​ईनेपलिज़ डटकम तथा व्हाइट हिमाल टेलिभिजनले सयुक्त रुपमा सहकार्य गर्ने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                 ईनेपलिज़ डटकम तथा व्हाइट हिमाल टेलिभिजनले सयुक्त रुपमा सहकार्य गर्ने   विजय थापा , भर्जिनिया ,भाद्र २६ , अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित अनलाईन(बिधुतिय )पत्रिका ईनेपलिज़ डटकम तथा न्यु योर्कबाटबाट संचालित 'व्हाइट हिमाल टेलिभिजन' बीच सयुक्त रुपमा सहकार्य गर्न सहमति भै सम्झौता गरिएको जानकारी छापा बिज्ञप्ति मार्फत जानकारी गराईएको छ l न्यु योर्कबाट चौबिसै घण्टा संचालनमा रहेको पहिलो नेपाली टेलिभिजन (दूरदर्सन )व्हाइट हिमाल टेलिभिजन तथा डिसी क्षेत्रमा छोटो समयको अवधिमा शुभचिन्तकको समर्थन तथा अथाह माया बटुल्न सकेको ईनेपलिज़ डटकम बीच सेप्टेम्बर १० ,२०१३ का मिति देखि नै सयुक्त रुपमा सूचनाको आदान प्रदानमा सहकार्य गरिने भनि व्हाइट हिमाल टेलिभिजनको तर्फबाट संचार निर्देशक स्वाधिनता बराल तथा ईनेपलिज़ डटकमको तर्फ बाट प्रधान सम्पादक विश्व राज थापाले सम्झौता पत्रमा हस्ताक्षर गरिएको भनि छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ l   सहमति ,सहकार्य तथा सम्झौता शब्दहरुले आम स्वाभिमानी नेपालीहरुको कानको जाली फुटेको झैँ रहेको अवस्थामा संचार माध्यममा हामीले गरेको पहलले आम मानसमा सकारात्मक संदेश दिन्छ भन्ने लागेको कुरा ईनेपलिज़ डटकमका सम्पादक विश्व राज थापाले भने l यसै गरि व्हाइट हिमाल टेलिभिजनका प्रबन्ध निर्देशक सूर्य थापाले सुचना र समाचारलाई व्यापक रुपमा दर्शक तथा पाठक वर्ग सम्म पुर्याउन समुह कार्य (टिम वर्क ) तथा सहकार्यले पत्रकारिता प्रति सबैको विश्वास बढ्ने कुरामा आफु विश्वस्त भएकोले यस्तो कदम चालिएको हो भने l  थापाले थप जानकारी गराउदै वाशिंगटन डिसी ,म्यारिल्याण्ड तथा भर्जिनिया राज्यहरुका लागि व्हाइट हिमाल टेलि भिजनको प्रतिनिधित्व ईनेपलिज़ डटकमले गर्ने हुनाले व्हाइट हिमाल टेलि भिजनलाई सरल हुने छ भने l  उक्त छापा बिज्ञप्तिमा आफ्ना शुभ चिन्तक ,दर्शक ,संचारकर्मी तथा समुदायले सकारात्मक रुपमा लिने छन् भन्ने कुरामा दुवै पक्ष बिश्वस्त रहदै राय ,परामर्श ,सल्लाह ,मार्गदर्शन तथा सुझाबको अभिलाषा समेत राखिएको जनाईएको छ l समुदाय प्रति सदैब समर्पित हुने सामुहिक साझा प्रतिबद्दता जनाउदै दुवै पक्षलाई अग्रगामी दिशामा बढ्न सरल हुने र प्रशस्त सम्भावनाका ढोका खुल्ने हुनाले दुवै पक्ष बीच सहमति भै ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको उल्लेख गरिएको छ l    दुवै संचार माध्यम एक आपसमा बिलय (मर्ज )न भै सुचना र समाचार सम्बधि तथा अन्य बिषयमा सहमति भै सहकार्यको लागि राजी भै लिखित सम्झौता गरिएको जानकारी गराईएको छ l  दुवै संचार माध्यमको अस्तित्वलाई यथावत कायम गर्दै अघि बढ्ने दृढ संकल्प रहेको समेत उल्लेख गरिएको छ l                                                                              

mahoday · Sep 11, 2013 7:46 PM · 2,985 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all