बाउ लाई घुम्न जाने भन्दै बृद्धाश्रम मा छोडी आयको कुरा पनि सम्झ्यो त्यसपछी झनै आत्म ग्लानी गर्दै थियो । समय बित्दै गयो।  एकदिन उसको मृतु भयो । बगरमा लास ढली रहेको थियो । तर उसको लागि दुइ थोपा आसु झारी दिने कोही थिएन । त्यो लास देखेर एउटा कुकुर दौडिदै आयो अनि उसको सरिर भरी पिसाब फेरेर गयो । जिउदो हुँदा मात्र होईन उसले मरे पछी पनि सजाए भोग्नु पर्‍यो। सायद त्यही होला कुकर्म को फल । 

rajanthapaliya · Oct 14, 2013 11:55 AM · 10,334 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all