डिसीका संचारकर्मी नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिमा नियुक्त र स्वागत समारोह कार्यक्रम

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

       डिसीका संचारकर्मी नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिमा नियुक्त र स्वागत समारोह कार्यक्रम विजय थापा ,भर्जिनिया ,आश्विन १५ ,नेपाल पर्यटन बोर्डले वाशिंगटन डिसी महानगर क्षेत्रमा दूई दशक भन्दा ज्यादा समय देखि बसोबास गर्दै आउनु भएका सगरमाथा टेलीभिजन (दूरदर्सन )अमेरिकाका संस्थापक राम चन्द्र खरेललाई अमेरिकाको पूर्वीय तट(इस्ट कोस्ट )को लागि मानार्थ जन सम्पर्क प्रतिनिधि नियुक्ति गरेको छ lयसै बिषयमा आधिकारिक जानकारी गराउने हेतुले डिसीमा महानगर क्षेत्रमा एक स्वागत समारोह साँझ कार्यक्रमको आयोजना गरियो l नेपालको पर्यटनलाई प्रबर्धन गर्ने ,नेपाल भ्रमणको लागि प्रचार तथा प्रसार गर्ने उदेश्यको साथ स्वागत समारोह भेटघाट कार्यक्रमको आयोजना गरिएको जानकारी नब नियुक्त नेपाल पर्यटन बोर्डका मानार्थ जन सम्पर्क प्रतिनिधि राम चन्द्र खरेलले बताए l डिसी महानगर क्षेत्रमा करिब २३ बर्ष देखि बसोबास गर्दै आएको र स्वयम् संचार कर्मी पनि भएकोले यो क्षेत्रमा रहेका नेपालका मित्रहरुलाई समेत लक्षित गर्दै कार्यक्रममा कतार ,टरकिस ,कोरियन , इमिरेट्स ,इतिहाद  हवाई जहाज (एयर लायेन्स) सरोकार सम्बन्धि डिसी महानगर क्षेत्रका प्रतिनिधिहरु ,हवाई जहाजका खरिद तथा बिक्रीमा संलग्न टुर तथा ट्राभल्सहरुको साथै संचार कर्मीहरु तथा अन्य लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको जानकारी खरेलले दिए l कार्यक्रममा खरेलले उपस्थित सबैलाई स्वागत गर्दै आफुलाई नेपाल पर्यटन बोर्डले प्रतिनिधि नियुक्ति गरेकोमा पर्यटन बोर्डलाई धन्यबाद दिदै प्रदान गरेको जिम्मेबारीलाई ईमान्दारिको साथ निभाउने प्रतिबद्द जनाए l खरेल  विगत १७ वर्षदेखि सगरमाथा टेलिभिजन यु एस ए सन्चालन गर्दै आउनु भएको छ जसमार्फत नेपालको चिनारी विश्व समुदायमा पुऱ्याउने काम भएको छ भने नेपाली भाषा, साहित्य तथा संस्कृति प्रवर्धनमा समेत योगदान पुगेको छ । नेपालको पर्यटन प्रवर्धनमा लामो समयदेखि लागि परेका खरेलले सन् २०१० देखि अँग्रेजी भाषामा नेपाल दर्शन टेलिभिजन कार्यक्रम सन्चालन गरी नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान दिनु भएको छ । सम्भवत यिनै कुराको उच्च मुल्यांकन गर्दै कदरस्वरूप नेपाल पर्यटन वोर्डले उहाँलाई हालै मानार्थ जन सम्पर्क पर्यटनदूतमा नियुक्त पूर्वीय तट (इस्ट कोस्ट )को लागि गरेको छ ।कार्यक्रममा नेपाल पर्यटन बोर्ड द्वारा प्रदान गरिएको १० मिनेटको छोटो वृत्त चित्र देखाईएको थियो भने सबैले अभिरुचि पुर्वक अबलोकन गरेका थिए l खरेलले नेपाल सम्बन्धि कुनै सूचना चाहिएमा सम्पर्क गर्न र आफुले सहयोग गर्ने पनि बताए ! उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा (पी एच डी)ले नव नियुक्त हुनु भएका राम चन्द्र खरेललाई बधाई दिनु हुदै पर्यटन सम्बन्धि दूताबासले पनि हेर्ने भएको र विदेशमा आफ्नो देशमा अत्यधिक पर्यटन भित्र्याउन ठुलो भूमिका रहने भएकोले पर्यटन सम्बन्धि बोल्नु भयो भने उपस्थित पाहुनाहरुले चाख पूर्ण सुनेका थिए l राजदूत शर्माले थप जानकारी दिदै २००९ -२०१२ को आंकडा हेर्ने हो भने ३२ हजार बाट ४९ हजार अमेरिकनहरुले प्रति बर्ष नेपाल भ्रमण गर्ने देखाएको भन्दै बार्षिक १७ प्रतिसतले अमेरिकनहरु नेपाल भ्रमण गर्ने वृद्धि भएको जानकारी दिनु भयो l हाल हवाई मार्गबाट नेपाल भ्रमण गर्ने अमेरिका तेश्रो स्थान पर्ने राष्ट्र पर्ने भएको जानकारी गराउनु भएको थियो भने नेपाल विश्वमै उत्कृस्ट भ्रमण गर्ने गन्तब्य स्थान भएको पनि जानकारी गराउदै अमेरिकन प्रसिद्ध पत्रिका वाशिंगटन पोस्ट तथा सी एन एन ले पनि नेपालको पर्यटन क्षेत्रको बारेमा चर्चा गरेको जानकारी गराउनु भयो l नेपाली टेलिभिजन(दूरदर्सन )को इतिहासमा नेपाल वाहिर पहिलो नेपाली टेलिभिजन(दूरदर्सन )अमेरिकामा सगरमाथा टेलि भिजनको स्थापना गरि स्थापना काल देखि नै पर्यटन प्रबर्धन गर्दै आएको जानकारी दिएका छन् भने सगरमाथा नेपालमा पर्छ र बुद्ध नेपालमा जन्मेको हुन् भन्ने वकालत अनवरत रुपमा गरि रहेको बताए l खरेल गैर आवासिय नेपाली संघमा आवध्द हुनुहुन्छ । आफु नियुक्त भएको अवसरमा आधिकारिक जानकारी दिन तथा अतिथिहरुलाई स्वगार्थ स्वागत समारोहको आयोजना गरिएको हो भनि पर्यटन दुत राम चन्द्र खरेलले दिए l रात्री भोजनको आतिथ्य संगै पर्यटन सम्बन्धि प्रचार तथा प्रसार सामग्री पनि वितरण गरिएको थियो l 

mahoday · Oct 1, 2013 7:10 PM · 1,588 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all