लण्डनस्थित कतार दूतावास अगाडि नेपालीद्वारा प्रदर्शन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लण्डनस्थित कतार दूतावास अगाडि नेपालीद्वारा प्रदर्शन 12 Oct 2013 | 23:51pm २६ असोज, २०७० चिरन शर्मा लण्डनस्थित कतार दूतावास अगाडि नेपालीद्वारा प्रदर्शन लण्डन- कतारमा काम गर्ने नेपालीलाई दाससरह ब्यवहार गरेको भन्दै बेलायतमा रहेका नेपालीले शनिबार लण्डनस्थित कतार दूतावास अगाडि विरोध प्रदर्शन गरे। प्रदर्शनकारीले कामदारमाथिको कठोर यातना बन्द गर, दास प्रथाको अन्त्य गर, मानवअधिकारको रक्षा गर, कामदारमाथिको अन्यायको छानबिन गरलगायतका नारा लगाउँदै प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनपछि उनीहरुले दूतावास समक्ष ९ बुँदे ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्रमार्फत् कतारमा कार्यरत आप्रवासी कामदारमाथि मानवीय ब्यवहार हुनुपर्ने , कामदारको तलब तथा सुविधा समयमा दिनुपर्ने, आप्रवासी कामदारलाई सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, जफत गरिएका राहदानी फिर्ता हुनुपर्ने,आप्रावासी महिला कामदारमाथि हुने यौन शोषणको छानबिन हुनुपर्ने, कामदारले चाहेको बेला काम छोड्न पाउनुपर्ने , आप्रवासी कामदारका समस्यालाई हेर्न छुट्टै सरकारी संरचना हुनुपर्ने र कामदारका समस्या सुनुवाइ गर्न २४सौं घण्टा टेलिफोन हेल्प लाइनको ब्यवस्था हुनुपर्ने लगायतका माग पेस गरिएको छ। प्रदर्शन का एकजना आयोजक वेलायतमा अध्ययनरत विधार्थी श्रेय पौडेलले अहिले आप्रवासी कामदारमाथि भइरहेको कतारको व्यवहार विश्वले थाहा पाउनुपर्ने बताए । उनले भने हाम्रो मागलाई तत्काल कतार सरकाले नसुने पनि नैतिक दबाब सिर्जना गर्छ। अनि आप्रवासी कामदारको मुद्दा विश्वब्यापी हुन्छ। उनले प्रदर्शनीमा बेलायतस्थित बिभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाएको जानकारी पनि दिए। सो प्रर्दशनीमा लेवर सांसद जोन म्याकडोलण्ड, नेश्नल टिर्चस एसोसियएसन, नेश्नल युनियन अफ स्टुडेण्ट, स्टप दी वार लगायतका संघसंस्थाले ऐक्यबद्धता जनाएका थिए। सो प्रदर्शनीमा मिस युके नेपाल २०१३ दूर्गा गुरुग, पूर्व मिस युके नेपाल गौमाया गुरुङसमेत सहभागी थिइन्।  कतारमा कार्यरत नेपालीले कैयौं महिनासम्म तलबै नपाउने , सम्झौतामा उल्लेख भएको भन्दा फरक किसिमको कठिन र कष्टकर काम गर्नुपर्ने बाध्यता रहेको बताइन्छ। कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माले कतार खुल्ला जेल भएको अभिब्यक्ति दिएर विवादमा आएपछि नेपाल सरकारले उनलाई फिर्ता बोलाएको थियो। यसअघि बेलायतबाट प्रकाशित हुने गार्डियन पत्रिकामा कतारमा नेपाली श्रमिकको अवस्था दयनीय रहेको र चरम मानवअधिकार हनन भएको समाचार प्रकाशित भएको थियो। उक्त समाचारले विश्वव्यापी चर्चा पाएको थियो। सो पत्रिकाले नेपाली कामदारलाई दास सरह काम गराएको र दैनिक रुपमा एक नेपालीको मृत्य हुने गरेको सनसनिमूलक समाचार प्रकाशित गरेको थियो।  कतार सन् २०२२ मा हुने विश्वकप फुटबलको आयोजक राष्ट्र हो। सो खेलका लागि कतार सरकारले निमार्ण गर्दै आएका ठूल्ठूला फुटबल रंगशालामा काम गरिरहेका नेपालीले भोग्नुपरेका दयनीय अवस्था प्रकाशमा आएपछि कतिपय खेलसँग सम्बन्धित संघसंस्थाले कतारलाई विश्वकप आयोजना गर्न दिएको अधिकार खोसिनुपर्ने माग गरेका छन्। यसअघि बेलायत प्रधानमन्त्री डेविड क्यामरनले कतार सरकारले आप्रवासी कामदारको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने बताएका थिए। - See more at: http://www.nagariknews.com/mai...

_____ · Oct 12, 2013 4:35 PM · 1,293 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all