टेलिविजनको च्यानल चेन्ज गर्दा गर्दै उसले सुनाइ "तिमीलाइ टिवि हेर्न मन लागेको कि च्यानल चेन्ज गर्न, खालि रिमोट मात्रै चलाएर के गरिरहेको अघि देखि?" सुनि आइसकेकी रैछ कोठामा मैले थाहै पाइन, उसको स्वर एक्कासी सुन्दा झसङ भए। "किन तिमी हेर्ने हो?" मैले उसलाइ नहेरी सोधे। "मलाइ कहिले देखि तिमीले टिबिको अगाडि बसेर टाइम बिताउने मान्छे सम्झ्यौ? मलाइ टिबि, फिलिमहरुमा इन्टरेस्ट छैन भन्ने तिमिलाइ थाहा छैन र?" उसले ब्यँग गरेकी हो कि जस्तो मलाइ लाग्यो। "किन टिबि हेर्दैमा टाइम वेस्ट हुन्छ र? समाचार हेर्नु नराम्रो कुरा हो र?" मैले अलिकति आफ्नो बचाउ गर्ने प्रयास गरे। "समाचारको लागि पत्रिका छदै छ नि, हेडलाइन पढेपछि सबै कुरा बुझिन्छ, सबै पढ्नै पर्दैन।" उसले कति नै सबै समाचार पढेकि झै कुरा गर्न थाली। "तिमीलाइ थाहा रैछ सबै कुरा!" उसको जिद्दि बानी, मैले पराजित हुनै पर्छ। "सुन न, बुबाले तिमिले नया प्रोजेक्ट को बारेमा के निर्णय गर्यौ भनेर सोध्नु भएको थ्यो।" मलाइ त्यहि कुरासङ भाग्नु थियो, उसले त्यहि कुराले मेरो बाटो छेकि, नत्रभए म कौसीतिर निस्किनै लागेको थिए। "तिमीलाइ थाहा छ मेरो निर्णय, मलाइ आफ्नै कामले फुर्सद छैन। त्यो प्रोजेक्टमा हात हालेर मलाइ टेन्सन लिन मन छैन। घरमा पनि त ट्याम दिनु पर्‍यो। सुबि र रुबि अब धेरै साना छैनन्। तिम्रो सधै ब्यस्तता, मैले अलिकति समय बचाएर उनिहरुलाइ दिनु पर्छ।" मैले बल्ल बल्ल भन्न सके धेरै दिनसम्म भन्न नसकेको कुरा। "घरमा अरु कोहि छैनन् र? मुमा हुनुहुन्छ, हरि दाइ छ, जमुनी आँउछे सधै। म नै घर बसेर सुबि र रुबिको गोठाला बन्नै पर्छ भन्ने के छ? त्यहिपनि उनिहरु आफै बुझ्ने भैसके उनिहरुलाइ धेरै हेरबिचार गर्नु पर्ने जस्तो मलाइ लाग्दैन।" सुनिको आवाज ठुलो हुन थाल्यो। "मेरो धेरै महत्वकाँक्षा छैन सुनि। जे जस्तो छ, मलाइ पुगेको छ।" म छिटो भन्दा छिटो यो कुरा सकोस् भन्ने चाहन्थे। "बरु साहस छैन भन न!" फेरि पनि ब्यँग गरी उसले। "हो, मेरो साहस छैन। तिम्रो साहसले पुगेको छैन र हामी सबैलाइ?" मेरो अँहले पनि टाउको उठायो यसपटक। "ठिकै छ नि त। तिमी त्यो प्रोजेक्टमा काम गर्दैनौ भने, म गर्छु।" सुनिको भनाइमा गम्भिरता थियो। "अनि यो घर र परिवार?" उसको बुटिकमा पहिले नै ब्यस्त हुदाँ हुदै पनि फेरि अर्को प्रोजेक्टमा काम गर्ने बिचार गर्छे। घर खाली मुमा, बच्चाहरु र काम गर्ने हरुको भरमा चल्ने भयो। हुन त त्यहि भैरहेको थियो पहिला पनि। अब झन के हुने? "किन तिमी मलाइ घरमा बसेर काम गर्ने, तिम्रो सेवा मात्र गर्ने दासी भएको मन पराउछौ?" उसलाइ केहि भन्नु भन्दा नभन्नु नै बेस। कति निहुँ खोज्न सक्छे यो आइमाइ, मनमा यति धेरै जवाफ आएपनि म चुप लागेर कौसीतिर गए। आफ्नै गल्ती, कसलाइ दोष दिने? त्यो बेलामा सबैभन्दा स्मार्ट र राम्री उहि थिइ कलेजमा। उसैको ब्यक्तित्व देखेर मन पराए, छ महिनाको प्रेममा एक अर्काबिना बांच्नै नसकिने सम्म भए। परिवारहरुको सहमतिमा बिहे गरे, त्यसपछि अर्कै सुनि देखे, बिहेअघिको र बिहेपछिको सुनिमा आकाश जमीनको फरक थियो। "तिमी किन पहिले जस्तो छैनौ?" सुनि पछि पछि आएकी रैछे, मेरै अगाडि आएर उभिइ। "म जस्ताको त्यस्तै छु, बरु तिमी बदलिएको देखिरहेको छु।" भन्न नहुने कुरा भनिसकेपछि मलाइ पश्चाताप भयो। "मेरो स्वभाब नै यस्तो हो। अझैसम्म पनि तिमीले मलाइ बुझ्न सकेको छैनौ।" उ फेरि पनि मेरै गल्ती छ भनेर प्रमाणित गर्न खोज्दैथी। "सरी, मेरो दिमागले सबै कुरा बुझ्न सक्दैन। सरल कुरा त बुझ्न समय लाग्छ, झन जटिल त-------?" मैले बाक्य पुरा गर्न सकिन उसैले थपी, "झन गार्हो लाग्छ, भन न।" उ फेरि झनक्क रिसाएर भित्र गइ। म अब अरु बादबिबाद नगर्ने उद्देश्यले कौसीमा टहलिन थाले। जो बिना जिन्दगी अधुरो हुन्छ भन्ठानेको थिए, अहिले उ नभएको भए कति सुन्दर हुन्थ्यो मेरो जीवन भन्ने जस्तो लाग्छ। तल बंगैचामा एउटा आक्रिति हिडिरहेको झै देखे। यतिखेर राति को हुन सक्छ? हरि दाइ बिहानै छिटै उठेर मुमालाइ मन्दिर लानु पर्ने भएकोले आठ बजे सुत्न जानु हुन्छ, जमुनी बेलुकी को खान पकाएर सातै बजे फर्किन्छे। मुमा यति राति बाहिर निस्किने कुरै भएन। सुनि भर्खरि रिसाएर भित्र कोठामा गएकी थी, कतै उहि त हैन? मलाइ रिस उठाउन सायद एक्छिन तल गएकी हुदि हो, म पनि नदेखे झै गर्छु। मैले अध्याँरोमा त्यो आक्रिति बिस्तारै बिस्तारै घरभित्रै मुलढोकातिर जान लागेको देखे। सुनि त कहिले यसरी राति माइत जान्न त। ढोकैनिर त्यो आक्रिति पुग्न लागेपछि मैले बोलाए, "सुनि!" मैले बोलाउनासाथ "किन?" भन्दै सुनि कोठाबाट कौसीतिर आइ। सुनि यहि छे, त्यो को त? मैले सुनिलाइ सोधे। "सानी!" सुनिले बोलाएपछि तलबाट मधुरो स्वर सुनियो "हजुर!" "कहा जान लागेकी यति राति? माथि आउ त।" सुनिले बोलाएपछि माथि घरतिरै फर्कियो त्यो आक्रिति। सुनि कोठातिर लागी, म उसको पछि पछि लागे। "को सानी?" सोध्नै नहुने हो कि भन्दै सोधे। "यो घर हेर्ने, तिमीले भने जस्तै सबै हेरबिचार गर्ने, म नभएको बेलामा सबै जिम्मेबारी बहन गर्ने सहयोगी। आजै मात्र आएकी!कता हो पहाड घर रे, लोग्ने इन्डिया कामको लागि गएको, फर्केन रे। असाध्यै सोझी छे।" सुनिले सानीको बायोग्राफी बताउन लागेकी थिइ। ढोकामा एउटा आकाशे कुर्ता सुरुवाल लगाएकी युबती देखिइ। कलकलाउदो अनुहार र त्यसमा एकजोडि उदास आँखा। "सानी, उ मेरो लोग्ने!" सुनिले यसरी भनी म उसको स्वामित्वमा रहेको कुनै बस्तु वा मात्र उसको अधिकार। "नमस्ते!" सानीले अभिबादन टक्राइ। "कहा जान आँटेकी यति राति?" मैले सोधे। "हजुर, बाहिर जान लागेको हैन, बाटो कस्तो रैछ भनेर हेर्न लागेको!" सानीले मलाइ नहेरी भित्तामा रहेको सुनि र मेरो बिहेको फोटो हेर्दै भनी। "राति किन हेर्नु पर्‍यो बाटो? भोली बिहान दिउसो जतिखेर भएपनि हेरे भै हाल्यो नि लाटी। नयाँ ठाउ भएर निद्रा लागेन?" सुनिले सोधी। "हजुर! हैन मलाइ राति छिट्टै निद्रा लाग्दैन।" सानीको जवाफ सरल थियो। "चिया कस्तो बनाउछौ?" सुनिको अन्तर्बार्ता शुरु भैहाल्यो। "पहिले काम गरेको ठाउमा सबै पकाउथे। मालिकहरुले मिठो छ भन्नु हुन्थ्यो।" सानीको यो पहिलो काम रहेनछ भन्ने बुझे। "त्यसोभए एक कप मिठो सुकुमेल, दाल्चिनि, ल्वाङ हालेको चिया बनाउ न त!" सुनिको स्वार्थी मुस्कान झुल्कियो। "दुध र चिनि नि?" सानी परिक्षाको लागि तयार भइ। "चिनि पर्दैन, दुध चाहि ठिक्क नि, धेरै मन पर्दैन।" सुनिलाइ चिया जतिखेर नि मन पर्छ, क्याफिनले नै उसलाइ सधै हाइपर बनाउछ। ढोकै सम्म पुगेपछि सानी फर्केर मलाइ सोधी, "हजुरलाइ नि?" मलाइ चिया खाने मन थिएन, तर उसको पाककलाको नम्बर पुर्णांक दिनु थ्यो जस्तो भए पनि। सुनिलाइ रिझाउन सजिलो थिएन, त्यो सबै सोचेर मैले पनि एक कप चिया मगाए। "आजकाल मान्छे पाउन कस्तो गार्हो छ बुझ्यौ?" सुनिले हातमा मोइस्चराइजर लगाउदै भनी। "ए, कसले ल्याइदिएको त?" मैले फेरि रिमोट खेलाउन थाले। "जमुनीको गाँउको साथीले चिनेकी रैछे। पहिला पनि असाध्यै रार्मो काम गर्ने भनेर यसलाइ मालिकहरुले आफुसङै बिदेश लान खोजेका थिए रे। यो जान मानिन छ, त्यहि भएर बेलैमा जमुनीले यहा ल्याइ दिइ।" सुनि सन्तुष्ट देखिन्थी। "तिमीलाइ कस्तो लाग्यो? भरपर्दो लाग्दैन त?" सुनिलाइ जवाफ दिनै पर्ने भयो मैले। "हेर्दा भर पर्दै देखिन्छे। तर कसले कसलाइ चिन्न सक्छ र?" मलाइ अरुको भरमा घर छोडेर खालि काम काम मात्रै भन्ने उसको बानी मन परेको थिएन। "हेर्दै जाउ, सकारात्मक सोच राख्नु पर्छ राम्रै हुन्छ!" सुनिको सकारात्मक दर्शन सुन्दा सुन्दै मेरो कान टट्टाइसकेको थियो। दुइ कप चिया ट्रेमा लिएर सानी भित्र पसी, सुनिलाइ एक कप साइड टेबलमा राखीदि, मैले हातैमा लिन खोजे, उसको औला र मेरो औला बिच एउटा नरम, शीतल अनि मिठो स्पर्श भयो। उ लजाइ, उसको अधरमा सुन्दर गुलाफ फक्रियो। हत्त न पत्त चिया मेरो हातमा दिएर गै। मलाइ कस्तो कस्तो लाग्यो, सुनि कोठामै छे वा छैन मैले याद गरिन। "चिया मिठो छ है?" मेरो सुखद क्षणलाइ ध्वस्त पार्दै सुनिले सोधी। "हँ?" त्यसपछि बल्ल हातमा भएको चिया पिउन थाले, " एकदम मिठो छ। तिमीलाइ मिठो लागेपछि मलाइ नलाग्ने त कुरै भएन नि।" "हेर न! यत्रो केयर गर्दा पनि मेरो हात कस्तो कडा छ, सानीको हातखुट्टा कस्तो राम्रो नरम, सफा र चम्किलो। उ सधै भान्छाको काम गर्ने मान्छे उसको छाला कति राम्रो। मेरो चाहि जति राम्रो मोइस्चराइजर लगाए पनि सुक्खा।" सुनि आफ्नो हात हेर्दै भन्दैथी। उसले मेरो मन बुझ्न खोजेकी हो या त्यतिकै भनेकी हो मलाइ उसको प्रश्नको जवाफ दिन गार्हो भयो। मैले नसुने झै गरे, एकछिनसम्म उसले किताबको पानाहरु पल्टाएको आवाज सुने, त्यसपछि त्यो बन्द भयो। सुनि "बत्ति निभाउ" भन्दै निदाइ। अध्यारोमा पनि मलाइ निद्रा लागेन। एक मनले अर्को मनसित सवाल जवाफ गरिरह्यो। मैले दुबै मनको कुरा सुने, दुबैको कुरा चित्त बुझेन। अब मलाइ फेरि नया मनको आबश्यक्ता भयो। नया मन पनि आफ्नै बचाउ गर्दै सामु भयो मेरो सामु। यो मन शक्तिशाली छ, सानोतिनो कुराले असर पुर्‍याउदैन। हैन, यो मन पनि उतिकै कोमल छ, कतै चोटले यसलाइ पनि रुवाउन सक्छ। मसंग त्यस्तो किन मन छैन, जसलाइ केहिले छुदैन र कतै दुख्दैन? क्रमश:
crazy_love · Sep 24, 2013 7:22 PM · 46,250 views
त्यही त है फुच्चे, मैले त गणित उहिले बिर्सेको, त्यसमाथि ज्यामितिले मलाइ सार्है रुवाएको थ्यो। तिमीले ठ्याक्कै देखिहाल्यौ एउटा सिधा अनि अर्को बाङो रेखा तर समानान्तर! थाने ज्यु, मैले ठट्टै ठट्टामा अर्को भाग तपाइलाइ लेख्न दिउकि भनेकी हुँ, अन्त्य के हो कथा कता जादैछ भन्ने उत्सुकता हुनु स्वाभाबिकै हो पाठकको लागि। जब म अरुको कथा पढ्छु म पनि त्यस्तै अड्कल लगाउछु, कथा बिथोलिएको छैन। बरु तपाइहरुको प्रतिक्रियाले म लेखनलाइ उत्साहित भएकी छु। कथा लेख्न सबैले सक्छन, तपाइले पनि लेख्नु हुन्छ जस्तो मलाइ लाग्छ, शायद यही साझामा पढेको हो कि जस्तो लाग्छ। आजभोली म सबै कुरा सम्झिन सक्दिन, तर पाठकहरु पनि कथाकार हुन् भन्ने मलाइ लाग्छ। प्रत्येक मान्छे भित्र कथाहरु हुन्छन्, कसैले लेख्छन्, कोहि आफैभित्र साँचेर बस्छन्, त्यति मात्रै फरक हो।
crazy_love · Sep 30, 2013 6:58 PM
क्रेजी दिदि, कस्तो उर्दी लगाएको, डर नै लाग्यो, १८ भन्दा मुनि का ले नपढ्ने रे... आज म पनि १८ बर्ष पुगे, सबै भाग मज्जाले पढेर सकाए एक एक सब्द र भोगाइ मा मिठास भेटे मैले त..... अरु धेरै धेरै भाग को प्रक्तिश्या मा.....
baaramaase · Oct 1, 2013 11:10 AM
भाग-५ सानीलाइ मुमाले अरु के के भन्नु भयो त्यो त मैले सुनिन। किनभने म तल जानै सकिन, मुमाको आँखामा हेर्ने मेरो साहस थिएन। मुमासङ इतिहास थियो बुबा र बुबाको रङिन सम्बन्धको। बुबाको सुन्दर ब्यक्तित्व र सम्पतिको प्रभाबले मुमामाथि सौतेनी ग्रह बेला बेलामा चुनौती बनेर आँउथ्यो रे। तर मुमा पछि पछि हुदैजादा जे सुकै होस् भन्नु हुन्थ्यो रे। म सानै थे, कहिले कहि दिदीहरुको खासखुसबाट घरमा केहि भैरहेछ भन्ने थाहा पाउथे, तर के रहेछ भनेर मैले कहिले थाहा पाइन। एकदिन यस्तै म स्कुलबाट हाफटाइममा भागेर घर आइपुगेकोथे। मुमा घरमा हुनु हुन्थेन। दिदीहरु सबै स्कुल गएका थिए। घरमा कोहि नभएको मौकामा मलाइ आफ्नै कोठामा गएर आराम गर्न मन लाग्यो। जब म बुबामुमाको कोठाको नजिकै पुगे, मलाइ भित्रबाट कुनै नारीको अस्पष्ट आवाज आएको जस्तो लाग्यो। ढोकैमा कान थापेर एक्छिन सुने, खालि मधुरो आवाज बेला बेलामा आउथ्यो, पीडा या आनन्दको आवाज त्यो मैले छुट्टाउन सकिन। खाट आफै चलेजस्तो, र अन्त्यमा पुरुषको घाँटिबाट निस्केको अनौठो आवाज र एक्छिनको मौनता। कोठाभित्र सर्‍याक सुरुक आवाज अनि गुनगुन सुनेपछि म ढोकाबाट हटे र भरेङको एक कुनामा लुकेर बसे। मेरो मनमा मुमा घरमै हुनुहुन्छ जस्तो लाग्यो, बुबा आज काममा जानु भएनछ जस्तो लाग्यो। ढोका खुल्नासाथै सीतादिदी सारीको सप्कोले छाती छोप्दै छिटोछिटो तल झर्नु भयो, त्यसको केहि समयपछि बुबा कोठाबाट निस्किनु भएको थ्यो। उहा र सीतादिदी दुबैले मलाइ देख्नु भएन। म चाहि धेरै बेरसम्म उहाहरु बन्द कोठाभित्र के गोप्य कुरा गर्दै हुनु हुन्थ्यो भएर सोचि रहे। सीता दिदीको घर हाम्रो घर भन्दा दुइ घर पर थियो। उहाको लोग्ने बुबाको साथी हुनुहुन्थ्यो। मैले जे देखे, अरु कसैले देखेनन्। मैले जे सुने अरु कसैले सुनेनन्। म सबै बुझ्ने भैसकेको थिइन, बुबाप्रति मेरो आदर घट्न थाल्यो, तर उहाको माया मप्रति पहिले जस्तै रह्यो, बरु कहिल्यै घटेन। तर उहा हाम्रो अन्नदाता हुनुहुन्थ्यो, हाम्रो सुखसुबिधा सबै<fo
crazy_love · Oct 3, 2013 2:51 PM
मैले जे देखे, अरु कसैले देखेनन्। मैले जे सुने अरु कसैले सुनेनन्। म सबै बुझ्ने भैसकेको थिइन, बुबाप्रति मेरो आदर घट्न थाल्यो, तर उहाको माया मप्रति पहिले जस्तै रह्यो, बरु कहिल्यै घटेन। तर उहा हाम्रो अन्नदाता हुनुहुन्थ्यो, हाम्रो सुखसुबिधा सबै उहाकै देन थियो। त्यो दिनदेखि केहि महिना म बुबादेखि परपर रहे र बिस्तारै फेरि पहिले जस्तै हुन थाले। त्यो दिनको कुरा मैले कसैलाइ भन्न सकिन, न त कहिल्यै बिर्सन सके। जब जब म जवान हुन थाले, मेरो बचपनको त्यो सम्झना धुमिल हुन थाल्यो तर कहिल्यै हराएन। जब अहिले म सानीसङ हुन्छु, म आफुलाइ बुबा सम्झिन्छु र सानीलाइ सीतादिदी। त्यसरी बुबासङ आफैलाइ दाँजेर म र बुबा फेरि समानान्तर रेखा कोर्न थाल्छु। बुबाले जे गर्नु भएको थ्यो, म पनि त्यहि गर्दैछु। समय पात्र र स्थान फरक, तर कथा उस्तै छ। क्रमश:
crazy_love · Oct 3, 2013 2:53 PM
बार्हमासे भाइ, परिचयपत्र देखाएर मात्र पढ्नुभएको हो भने ठिक छ, १८ बर्ष पुगेको उपलक्ष्यमा तपाइलाइ धेरै धेरै बधाइ!
crazy_love · Oct 3, 2013 2:56 PM
भाग-६ शायद यो समाजमा म र सानीको कथाहरु धेरै छन् केहि लेखिन्छन्, पढिन्छन् र बिर्सिन्छन्, केहि लेखिदैनन् तर बिर्सनै नसकिने खालका हुन्छन्। समाजले कहिल्यै यस्तो कथालाइ स्थान दिदैन तर भित्रभित्रै अप्रतक्ष्य रुपमा देखेर पनि नदेखे जस्तो गरिरहेको हुन्छ। । मैले समय मिलाएर साँझ सानीलाइ सुटुक्क सोधे, मुमाले अरु के के भन्नु भयो। सानीले खासै ठुलो कुरा हैन भनेर टारी। उ सम्झन्छे, मुमाको शंका सामान्य हो, मुमाले हुन सक्ने संभाबना भन्नु भएको हो। भैसकेको कुरा थाहा पाउनु भएकै छैन। सानीको कुराले म पनि ढुक्क भए। बेलुकी सुनिको मुड खराब थियो। उ मलाइ रुबिको रिजल्ट राम्रो छैन, उसलाइ किन गाइड गरिन भनेर निहु खोज्दै थी। मैले ट्युशन राख्दा राख्दै रुबि फेल हुनुमा मेरो कुनै दोष छैन भनेर स्पष्टिकरण दिए। उ मेरो तर्क मान्न तयार थिइन। उ रुबि फेल हुनु सबै मेरो कारण हो भनेर वकालत गर्दैथी। मलाइ उसङ बादबिबाद गर्नु बेकार लागिसकेको थ्यो। मैले घरको वास्ता नगरेको र बच्चाहरुको पढाइ पनि हेरबिचार नगरेकोले उसले पाउनुसम्म दुख पाइ भनेर गन्थन गर्न थाली। "अरे बाबा! जे भए नि म तिम्रो लोग्नु हु नि!" अति भएपछि मैले आफ्नो फ्रस्टेशन पोखे। "लोग्ने मात्र भएर हुदैन, लोग्नेको जिम्मेवारी पनि बहन गर्नु पर्‍यो नि!" उसलाइ जित्न कसले सकोस्। "हामी अझै बिदेशी भैसकेको छैनौ। हाम्रो नेपाली समाजमा अझै पनि लोग्नेलाइ सम्मान गर्ने स्वास्नीहरु छन्।" भन्दै कोठाबाट बाहिर म कौसीतिर लागे। "तिम्रो धुपबत्ति बालेर पूजा गर्नु पर्‍यो अब मैले?" उ कोठाभित्रबाट च्याठिदै कराइरहेकी थिइ। बाहिर अध्यारो थियो। लोडशेडिङको कारण इन्वर्टरले बलेको बत्तीहरु त्यै चहकिला थिएनन्। मैले आकाशको ताराहरु हेरे, सबै चम्किला थिएनन्, केहि मधुरो जस्तो। त्यसपछि मैले सानीको कोठातिर हेरे, भित्र मधुरो प्रकाश थियो। एकैछिन बाहिरको शीतल हावा महसुस गरे र सानीको कोठा देखेपछि अलिकति राहत भयो। सानी अझै निदाएकी थिइन। शायद उ पनि मलाइ सम्झिरहेकी थिइ। यो अध्यारोमा उसलाइ पनि त डर लाग्दो हो। उसलाइ पनि त एक्लोपनले सताउदो हो। म कहिल्यै उसको कोठामा गएको थिइन। के गर्दै होलि भन्दै<font face="Times</body></html> <div style="color:maroon;font-size:10px;font-we
crazy_love · Oct 3, 2013 4:13 PM
