तल घर बाट आउदै थिए बाटोमा उसको माहिलाबुवाको घर ...धेरै पछि आज उसलाई देखे त्यही उस्तै रहेछ अलिकति मोटाउँन चाहि मोटायछ, कपाल लामो थियो पहिला अहिले छोटाएछ पहिले उसको कपाल जहिले राहुल रोयको जस्तो हुन्थ्यो र मलाई तेतिखेर सुहायेजस्तो पनि लाग्थ्यो तर अहिले छोटो कपाल अलि अलि माथि ठड्याउदा त झन् कति राम्रो देख्या ; हुनत काट्नैपर्ने जागिर उसको पहिलो छुट्टी आएको थियो साएद उ देख्नीबित्तिकै मुस्कुराउदै नमस्कार गर्यो मलाई भने भित्र भित्र खुसि हो कि बिस्मात हो कि असजिलो हो ले काउकुति लगाएर उकुसमुकुस बनाइराको थियो, तेही माथि छोरी पेटमा छैटौ महिनामा थिइ पेट पुक्क उठेको मा उसको सामु लाजले नजिक भएपछि न उसलाई हेर्न सके न केहि बोल्न नै, उ के के बोलिरहेको थियो सोधिराको होला अझै साएद मैले केहि पनि सुनिन मात्त्रै येति सोध्न सके ..कहिले आउनुभको नि ? हिजो दिउसो आइपुग्या...... बल्ल यो चाहि सुने, कस्तो सुरिलो लाग्या उसको स्वोर मलाई आज …घडी हेरेजस्तो गरे अनि स्कुल जान ढिला भो पछि कुरा गरम है भन्दै एकचोटी मुहार नियाल्न भ्याइहाले र हतार भएजस्तो गर्दै दगुरे तेस्तै दश मिनेट जति लाग्थ्यो त्यहाबाट माथि घर पुग्नुलाई तर त्यो दिन कति लामो लाग्यो मलाई दुरी, गोरो पनि भएछ पहिले भन्दा धेरै , मनमा अर्कै किसिमको तरङ्ग पैदा भो, म उ संग तिमि नै भनेर कुरा गर्थे पहिले आज एक्कासी मेरो मुखबाट पहिले निस्क्या कुरा घुमिरह्यो ममा आको परिबर्तन देखेरै म आफै दङ्ग थिए के भा होला मलाई.... साडी लगाए स्कुलमा यो टिचरले पनि ड्रेस लगाउनै पर्ने बाध्यता कहिलेइ ड्रेस ले छाड्ने भएन मलाई स्कुल जादा स्कुल ड्रेस फेरी कलेज जादा कलेज ड्रेस र अहिले... ऐना अगाडी बसे साडी संग मिल्ने कलेजी कलरको लिपिस्टिक हल्का लगाए सधै हतार हुन्थ्यो यी सबै कुरामा मलाइ तर आज आफैलाई नियाले धेरैबेर आफैलाई आफ्नो अनुहार अपरिचित लाग्यो मलाई एउटै गाउ थियो उस्को र मेरो तर बस्ती फरक फरक दुई खोल्सो तरेर जानु पर्ने; पहिलो खोल्सो आउनुभन्दा अगाडि बाटोको छेउछेउमा अजङ्गको बासको झ्याङ्ग थियो त्यस्पछी अलिक मुनी बदेमानको चिलाउनेको रुख र त्यस्को फेदैमा बाजेबजैको थान जहाँ बर्सेनी पुरा गाउले मिलेर पूजा गर्ने गर्थ्यो। माथि माथि भने सानोतिनो जङ्गलजस्तै थियो चिलाउने बदहर अनी खयरको बुटाहरुसहित सानोतिनो अरु झ्याङ्हरुको। बाजेबजैको थान नजिकै अर्को थाना पनि थियो बनसखन्दिको, सानो गोलो आकारमा खरले छाएको बिचमा अलिक अग्लो गरी धुरखाबो गाडेर बाँकी पाचतिर सानो सानो काधखाबो हालेर बनाएको सुन्दर पूजा गर्ने ठाउँ। बिचमा चाँही अलिक ठुलो त्रिशुल गादेर त्रिशुल माथि चाँही साना साना घन्टी र तेही घन्टी छेउमै थुप्प्रै रङ्गको धजाहरु; प्रत्यक बर्ष यसरी नै रङिन्थ्यो बाटो माथिको त्यो दुई वटा पूजाथान एकमहिनाको अन्तरमा। खोल्सो कटेपछी भञ्ज्याङग सुरु, त्यस्तै २६ घरजत्तिको बस्ती त्यहा बिचमा प्राथमिक स्कुल श्री पञ्चकन्या प्राथमिक बिद्यालय; गाउभरि लगभग ७० घरका केटाकेटी त्यही स्कुलमा पढ्न आउथे। स्कुल बाट पूर्व उस्को घर भने मेरो पश्चिम प्राथमिक तहपछी हामीले स्कुल परिवर्तन गर्योउ म नजिकै सुर्योदयमा पढ्न थाले भने उ चाँही पोखरा पढ्न गयो। उस्को बुवाको सरुवा भाईरहन्थ्यो एस्पाली चाँही लामै समय तेही बस्ने स्थिती आएकोले उस्लाई तेही लगेर पढाको रे भन्ने सुन्थे। पढ्नमा चाँही उ तेज थियो कहिलेइ कसैलाई उछिन्न दिएन सधैं प्रथम हुन्थ्यो। दुई बर्षपछी उस्को बुवाको फेरी सरुवा भएछ र उस्लाई भने तेही बोर्दसमा रख्दिनुभएछ। लामो छुट्टीमा मात्रा देख्थे उस्लाई टोलमा कहिलेकाही। त्यही बर्षको बर्षे बिदामा आउँदा अलिक पातलो र कालो भएको मैले याद गरे। हामी खोलामा जान्थ्योउ कपडा धुनलाई उनिहरु पनि आउथ्यो एक हुल भएर र हामी भन्दा केही माथि बसेर खाल जमाइ बस्थ्यो। कपदा धोइहाले पनि कहिले साबुन बगाउथ्यो त कहिले कपडै। उसङ्गैको राहुल र पुकारको मेरो साथी बिमला र कुमारीसँग चक्कर चलिराको थियो र प्राये उनिहरुको कपडा यिनै दुईले धोइदिरा हुन्थ्यो। उ चाँही माथिपत्ती भुरा भाईइहरुलाई लिएर पखाल्न लगाउदै सुकाउन लगाइरहन्थ्यो। पखाल्दा पखाल्दै फुच्चेहरुले कहिले के बगाइदिन्थ्यो कहिले के अनी उ कराउदै लिन जा भनी लखेत्थ्यो तलबाट प्राय मैले समातेर रखिदिन्थे। एकदिन चाँही फत्फताउदै आँफै दौडिदै तलतिर आको देखे आज पनि बगाएछ भन्दै समातेर रखिदिये उ रातो हुँदै कपडा समाएर दगुर्यो हल्दार कट्टु रहेछ उस्को।
36x36 · Sep 11, 2013 4:03 AM · 15,601 views
Eagerly waiting for next part! CL
crazy_love · Sep 11, 2013 4:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion