कम्पनी रजिष्ट्रारका निर्देशक र चार्टर्ड एकाउन्डेन्ट अख्तियारको हिरासतमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  कम्पनी रजिष्ट्रारका निर्देशक र चार्टर्ड एकाउन्डेन्ट अख्तियारको हिरासतमा छानविन गर्नेले नै २० लाख घुस लिएको दाबी २०७० भदौ २६ गते २१:४७ मा प्रकाशित २६ भदौ, काठमाडौं । सरकारी कार्यालयले आर्थिक अवस्थाको छानविनका लागि खटाएकै व्यक्तिले घुसघोरी धन्दा चलाएपछि बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रार कार्यालयका निर्देशक र एकजना चार्टर्ड एकाउन्टेन्टलाई हिरासतमा लिएको छ । अख्तियारले चार्टर्ड एकाउन्टेन्ड भानुभक्त कँडेल र कम्पनी रजिष्ट्रार कार्यालयका निर्देशक लालबाबु कवारीलाई २० लाख घुस लिएको आरोपमा बुधबार हिरासतमा लिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जनाउनुभएको छ । चितवन मेडिकल कलेजमा आर्थिक अनियमितता भएको उजुरी परेपछि कम्पनी रजिष्ट्रारको कार्यालयले छानविनका लागि कँडेललाई परामर्शदाता नियुक्त गरेको थियो । मेडिकल कलेजको आर्थिक स्थितिबारे छानविनका लागि परामर्शदाताको नियुक्तिका लागि कम्पनी रजिष्ट्रार कार्यालयले विज्ञापन नै आह्वान गरेको थियो । सो विज्ञापन अनुसार अनामनगरको भानु एसोसिएटका कँडेल परामर्शदातामा नियुक्त भएका थिए । आर्थिक स्थितिकोे छानविन गर्न नियुक्त भएका कँडेलले मेडिकल कलेजका सञ्चालकबाट २० लाख घुस लिएको प्रमाणका आधारमा कँडेल र उनलाई परामर्शदाता बनाउन भूमिका खेल्ने कवारीलाई अख्तियारले हिरासतमा लिएको बताइएको छ । घुस लिनेलाई हिरासदमा लिइए पनि २० लाख घुस दिने मेडिकल कलेजका सञ्चालकलाई भने अख्तियारले पक्राउ गरेको छैन । - See more at: http://www.onlinekhabar.com/20...

_____ · Sep 11, 2013 11:38 AM · 1,243 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all