सानी अझै निदाएकी थिइन। शायद उ पनि मलाइ सम्झिरहेकी थिइ। यो अध्यारोमा उसलाइ पनि त डर लाग्दो हो। उसलाइ पनि त एक्लोपनले सताउदो हो। म कहिल्यै उसको कोठामा गएको थिइन। के गर्दै होलि भन्दै म तल झरे। उसको कोठाको भित्र पिलपिल बत्ति अझै बलिरहेको थियो, तर ढोका बन्द थ्यो। ढोका ढकढक गर्नु अघि मैले भित्र सानी एक्लै छैन भन्ने थाहा पाए। भित्र उ सङ अरु कोहि पनि थियो, ढोकाको सानो प्वालबाट मैले बिस्तारै चियाएर हेरे, भित्र दुइटा शरीर देखियो, निर्बस्त्र, नारी अनि अर्को? अर्को पुरुष थियो। म बिजयी पुरुष आगो भएर लप्किन थाल्यो। सानीले पनि मलाइ जित्न दिइन, उ आफै बिजय उत्सब मनाउदै छे अर्को कुनै पुरुषसित। भित्र ती दुबै शरीरहरु एकआपसमा सर्प झै बेरिन थालेका थिए, उनिहरुको तातो रापले मेरो रिसलाइ अरु सल्काइरहेको थ्यो। सानी बाहिर देखिए जस्तै सरल थिइन, उ पनि अरु भन्दा फरक थिइन। एक मनले मलाइ ढोका फुटाएर भित्र जान मन लाग्यो र सानीको चुल्ठो समातेर भन्न मन लाग्यो "बेश्या! तलाइ लोग्नेले त्यसै छोडेको हैन! म तलाइ थुक्न चाहन्छु! थु--" मैले थुके ढोकैमा। सानीको कोठाभित्र उच्छबासको ध्वनिहरु तरङित हुदैथ्यो। म थरथर काम्न थालेको थे, अनायास कौसीमा मैले सुनिलाइ देखे। उ मलाइ खोजीरहेकी थिइ। मलाइ झल्यास्स याद आयो सुनिप्रति मेरो जति अधिकार छ, त्यो सानीमा छैन। सानी मेरो स्वास्नी हैन। आफ्नै घाउमा आफै मलहम लगाउदै म बिस्तारै माथि उक्ले। सुनि कौसीमा टहलीरहेकी थिइ। "यति राति का गएको?" उ सामान्य हुने कोशिसमा थिइ। "तल बगैचामा!" मलाइ उसङ बोल्नै मन थिएन। "कस्तो शीतल है !" भन्दै उ नजिक आइ। "अँ!" म फेरि तल सानीको कोठातिर हेर्न थाले, एकछिनमा ढोका खुल्यो र पुरुष आक्रिति देखियो, त्यो हस्याङ् फस्याङ गर्दै बाहिर जादै थ्यो। मैले आफैलाइ रोक्न सकिन र सोधे, " तल को हँ ?" "हजुर ! म" हरिदाइको स्वर सुनियो, मुमाको ड्राइभर हरिदाइ यति रातिसम्म सानीसङ बासनामा लिप्त रहेछ। घरमा स्वास्नी बाटो हेर्दै होली। "हरिदाइ <font face="Times New Rom
crazy_love · Oct 3, 2013 4:16 PM
"अँ!" म फेरि तल सानीको कोठातिर हेर्न थाले, एकछिनमा ढोका खुल्यो र पुरुष आक्रिति देखियो, त्यो हस्याङ् फस्याङ गर्दै बाहिर जादै थ्यो। मैले आफैलाइ रोक्न सकिन र सोधे, " तल को हँ ?" "हजुर ! म" हरिदाइको स्वर सुनियो, मुमाको ड्राइभर हरिदाइ यति रातिसम्म सानीसङ बासनामा लिप्त रहेछ। घरमा स्वास्नी बाटो हेर्दै होली। "हरिदाइ ! अध्यांरो छ बाटो! बिस्तारै जानुस् है!" सुनिले कौसीबाट भनी। "हस् ! हजुर" भन्दै हरिदाइ बाहिर निस्कियो। सानीको कोठाको बत्ती