लाग्छ अब म सँग गल्ती हरुको पहाड भैसक्यो त्यसैले छेकेर तिमीलाई के छ भनेर नियाल्न नि नसक्ने अवस्था को' गल्ती गर्दिन भन्छु खायसि मेरो बानी कहिलेइ नि सुध्रेन, मन भरी अतस मतस भएर गुम्सिएर बसेका मेरा भावना कि कुन्ठित मनोदशा बाहिर अरुलाई च्वास्स बिझाउने गरेर दिएर जान्छ । नभए आफैलाई कसैको सामु मुहार देखाउन नसक्ने जस्तो गरि; तिमीलाई देखे देखी मनमा काउकुती त तेसै लाग्न थाल्या हो तर मनमा कता कता एउटा सपना पनि त सजाउन थाले । पहिलो भेट खासै मन भरिने गरी भाको पनि हैन, म डाउनटावन जादै थिए बार्ट्मा तिमी पनि तेही थियौ मैले चिनेको बहिनिसँग, झल्ल्यास्स देखमै मनमा तरङ्ग पैदा भयो । एउटा हुन्छ नि एही हो मेरो लागी बनेको मलाई मेरै लागी भनेर बनाको जस्तो नजानिदो हक पनि पैद भैसक्याथ्यो ।तिम्रो रुपको सम्मोहनमा म डुबिसक्या रहेछु चुर्लुम्मै त्यही भएर र त मुखै फोरेरै चेते र बलेसँग तिम्रो फेसबुक आइडी फुत्काए । तेस्पछी तिम्रो इतिहास खोतल्खातल त दिन्भरी जोत्तिएर आएर पनि जुत्ता मात्र फुकालेर भएपनी खोजी छादे कती रात त जाग्राम बस्सियो अनि कस्सिएर फ्रेन्द रिकुएस्त नि पठाए तेस्पछी आउला एक्सेप्तेद भनेर आखा च्याती च्याती बसे उहु ज्यान गए आएन, अचम्मै भो मेरो लागी चक्कर लागे जस्तो भएर भान छुतेर आयो, पठाकै दुइ दिन भैसक्यो उहु ज्यान गए आउँदैन मलाई यो हार असाध्धै नमिठो लाग्यो ।
36x36 · Sep 11, 2013 3:56 AM · 15,728 views
प्रिय 36x36 ज्यु, कथाको शुरुवात नै आकर्षक छ, अझै मिठास त font हरु मिलाएर राख्नु भए झन् राम्रो हुन्थ्यो। शुरुशुरुमा त्यस्तै हुन्छ, तर यसरी नै त बिकास हुने हो लेखाइको। unicodenepali.com मा नेपाली शब्दहरु राम्री सच्याउनु भयो भने कथा पढ्दा रमाइलो लाग्नेछ, कतै कतै शब्द अशुद्ध छन् बाक्यमा। तपाइको लेखाइमा संभाबना छ, लेख्दै जानुस्, पढ्ने हामी छौ। कमेन्ट आएन भनेर निराश नहुनु होला, साझामा सम्बन्ध बनाउन समय लाग्छ, बनेपछि प्रतिक्रियाहरु आफै आउछन्।
crazy_love · Sep 11, 2013 4:10 PM
क्रेजी लब jiu लाई अभिबादन टक्र्याउन चाहन्छु; अरुले लेखेको पढ्न बेस्सरी रुचाउने मान्छे म... आफै लेखिटोपल्न खोज्छु कहिलेइ पूर्ण रुपमा लेख्न सक्दिन, अनि हाम्रो साझाका अति नै सम्माननिय लेखक हरुको लेख पढ्छु कथा पढ्छु , अरुले लेखेका किताबहरु पढ्छु अब त सक्छु झैँ लाग्छ तर लेखाइलाइ ठ्याम्मै बामे सराउन सक्दिन. भर्खरै बारखरी सिक्दै छु.............. शब्द हरु बनाउन र शुद्ध गरि लेख्न बिस्तारै तपाइहरुकै प्रेरणाले र कमेन्टले सिकाउला
36x36 · Sep 12, 2013 4:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion