सुर्य थापा न्युयोर्क, कामका लागि कतारमा पुगेका नेपालीहरुको अधिकारका लागि अमेरिकाबाट सञ्चालीत नेपाली टेलिभिजन ह्वाईट हिमाल टेलिभिजनले बिशेष अभियान सुरु गर्ने भएको छ । नेपाली कामदारको दर्दानक अवस्थाको बारेमा बेलायती पत्रिका गार्जियनले खोजमुलक समाचार बाहिर ल्याए पछि ह्वाईट हिमाल टेलिभिजनले अमेरिकामा रहेका नेपाली समुदायसंग मिलेर बिषेश अभियान सुरु गर्न लागेको हो । भिडियो सहित गार्जियनले प्रकासन गरेको अनुसन्धान मुलक रिर्पाेटमा कतारमा नेपाली कामदारहरुको निकै ददार्नक अवस्था रहेको छ । सन् २०२२ मा बिश्वकप आयोजना गर्न लागेको कतारमा ४० प्रतिशत भन्दा धेरै नेपाली कामदारहरुले काम गरिरहेको भए पनि नेपाली कामदारहरुलाई भने निकै कठिन अवस्था रहेको बताएइको छ । गार्जियनका अनुसार कतारमा काम गर्ने नेपालीहरुलाई कम्पनीले तलब समयमा नदिने, बस्ने ब्यवस्था राम्रो नभएको, खाना खान नदिने, अधिकारको लागि आवाज उठाउन खोज्दा जागिरबाटै निकाला गर्ने जस्ता अमानविय ब्यबहार गरेको छ । अप्ठ्यारो काम र उचित खाने कुरा र बस्ने ब्यवस्था नहुंदा तीन महिनामा ४४ जना नेपालीको ज्यान गुमेको तथ्य पनि समाचारमा सार्बजिनक गरिएको छ । कतारमा रहेका नेपालीहरुको दर्दानक अवस्था बाहिर आए पछि ह्वाईट हिमाल टेलिभिजनले अमेरिकामा रहेका नेपाली समुदायका अगुवाहरुसंग मिलेर बिभिन्न कार्यक्रमहरु गर्ने भएको छ । टेलिभिजनका अध्यक्ष शान खड्काका अनुसार ह्वाईट हिमाल टेलिभिजनले पहिलो चरणमा वासिंगटन डिसीमा रहेको कतारको दुतावस मार्फत कतार सरकारलाई नेपाली कामदारको अधिकारका लागि ज्ञापन पत्र दिने कार्यक्रम राखेको छ । टेलिभिजनले नेपाली कामदारको हितमा बिभिन्न समाचारहरु प्रकाशन गर्नको लागि कतारमा रहेका नेपाली कामदारहरुलाई समेत समाचार तथा जानकारी पठाएर सहयोग गरिदिन आग्रह समेत गरेको छ । टेलिभिजनले अमेरिका लगातयत संसारभर रहेका सबै नेपालीहरुलाई कतारमा रहेका नेपाली कामदारको हितमा एकजुट हुन आब्हान समेत गरेको छ । टेलिभिजनले सुरु गरेको अभियानमा सहभागी हुनको लागि टेलिभिजनको इमेल ठेगना info@whitehimal.tv मा सम्पर्क गर्न सकिने छ ।
mahoday · Sep 26, 2013 5:18 PM · 4,234 views
Govt recalls controversial ambassador Sharma from Qatar Maya Kumari Sharma A Council of Ministers' meeting Thursday decided to call back Nepal's controversial ambassador to Qatar, Maya Kumari Sharma three years ahead of her tenure in the Gulf country. According to Cabinet officials, the decision was taken amid protests from Nepalis living in Qatar to call back the ambassador, who allegedly failed to promote welfare of Nepali migrant workers in Qatar. Earlier, UCPN (Maoist) chairperson Pushpa Kamal Dahal on Sept. 20 instructed Sharma, appointed under the UCPN (M) quota, to return home following series of controversies surrounding her. According to news reports, Dahal telephoned Sharma himself and requested her to return. Sharma was first engulfed in controversy, as she termed Qatar an "open jail" going beyond the diplomatic protocols she had to maintain. Similarly, her rude behavior to Nepali migrant workers also came under sharp criticism. As Dahal himself instructed her to return, it eased the task of the government and in particular, the Ministry of Foreign Affairs, to call her back, according to analysts. Sharma was appointed Nepali ambassador to Qatar on 9 May 2012 for four years' term. She holds Ph.D. and Masters Degree in economics from Kumaun University, Nainital, Uttarakhand in India (BIG LL) and is a permanent resident of Kanchanpur district in far-west Nepal. Sharma could not be reached for immediate comments. Nepalnews.com
furke · Sep 26, 2013 5:26 PM
(furke) QUOTE: "She holds Ph.D. and Masters Degree in economics from Kumaun University, Nainital, Uttarakhand in India (BIG LL)" From my side too "LOL"
daum · Sep 26, 2013 5:32 PM
आफ्नो देश मा ILO को minimum requirements पालन गर्न नलगाउनु कतार सरकार को लापरबाही हो तर कतार मा world cup को लागि भै रहेको निर्माण कार्य मा विभिन्न देश क निर्माण कम्पनी हरु संलग्न छन्, दखिन कोरिया , भारतीय , चाइनिज कम्पनि हरु , ति कोम्पनी हरु कामदार हरुलाई दाश को रुप मा प्रयोग गरि टन्न नाफा कमौना पल्केका छन् , हामीले ILO मा पनि कम्प्लेन गर्न पर्छ, काम दार लाई अमानाबिये treatment गरेको मा . अती भएपछि नेपाली राजदोत ले मुख खोलेको हुन सक्छ, तेस्माथि सजिलै बिक्ने नेपाली हरु पनि उनि बिरुध्हा लागेका हुन सक्छन , कतार मा हुने कामदार हरु को मिस्त्रेअत्मेन्त को बारेमा कुरा फैलिएपछि नेपाली म्यान पोवेर कोम्पनी लाई मान्छे पथौन गारो हुन्छ , उनीहरुले कमाउने पैसाको स्रोत सुक्छ कतार मा नेपाली बाहेक , भारतीय , पाकिस्तानी कामदार को पनि बिजोक छ , तर ति देश चुप लागेर बसेका छन् , जबकि ति देश मा पनि नेपाल मा जस्तै काम दार ले remittance पठायेना भने देश चल्दैन नेपाल को अहिले जति प्रगति गरेको छ त्यो मध्यपुर्ब मा दाश भएर काम गर्ने नेपाली हरुले गर्दा भएको हो . USA , EU मा बसेर देश विकास को गफ गर्ने हामीहरु मधे ९९% त पाए नेपाल को पैसा बाहिर ल्याउने, नेपाल मा लुटे को पैसा विदेश मा लगानी गर्नी , बाउ बाजे ले घुस खाको पैसा ले धाक देखाउने मात्र हो मध्ये पूर्व मा काम गर्ने नेपाली हरुले डलर नेपाल न लैजाने हो भने , एक वर्ष भित्र १ डलर को २०० नेपली रुपिया पुग्न सक्छ तेसकारण ति नेपाली को लागि आफ्नो तर्फा बाट जति सहयोग गर्न सकिन्छ गरम
_____ · Sep 27, 2013 7:51 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion