भत्केका पुलहरू

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विचारका बाफहरूको संगमले  पुलहरू बन्ने गर्छन् अनि  तापक्रमहरू घट्दै गएपछि  पुलहरू गर्ल्यामगुर्लुम भत्कदै जान्छन्   पुलका भग्नावशेषमुनि  संवेदनाहरू थिचिन्छन् च्यापिन्छन्  उत्साहहरू निचोरिन्छन्    चिसिंदै जाँदा  वरफका टुक्राहरूको गाईजात्रामा  युगहरू चाउरिइदै जान्छन्   तैपनि विचारका बाफहरू  निरन्तर पुलहरू बाँध्दै जान्छन्  समय फगत हेरिरहन्छ   उत्सुकहरू अनुसन्धान गरिरहन्छन्  तर तिनले पनि त  विचारकै बाफका थुप्राहरू थप्ने न हुन्  आखिर तापक्रमको घटाईमा  सब चकनाचुर भैहाल्छन्    समय डाकिरहेछ  तापक्रम घट्न नदिने चेतनालाई    भत्केका पुलहरू ब्यग्र भई कुरिरहेछन्  भत्केका पुलहरू ब्यग्र भई कुरिरहेछन् http://merasabdaharu.blogspot.... Last edited: 14-Sep-13 09:35 PM

santoshlmn · Sep 14, 2013 9:35 PM · 12,930 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all