त्यो परिवेशमा लैजाउन फेरी मलाई '५०को शरदमा बाबालाई कामको हतार न आमा फुर्सदमा तैपनि दशैं आउँदा सबैजना घरमा मीठो खाई, राम्रो लाई डुलिन्थ्यो शहरमा कोही देउन मलाई उड्ने प्वाँखहरु खोसी लग बरु मेरो सबै अरु उडी जान्छु फर्की पुरानो आकाशमा बिताउँछु केहि पल त्यो परिवेशमा लैजाउन फेरी मलाई '६०को साँझमा चोकको त्यो चौतारी संगीका माझमा लंगुर र बुर्जामाथि भएको पैसा हारी घर पुग्दा राति अँध्यारो मुख पारी कोही देउन मलाई उड्ने प्वाँखहरु खोसी लग बरु मेरो सबै अरु उडी जान्छु फर्की पुरानो आकाशमा बिताउँछु केहि पल त्यो परिवेशमा समयले डोर्याई मलाई ल्यायो यो ठाउँमा घरबारदेखि टाढा बिरानो गाउँमा यहाँ पनि चल्छ बतास ल्याउँछ दशैंको आभाष सिन्दुरी आकाश हेरी यो मनले भन्छ फेरी कोही देउन मलाई उड्ने प्वाँखहरु खोसी लग बरु मेरो सबै अरु उडी जान्छु फर्की पुरानो आकाशमा बिताउँछु केहि पल त्यो परिवेशमा http://meralekhharurakathaharu...
valley_ · Oct 9, 2013 3:00 PM · 10,997 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion