लघुकथा: समाज

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लघुकथा: समाज -उत्तम पौडेल सामाजशास्त्र पढाउने शिक्षकले कलेजको एउटा कक्षामा भने &ndash;&ldquo;भौगोलिक अवस्था, आर्थिक अवस्था, ऐतिहासिक घटनाक्रम आदिले नै उक्त समाजको रितिरिवाज, चालचलन र संस्कार निर्धारण गरेको हुन्छ |&rdquo; .....बाक्य जटिल लागेर हो या बिषय गम्भीर भएर, बिधार्थीहरु सोचमग्न भए, कक्षा चुप भयो | पढाएको कुरा बिधार्थीहरुले कतिको बुझे या बुझेनन् भनेर जान्न उनि फेरी बोले &ndash;&ldquo; ल अब तिमीहरु भर्खरै पढाएको कुरा पुस्टि गर्ने उदाहरणहरु देउ त |&rdquo; एकछिन पछि कृष्ण बोल्यो &ndash; &ldquo;चाइनामा माओले औध्योगीकरणको नाममा कृषिलाई लत्याएपछी अनिकाल लगेर लाखौ मानिसहरु मरे | आजसम्म पनि खानेकुरा फ्याँक्नेलाई उक्त समाजमा घृणा गरिन्छ |&rdquo; शिक्षकले खुशी हुँदै कृष्णलाई स्याबासी दिए | हरिले अर्को उदाहरण दियो &ndash;&ldquo;जापान र इजरायलमा प्राकृतिक श्रोत नभएको कारणले, त्याहाँको समाजमा शिक्षालाई सबैभन्दा महत्व दिइन्छ| &nbsp;पैसा हुनेलाई भन्दा शिक्षित व्यक्तिलाई सम्मान गरिन्छ |&rdquo; हरिले पनि स्याबासी पायो | कैलास पनि के कम, उसले अर्को उदाहरण ठोक्यो &ndash;&ldquo;बेलायत संग १०० बर्षे युद्द भएको कारणले, र जर्मनीसंग प्रतिस्पर्धा भएको कारणले गर्दा फ्रेन्च नागरिकले अंग्रेजी र जर्मन सिक्नै चाहेनन् | बिकसित देशहरुमा आजपनि फ्रान्स सबैभन्दा कम बहुभाषी भएको देश हो |&rdquo; कैलासले पनि जोड्दार स्याबासी पायो | बबिता पनि कहाँ कम थिई र, अर्को उदाहरण आयो- &ldquo;स्थापना कालदेखिनै थुप्रै देशका बासिन्दाहरु बसाँइ सरेर बनेको समाज हुनाले, अमेरिकी समाज आजसम्म पनि सबैभन्दा बलियो आप्रबासी अधिकार र स्वतन्त्रता भएको समाज हो |&rdquo; पुरै कक्षा &lsquo;को भन्दा को कम&rsquo; को शैलीमा उदाहरण दिँदै थियो, र स्याबासी पचाउँदैथियो | तर कक्षाको अर्को तीक्ष्ण बिधार्थी रमेश भने चुपचाप थियो, गम्भीर भएर सबैको कुरा सुनिरहेको थियो | त्यो देखेर शिक्षकले रमेशतिर नजर फ्याँक्दै सोधे-&ldquo; तिम्रो दिमागमा पनि केहि उदाहरण छन् कि रमेश ?&rdquo; रमेशले भुइँतिर हेर्दै जवाफ दियो &ndash; &ldquo;इज्जत-बेइज्जतको ख्याल नभएको, बेला-न-कुबेला कर्कश बोलीमा हुँदो-नहुँदो भुक्ने, क्वार-क्वार कराउनेहरुलाई हामीले प्रभु मान्छौं | त्यसैले नेपाली समाजमा &nbsp;कार्तिकमा कुकुर र कागको पुजा हुन्छ |&rdquo; <span lang="NE" style="font-size:12.0pt;font-family:&quot;Mangal&quot;,&quot;serif&quot;; mso-ascii-font-family:&qu

poudelu · Sep 18, 2013 5:32 PM · 6,466 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all