निभ्यो। बाताबरण शान्त थियो, म भित्र त्यसको ठिक बिपरित तुफान उर्लिदै थियो। सानीप्रतिको मेरो सहानुभुति हट्यो। किनभने उ मेरो बराबरीमा आइ। उ सङ रातमा हरिदाइ सुत्छ, म सङ सुनि। हरिदाइले जुठो बनाएको सानीलाइ म दिउसो माया गर्थे। सानीको ओठ, शरीर, अङ प्रत्यङसङ हरिदाइ खेल्नु हुन्थ्यो र म त्यही सर्बाङलाइ पबित्र मानेर ग्रहण गर्थे। मलाइ आफैसङ घिन लाग्न थाल्यो। मलाइ आफ्नो शरीर दिङ्दिङ जस्तो लागिरह्यो। सुनि मेरो नजिक आएर मलाइ मनाउने कोशिश गर्दैथी। उ मेरो शरीरसङ लपक्कै टासिन आइ र "सरी" भन्दै ओठमा चुम्न थाली। म झस्किए, किनभने मेरो ओठमा पनि सानीको जुठो छ, हैन, हैन, मेरो ओठ सुनिको जुठो हो, सानीले बिना हिच्किचाहट यही ओठलाइ दिउसो चुम्बन गर्छे। यस अर्थमा अब सानी समानान्तर हैन समान भइ सम्बन्धमा, शरीरको भोक र प्रेमको झुठो खोल ओढेर अब देखि यो समानान्तर सम्बन्ध निरन्तरता चाहन्छ कि चाहदैन म अहिल्यै केहि भन्न सक्दिन। समाप्त।
crazy_love · Oct 3, 2013 4:19 PM
क्रेजी, सारै मज्जा आयो हजुरको कथा पढेर . हाम्रा समाजमा प्राय: लुकाईने कथा या भनम लुक्ने कथा हुन् सानी-सुनी-म_पात्र को यो कथा र तपाइंका शब्दले यस कथालाइ न्याय गरेको जस्तो लाग्यो मलाइ .... संबेदनशील बिषय हो यो जस्तो लाग्छ तर यसलाई पनि कस्तो सरस र स्लिल तरिकाले प्रस्तुत गर्नु भो . अनि मैले नि घुर्की लाको है त्यो पहिले पाठकको घुर्की सम्झेर बिर्सिन अनुरोध गर्छ यो मान्छे ... मैले साझामा लेखेको छैन भनम भने छ , छ भनम भने छैन .... तर तपाईंको बचन चै सतप्रतिशत साँचो हो बा ... <प्रत्येक मान्छे भित्र कथाहरु हुन्छन्, कसैले लेख्छन्, कोहि आफैभित्र साँचेर बस्छन्, त्यति मात्रै फरक हो>... म पनि यहि मान्यता राख्छु .... अरु पढ्न पाउने आशा क साथ् , प्रतिक्षारत - थाहा छैन (थाने)
ThahaChaena · Oct 7, 2013 1:41 PM
Thank you, thaane!
crazy_love · Oct 8, 2013 11:51 AM
राम राम क्रेजी कस्तो कथा लेख्या....अझ १८+ रेI enjoyed reading it... Keep it up Guchcha Chor!
guchcha chor · Oct 8, 2013 10:16 PM
सबै भाग एकैचोटि पढिसके. सुरुमा त बुझ्ने गार्हो, क्रेजी ले पुरुषपात्र बनेर पनि कस्तो लेख्न सकेको. बास्तबिक घटना जस्तो लाग्यो मलाइ त
Stat · Oct 9, 2013 9:47 PM
Hi GC and STAT, Thank you for your comments! Happy Dashai and Tihar!
crazy_love · Oct 10, 2013 2:26 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion