mahatmaa gandhi, indian congress and nepal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 महात्मा गान्धी, इन्डियन काँग्रेस पार्टी अनि नेपाली मातृभूमि    सन् १९४७ मा भारत अंग्रेज हरु संग छुटदा महात्मा गान्धीले जति सुकै शान्ति को कदम बाट प्रजातन्त्र स्थापना गरेको भन्ने धारणा संचार माध्यम बाट फुके पनि लाखौँ मानिसहरुको साम्प्रदायिक धारणा बाट हत्या भएको कुरा लाइ हमेशा नजर अन्दाज गरेको देख्न पाइञ्छ. महात्मा गान्धीको बिबेकले शान्ति एवोम सहिस्नुताले नै समृद्ध समाजको निर्माण हुञ्छ भन्ने कुरामा कसैको दुइ मत नहोला. तर गान्धी आफैमा प्रभु पनि थिएनन्, ऊनको आफ्नो स्वार्थ के प्रति झुकेको थियो भनेर केलाउन पनि दक्षिण एशिया एवोम संसारका थुप्रै मानिसहरुले बुझ्न अति जरुरि छ. तत्कालिन यथार्थ के पनि थियो भने गान्धीलाइ अंग्रेजहरुले शान्तिको प्रतिक भनि उभ्याएर  तत्कालिन जनतामाझ फूटको बिउ पनि गाडेकै हो जसको कारण भारत् लाइ तिन टुक्रा पार्न सजिलो भयो. भारतले प्रजातन्त्र पाएको नाममा कम्तिमा ४ लाख जनताको हत्या र भारत आफ्नै पनि भूभाग मिचियो. गान्धीलाइ भारतले के कारण भारतको पिता मान्छन तेश्मा प्रश्न चिन्ह छ. उनले आफ्नो हरेक माग को लागि भोक हड्ताल गर्थे र तत्कालिन भारतीय कांग्रेसको सरकारलाई आफ्नो माग पुरा गर्न जबर्जस्ति गर्थे मानौं सरकार उहाँको कठपुतली थियो. तेस्तो गर्ने छ्यमता भएको मानिसले जब आफ्नै देश टुक्रिने दिन आए त्यसमा किन कठोर निर्णय गर्न सकेनन, उनमा कसको प्रेसर थियो र कसरि देशको विभाजन सहर्स स्वीकारे. बुझी नसक्नु छ.   भारतीय कंग्रेस पार्टीमा उनको बर्चास्वो भएकै बेला आफ्नो देशलाई अंग्रेज हरुको पन्जा बाट निकाल्ने अमुल्य प्रचार गरेता पनि भारतलाइ सदाको लागि टुक्रा गरिदिने निर्णय कुन नेपथ्यो बाट शिर्जित थियो त्यो गुमनाम छ.  त्यस देशका नागरिकहरुले या त अंग्रेज या त आफ्नै देशका महात्मा गान्धी र कंग्रेस बाट ढोका पाएको हुनु पर्दछ. यो राष्ट्र विभाजन नभएको भए अहिले बिश्वोको राजनीति नै अर्कै हुने आंकलन गर्न सकिञ्छ.    यो उदाहरणको तात्पर्य के हो भने, मुलुकमा विभिन्न मुकुट लगाउन दिएर राजनेताहरु जनता माझ राखिएका छन्. हामि जनताले उनीहरुले गरेका हरेक कदमहरुको सहि मुल्यांकन गर्न अति आवश्यक छ. जुन देशमा आज सम्म महात्मा गान्धीको गुण गान गर्छन त्यहि देशमा उनले साम्प्रदायिक बिज फैलाउन मद्दत गरेका हुन् भन्ने कुरा गौण छ.    नेपाल राष्ट्र आफैमा सानो छ र हालका नेता हरु द्रूत्गामी पनि छैनन्. एस्तो अवस्थामा लोलिपोप मात्र दिएर पनि यी नेताहरुको बेला बेलामा शब्द, बोलि र आच्लन फेरी दिन सजिलो छ. राष्ट्रमा भ्रस्टाचार मौलाउनु, संसारको अरू राष्ट्रहरु जस्तै द्रूत गतिमा आर्थिक उन्नति नगर्नु हाम्रो गौरव बन्न पुगेको छ. अझ प्रसङ्ग भारतको प्रजातन्त्र दिवस संग जोडौं. अघि माथि उल्लेख गरेका भारतीय प्रजातन्त्र बिस्तार संगै हाम्रो राष्ट्रमा पनि २००७ सालको प्रजातन्त्रको स्थापना त भयो तर दुर्भाग्यवोश नेपालले तेस्तो ठुलो प्रजातन्त्रसंग घांटी जुधाउन पुग्यो जुन आफैमा एउटा प्रश्न चिन्ह थियो. त्यस बिशाल प्रजातन्त्रमा को कतिको गद्दार र भ्रस्ताचारी थिए त्यो बास्तबिकता प्रस्ताउनै गारो छ. र जब भारतको स्वतन्त्रता दिवशको नाममा नेपालमा पनि कार्यक्रमहरु हुञ्छन र सरकारकै नेत्रित्वो गरेका नेताहरु उनीहरुको कार्यक्रममा भाग लिन्छन र १० वोटा अम्बुलेंस सहयोग लिएर औन्छां तब हरेक नेपाली जनताको शिर लाखौं बर्ष सम्मको लागि हाम्रो शिर निहुरिञ्छन.   हाम्रो आफ्नै जनता जागरण नभएकैले आज हाम्रो स्वोतान्त्रता माथि प्रश्न चिन्ह उठेको छ. यो संबिधान सभाको निर्वाचनले पनि खासै राष्ट्रलाइ निकाश दिने वाला छैन किन भने खेलाडी उही छन्, खेल उही छ. यो सानो राष्ट्रलाइ अझै पनि साम्प्रदायिकत्वो बढाउने कामहरु भैराखेकै छन्.  जुन नेपथ्यका खेलाडीहरुले भारत जस्तो बिसाल राष्ट्रलाई ३ टुक्रा मा विभाजन गर्न सके, ति खेलाडीहरुलाई यस्तो जाबो सानो राज्यमाथि अकूत कार्यहरु गर्न कति पनि गाह्रो छैन.    यसैको उपज १० बर्से जना युद्ध, राजा बिरेन्द्रको हत्या र ६२/६३ को आन्दोलन भएका हुन्. फरक येति छ अहिले त्यो नेपथ्यमा भारत आफै सम्मिलित छ. यो लेखले कस कसको मन छोला नछोला भन्न सकिन्न. तर यो कुरा अवस्य हो कि जुन प्रकारले महात्मा गान्धीको हत्या उनले देश दुबायेकै कारण एक सर्वोत्क्रिस्ता एवोम निष्ठावान देशभक्तले गरे हाम्रो मुलुकमा तेस्ता थुप्रै गान्धी प्रतिनिधिहरु छन् जसको देह अवशान हुन अति आवश्यक भै सक्यो.   शान्तिको नाममा देशनै दुब्नालागी सक्यो, सहमतिको ख्वापाभित्र केहि पाउला जस्तो लाग्दैन. हामीले आश मारे पनि हुने अवस्था आइसक्यो.   जनता जागरण भया!!!!!   - Trikal दर्शी Bhaila  

trikalbhaila · Sep 21, 2013 3:19 PM · 5,833 views

1 Reply

यो राष्ट्रलाइ मजबूत बनाउन हामि आफु पनि अभिप्रेरित र अनुशाहित नभएकैले परिश्थिति बिग्रंदै छ जस्तो लाग्छ.  के गर्दा सहि हुन्छा भन्ने brainstorm सारा नेपालीहरुले गर्नु आजको मूल आवोश्यक्ता हो जस्तो मलाइ लाग्छ.

dhunae · Sep 21, 2013 9:43 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all