हेर्नुस्, दशै फेरी आयो। हिजो-अस्ती मात्रै हामीले बुद्ध नेपालमा जन्मेको कुरा गर्यौ। साफ फूटबल हुँदा झन बुद्ध को जन्मथलोलाई लिएर साझामा ठुलै रणाको मचियो। अब हेर्नुस् दशै आयो। त्यही बुद्धको जन्मथलोमा लाखौं खसी, बोका, राँगा, कुखुरा आदी इत्यादीहरुलाई मारेर दशै पर्व मनाईन्छ। फेरी फर्की आयो यो दशै। साझामा "एटलान्टामा खसी कहाँ काट्न पाईन्छ?" भन्ने थ्रेड सुरु हुन थालिसक्यो हेर्नुस्। अब बिस्तारै दशै को शुभकामना आदान-प्रदान शुरु हुन्छ। त्यस पछी "muncha.com को कतिको भर पर्दो?" देखी लिएर बिभिन्न थ्रेड को शुरुवात हुन्छ। अनी म सोच्न वाध्य हुन्छु कि १ महिना अघी बुद्धको जन्मभुमी लाई लिएर स्वर ठुला पार्नेहरु के गर्दै होलान? छुट्टीमा? बुद्ध भाड मै जाये??
daum · Sep 30, 2013 5:45 PM · 15,033 views
हुन त यो अप्रासंगिक कुरा होला : बल र सक्ति हुना साथ बालीले सुग्रब्की राम्री दुलही टप्काए झैँ : हुँदै नभएको कुरा गरिको अबस्थामा कसैले हैन भनि अर्को आवज उठाउदा टाउको दुख्नु पर्ने देख्दिन | सन्तान थरि थरि हुन्छन पलायनबादी का स्वाङ्ग संग को नै नाचन जानछ र ? साकाहारी ले पनि त्यो सग सब्जीको मुन्टो न चुडाइ आउदैन होला दुवै जीव नै हुन् हैनन र ? हेर्ने अखा मात्र फरक हो !
Magorkhe1 · Sep 30, 2013 7:01 PM
साकहारिले पनि सब्जीको मुन्टो न चुडाइ त सब्जी पाक्दैन क्यारे 'मगोरखे' जी. तर, कुरो तरमा छ. सब्जीको एउटा मुन्टो चुडाए अरु १० वटा मुन्टो पलाउछ, तर बिचार खसी त गयो नि सदाको लागि एक पटक मुन्टो चुडाए पछि त, हैन र? कि कसो हो कुरो? हुन त कुरो र कुलो जता लागे नि हुञ्छ भन्छन!!!!!!!!
Jhapali_Thito · Oct 1, 2013 3:01 PM
What is this barrage on anti khasi-sacrifice posts? Why multiple threads on the same subject?
Kiddo · Oct 1, 2013 3:30 PM
http://www.youtube.com/watch?v...
baalmatlab · Oct 1, 2013 5:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion