http://ujyaaloonline.com/news/... नेपाल बन्द र खुलाको दोहोरी (फोटो फिचर) Posted: Thursday, Sep 12, 2013 15:03 PM ( 5 hours ago ) बोमलाल गिरी/उज्यालो काठमाडौ, भदौ २७ – बन्द सधैंका लागि बन्द गर्नुपर्छ भनेर आवाज उठ्न थालेको धेरै भयो । तर अब कहिल्यै बन्द गर्दैनौं भनेर प्रतिबद्धता जनाउने पार्टी र समूहले बन्दलाई चटक्क त्याग्न सकेका छैनन् । बिरोधको सबभन्दा सजिलो शैली भएकाले बन्द गर्ने प्रवृत्ति अझै कायम छ । बिहीबार नेकपा–माओवादी नेतृत्वको मोर्चाले पनि यही शैली दोहोर्‍यायो । तर बन्दबाट आजित नागरिक चुप लागेर बसेनन् । बन्द गर्नुहुन्न भन्दै सडकमै ओर्लिए । बन्दकर्ता विहान सबेरैदेखि सडकमा झण्डा बोकेर ओर्लिएको बेला काठमाडौंको माइतीघरमण्डलामा पनि युवाहरु पर्चा, पम्पलेट बोकेर जम्मा भए । उनीहरु सबैको एउटै स्वर थियो ‘बन्द सधैका लागि बन्द गरौं ।’ तर बन्दको बिरोधमा यसरी सडकमा ओर्लनु सामान्य कुरा थिएन । बन्द गरेर बिरोध गर्ने शैली त्याग्नुपर्छ भन्ने आमभावना भएपनि सडकमै पुगेर प्रदर्शनमा सहभागी हुन धेरैले आँट गरेनन् । त्यसैले माइतीघर मण्डलामा जम्मा भएका युवाहरु त्यहीँ प्रदर्शन गरेर फर्कने मनस्थितिमा थिए । तर नेपाल सधैं खुला हुनुपर्छ भन्नेहरुको संख्या २४ पुगेपछि उनीहरुको मनोबल बढ्यो । अनि थापाथली, सुन्धारा भएर रत्नपार्क शान्तिबाटिकासम्म जाने योजना बनाए । तर बन्दकर्ता पनि के कम । बन्द विरोधीहरु आउँदैछन भन्ने थाहा पाएपछि रत्नपार्कमा थोरै संख्यामा रहेका बन्दकर्ताहरु एकैछिनमा जुटे र बन्द विरोधीको प्रतिकार गर्न रत्नपार्कबाट सुन्धारातिर लागे । सुन्धारा पुग्ने बित्तिकै दुबै पक्षको जम्काभेट भयो । बीचमा ठूलो संख्यामा तैनाथ सुरक्षाकर्मीले हाते साङ्लो बनाएर उनीहरुको भेट हुन दिएनन् । अनि दुबै पक्षले अलि परै उभिएर बन्द र खुलाको जुहारी खेल्न थाले । एक पक्ष ‘नेपाल बन्द कहिलेसम्म ? नागरिक चुप जहिलेसम्म ?’ भन्थे । त्यसको तत्कालै बन्दकर्ता जवाफ जिन्थे –‘नेपाल बन्द कहिलेसम्म, डलरवादी रहेसम्म ।’ फेरि बन्द विरोधी कराउँथे –‘नेपाल बन्द कहिलेसम्म ? पुलिस चुप रहेसम्म ।’ - See more at: http://ujyaaloonline.com/news/...
cybernepali · Sep 12, 2013 9:02 AM · 8,042 views
Aray nepal banda hatayo re hau sathi.
centaurustektechnolo · Sep 12, 2013 12:25 PM
Nepal banda ko birodhko lagi Nepali banda bha jasto chha. It's a good initiative; I wish more people joined this cause. Better yet, if this can come out during actual Nepal bandh, would be even better. I am all for military taking over when Nepal bandh is done forcefully. Protests should be allowed, but forceful and violent outburst should be deemed illegal.
Kiddo · Sep 12, 2013 12:40 PM
kiddo i am for military rule for the next 10 years in Nepal so that people know the meaning of discipline. atti nai chada bhayo hamro samaj....no one is scared of rules, regulations, police, government. protest should be allowed in democracy but let people work and make their livelyhood
kaji sahab · Sep 12, 2013 2:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion