hursday, Sep 12, 2013 शम्भु थापाको आम्दानी मासिक आठ हजार !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  Thursday, Sep 12, 2013 शम्भु थापाको आम्दानी मासिक आठ हजार !     सचेन गौतम/नयाँ पत्रिका काठमाडौं, २६ भदौ   एउटै मुद्दाको दश लाखभन्दा बढी लिने वरिष्ठ अधिवक्ता शम्भु थापाले वर्षमा एक लाख मात्र आम्दानी देखाएर देशलाई ठग्दै आएको खुलासा भएको छ । महिनाको करिब आठ हजार मात्र आम्दानी देखाउने थापाले काठमाडौंका तीन ठाउँमा महल र ठाउँठाउँमा जग्गा जोडेका छन् । नेपाल बार एसोसिएसनको अध्यक्ष बनेर ०६२/६३ को आन्दोलनमा सक्रिय भएका थापाले आन्दोलन सफल भएपछि राज्यलाई एक पैसा पनि आयकर तिरेका छैनन् । तर, त्यसअघि करिब ६ वर्ष उनले वर्षमा एकदेखि तीन लाखसम्म आम्दानी भएको भन्दै राजस्व छल्दै आएका थिए । तर, राजस्वले छापा मारेपछि आइतबार सर्वोच्च अदालत पुगेका थापाले आफूले अहिलेसम्मको सम्पूर्ण कर तिरेको दाबी गरेका छन् । अब उनले राजस्व छलेको विषयमा मात्र होइन, अदालतलाई ढाँटेको विषयमा पनि उनीमाथि कारबाही हुनुपर्ने माग उठेको छ ।   राजस्वका कर्मचारीको अनुमानमा अहिलेसम्म ६० करोडको कारोबार गरेका थापाले आयकरबापत जम्मा दुई लाख नौ हजार चार सय नौ रुपैयाँ मात्रै तिरेका छन् । आर्थिक वर्ष ०६२/६३ पछि थापाले कर कार्यालयमा आय विवरणसमेत बुझाएका छैनन् ।   (यो पनि पढ्नुहोस् : ०६२ सालदेखि शम्भु थापाले कर नतिरेको खुलास) थापाले ०५७/५८ मा आम्दानी एक लाख मात्र देखाएर दुई हजार मात्र आयकर तिरेका थिए । त्यस्तै, ०५८/५९ मा दुई लाख ५३ हजार आय देखाएर ३४ हजार, त्यसको अर्को वर्ष दुई लाख ६७ हजार आम्दानी देखाएर ४२ हजार राजस्व तिरेका छन् । त्यस्तै ०६०/६१ मा दुई लाख ८९ हजार आम्दानी देखाएर ४३ हजार र अर्को वर्ष दुई लाख ९३ हजार आम्दानी देखाएर ४५ हजार आयकर तिरेका थिए । थापाले अन्तिमपटक ०६२/६३ मा उनले तीन लाख आम्दानी देखाएर ४१ हजार आयकर तिरेका थिए । वर्षमा करोडौँ आम्दानी गर्ने थापाले आफ्नो वास्तविक कारोबारभन्दा नगन्य आम्दानी देखाएर तिर्दै आएको कर पनि सात वर्षयता ठप्पै पारेका छन् ।   ‘वर्षमा एकदेखि तीन लाख आम्दानी हुने व्यक्तिलाई काठमाडौंमा घरभाडा तिर्न पनि गाह्रो हुन्छ । तर, थापाले बालुवाटारमा, तिनकुनेमा तथा गल्कोपाखा ठमेलमा अत्याधुनिक घर बनाएका छन्, मूलपानी गाविसमा पाँच रोपनी, अनामनगरमा १० आना जग्गा जोडेका छन्, अब उनको सम्पत्तिको स्रोत पनि खोजिनेछ,’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।   संस्थागत मुद्दा लिँदा थापाले कार्यालय दर्ता शुल्क मात्र ४० हजार आठ सय लिने गरेका छन् । त्यस्तै मुद्दाको पक्षसँग एकपटक भेटेर सल्लाह गरेको शुल्क १५ हजार, मुद्दाको मस्यौदा लेखेको २० हजार आठ सयसम्म लिने गरेका छन् । त्यस्तै एकपटक बहस गरेको शुल्क करिब चार लाख लिन्छन् । यसरी एउटा मुद्दाको दश लाखभन्दा बढी लिने थापाले वर्षमा एक लाख रुपैयाँ आम्दानी गरेको भनेर राजस्व छल्दै आएको सरकारी अधिकारीहरूको भनाइ छ ।   ल फर्ममा राजस्वले छापा मारेपछि उनले चालू आर्थिक वर्षको साउन महिनाको मूल्य अभिवृद्धि कर (भ्याट) भने तिरेका छन् । उनले साउनमा एकै महिनामा करिब पाँच लाख रुपैयाँ कारोबार देखाएका छन् । थापाको ल फर्मले मंगलबार आन्तरिक राजस्व विभागको करदाता सेवा कार्यालय पुतलीसडकमा ६५ हजार रुपैयाँ भ्याट तिरेको हो ।  

_____ · Sep 12, 2013 7:27 PM · 1,524 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all