पहिल्यै साइरन बजाएका थियौं'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  'पहिल्यै साइरन बजाएका थियौं'   (2 Votes)   1 2 3 4 5       मुकेश काफ्ले                     ०   प्राधिकरणले हरेक वर्ष ठूलो परिमाणमा मिटर, ट्रान्सर्फमर लगायतका सामग्री खरिद गर्छ । पूर्ण सरकारी स्वामित्वको संस्थान भएकाले सार्वजनिक खरिद ऐन/नियम र प्राधिकरणको आफ्नै विनियमअनुसार खरिद भएको छ/छैन भनी चार वर्षअघि हेर्ने जिम्मेवारी पाएको थिएँ । वितरणमा गएका ट्रान्सर्फमरबारे प्राधिकरणमा गुनासो आइरहेकाले त्यसलाई पनि हेरेर प्रतिवेदन पेस गर्ने म्यान्डेट हाम्रो समितिलाई थियो । खरिदका क्रममा हुने अभ्यास र पद्धतिलाई हेरेर हामीले अध्ययन अघि बढाएका थियौं । नेपाल एकरात इलेक्ट्रोनिक (निक) कम्पनी बाहेकको ट्रान्सर्फमर उत्पादक कम्पनी नेपालमा छैन । एकभन्दा बढी कम्पनी नभएको अवस्थामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने नियमअनुसार नेपाली र विदेशी कम्पनीको हकमा भुक्तानीको प्रक्रिया पनि छुट्टाछुट्टै रूपमा तय गरिएको छ । टेन्डर स्वीकृतिपछि ट्रान्सर्फमर बनिरहेको कारखानामा प्राधिकरणका कर्मचारीले निर्माणाधीन अवस्थामा निरीक्षण गर्नुपर्छ । ज्ञान नै नभएका व्यक्तिलाई पनि निरीक्षकको रूपमा पठाउने र हचुवामा निरीक्षण प्रतिवेदन तयार गरेर हस्ताक्षर गर्ने परिपाटी बढ्यो । निरीक्षणको कामलाई विदेश सयर गर्ने माध्यम पनि बनाइयो । यसमा त्रुटिमात्रै हो या बदनियत हो भन्ने प्रश्न उठ्छ । प्राविधिक क्षमता नभएको व्यक्ति जानु, पाँच प्रतिशत ट्रान्सर्फमरको पनि निरीक्षण नगरी र्फकनु, पछि तिनै ट्रान्सर्फमरमा समस्या देखिनुले त्यसलाई संयोगमात्रै मान्न सकिँदैन ।   कारखानामा निर्माणाधीन ट्रान्सर्फमरबारे निरीक्षकको प्रतिवेदनपछि सम्झौता भएको विन्दुमा आपूर्ति गर्ने जिम्मेवारी ठेकेदारको हो । हेटौंडामा ल्याव रहेकाले प्राधिकरणले त्यसलाई आपूर्तिविन्दु बनाएको थियो । सबै ट्रान्सर्फमर ढुवानीपछि प्राधिकरणका कार्यकारी निर्देशकले स्वतन्त्र विज्ञसहितको टोली राखेर फेरि एकपटक गुणस्तर परीक्षण गरी मापदण्डभित्र परेको सुनिश्चितताका आधारमा मात्रै भुक्तानी दिनुपर्छ । जुन कम्पनीबाट खरिद गरेका ट्रान्सर्फमरमा समस्या देखियो, सम्बन्धित कागजात हेर्दा माथि उल्लेख गरिएका प्रक्रियाहरू पुरै लत्याइएको छ । पक्कै पनि राज्यको करोडौं रकम नोक्सानी हुनुमा खरिद भएका सामानको गुणस्तर परीक्षण सुनिश्चितता नगरी भुक्तानी गर्ने पद्धति नै गलत हो र त्यसमा जोडिएका कर्मचारीहरू कसुरअनुसार सजायको भागिदार हुनुपर्छ । चार वर्ष अगाडि छानबिनपछि प्रतिवेदन बुझाउनासाथ कार्यावधि सकिएकाले हामीले पनि अवकास पाएका थियौं । विगतका धेरै रिपोर्ट दराजमा थन्किएकाले आफ्नै पहलमा 'आर्थिक वर्ष २०६७/६८ देखि प्रतिवेदनले सुझाएअनुसार खरिदका प्रक्रिया अनिवार्य गर्नुपर्छ' भनी बाध्यकारी बनाइएको थियो । त्यसलाई कुनै पनि बहानामा पन्छाउन मिल्ने अवस्था थिएन । साथै हेटांैडा र लैनचौर ल्यावलाई पनि सुविधासम्पन्न बनाउनुपर्ने सुझाव पनि कार्यान्वयन भएन । सर्वत्र गुनासो र चर्चा भएपछि छानबिनका क्रममा हाम्रो प्रतिवेदनलाई ट्रान्सर्फमर प्रकरणसँग जोडेर हेरिएको हो । अख्तियारले हालै मुद्दा दायर गरेका दुवै प्रकरण हाम्रो टोलीले प्रतिवेदन दिएपछि प्राधिकरणले खरिद गरेको ट्रान्सर्फमरसँग सम्बन्धित छन् । प्रतिवेदन कार्यान्वयन गरेर कडाइसाथ गुणस्तर सुनिश्चितता गरेको भए यो स्थिति आउने थिएन । हामीले हेर्दा टेन्डर प्रक्रियासम्म सबै प्रक्रिया ठिकै हुन्छ । निरीक्षण र ढुवानीका क्रममा पालना गर्नुपर्ने नियम लत्याइन्छ र सबै प्रक्रिया मिचेर भुक्तानी दिइन्छ । हरेकपटक निरीक्षण र ढुवानीकै प्रक्रियामा आएर सारा नियम मिचिन्छ । छानबिनमा कुन कम्पनीको ट्रान्सर्फमर कस्तो थियो र कति नोक्सानी भयो भनेर छानबिन गर्ने मुख्य म्यान्डेट थिएन । एक ढंगले भन्ने हो भने खरिद प्रक्रिया शुद्धीकरणका लागि अध्ययन भएको हो । त्यसपछि पनि गठित समितिले अनियमितताका घटनाहरू पहिल्याएर थप छानबिनका लागि अख्तियारलाई पत्र पठाउनुपर्ने निर्णय गरेको थियो । समस्या आयो भने सुधार अवश्य पनि हुनुपर्छ भनेर कदम चालिएको थियो । हामीले पनि साविकको तौरतरिकाबाट हुने खरिद प्रक्रिया सुधार्नुपर्छ भनेर 'खतराको साइरन' बजाइदिएका थियौं । विद्युतगृहदेखि प्रयोगकर्ताको उपकरणसम्म पुग्दा चुहावटको समस्या व्यहोर्नुपर्छ । सबै प्रक्रियामा प्राविधिक चुहावट गराउने प्रक्रियामा ट्रान्सर्फमरको पनि एउटा भूमिका पक्कै हुन्छ । ट्रान्सर्फमरकै कारण यति नोक्सानी हुन्छ भनेर निकाल्न गाह्रो हुन्छ । फुल लोड लस, नो लोड लसमा पूर्ण औसतमा १० प्रतिशतभन्दा बढी चुहावट भए सामान अस्वीकृत हुनुपर्नेमा केही ट्रान्सर्फमरहरूमा मापदण्डको झन्डै दुई सय प्रतिशतसम्म चुहावट देखिएको छ । यस्ता गम्भीर त्रुटिहरूमा कुनै पनि हालतले माफी गर्नुपर्ने ठाउँ छैन । -ट्रान्सर्फमर खरिद प्रक्रियाको छानबिन समितिका संयोजक एवं प्राधिकरणका पूर्वसञ्चालन काफ्लेसँगको कुराकानीमा आधारित ।) - See more at: http://www.ekantipur.com/np/20...

_____ · Sep 22, 2013 8:04 AM · 1,425 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all