Gaayak

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्राय जस्तो कार्यक्रमको सम्योजक झुक्किएर हो कि फुस्किएर हो आफ्नै पोल्टोमा पर्नी, प्लस टु पढ्दा लाटो देशको गाडो तन्नेरी नै थिए; कोही नभएसी दुमै राजा भन्थे मेरो पर्याबाची पनि तेस्तै भईराथ्यो। अब हरेक कार्यक्रममा सम्योजन गर्दा गर्दा लत्तु भएर अब आउनेमा चाँही भाग लिएर नै छोड्छु भन्ने भान भङ्रिएर आयो अनी दाँया बाँया नहेरी झ्याप्पै नाम थोक्काइदिये । लास्टा लोक गीत प्रतियोगिता परेछ अब के गर्नी गर्नी भो नाम च्यात्तै काटुम आफ्नै नाक काट्टिएला भन्ने भान भो नकाटुम आफुलाई फितिक्कै नआउनी>>>>> लास्टै तेन्सन भो अनी कार्यक्रम आउन एक हप्ता बाँकी घर आछु झोक्राछु क्याम्पस गछु उही ताल भएन अब चाँही केही गर्नै पर्ने भो भनेर घरमा कुरा खोले। मेरी आमा आमा समुहको माहिर दोहोरी गीत गाउनमा अनी पहिले आमालाई नै सोधे ' के गाम तनी आमा लौ भन त? ' भन्या लामो लिस्तै दिनुभो आफुलाई एउटै मन पर्नी भये मरिजाम बाउलाई भने, बाउ पनि हल्का आमाहरुको हुलमा मादल प्यात प्यात गर्दै गाउने टोपल्ने उहु बाउले देको लिस्त नि पितिक्कै चित्त बुझेन अब जम्मा दुई दिन बाँकी के गरुम गरुम भो एक मन्ले त फेरी हाप्दिउ कि झै नि लागिरा फेरी एउटा भित्त्री कुनामा इगोले च्वास्स घोचिरहने ह्या गाउदिन जे परे नि परोस भनेर सुकुती हाउस तिर हिंडे, केटाहरु सब्बै आका थिए मनको ब्यथा ३ प्याकमा निस्किहाल्यो। ह्या मुला जे गाये नि गा न सित्ती बजाउने नाच्ने हामी छदै छम नि भनेर औंला दिन थालिगो; के गाम तनी भन्दा तेजेले हिन्तस दिन थाल्यो'' हैन यो सुन्दरिको मन्मा बस्ने को होला भन्ने कस्तो होला, एउटा प्याच्च बिचमा बोलिहाल्यो त्यो नि लोकगित हो र यार त्यो त फिलिमको गीत पो त'आखिर प्याककै बारेमा त बोलेको छ त्यो गितले ।।। तेजेले दीहाल्यो प्याक्को सुरमा >>>>>>>>>>>  अब कहाबाट खोज्ने त सोचिरा बेलामा अर्को रुम बाट छ्यास्स एउटाले मुखमा मेरो पान छ तरुनी तिर ध्यान छ भन्ने गीत गुनगुनाको सुनिहाले मैले मात्त्र हैन सब्बैले सुनिहाले अब कुरो चुरो सब्बै तेत्तै मर्कियो। हैन यो गीत चाँही बब्बाल नै होला जस्तो छ् हेर अब एही गाउनु पर्छ मेरो दिल्ले नि तेही भन्यो, बेलुका आएर सोमरसको तालमा गीतको शब्द जुताउन थाले।  मुखमा मेरो पान छ् तरुनितिर ध्यान छ  तरुनी मुसुक्क बसे म टुसुक्क  हे फुटबल खेल्दा सुन्नियो भने आँफैले नै देख्छु(तेतिखेरको मोह आँफै म्यारोडना झै पो लाग्थ्यो त हौ) तातो पानी उमालेर आँफैले नै सेक्छु     हे आजभोलि तिम्लाई किन राम्री राम्री देख्छु पढ्ने लेख्ने नोटबुकमा तिम्रै नाम लेख्छु मुखमा मेरो पान छ् >>>>>>>>> >>>>>>>>>>>>>>>>>>>>>>> वा वा वा आँफैलाई एती मिठो ला त हैन आँफैले गाको अनी त्यो मादल प्यारजङ सोल्टिले लास्टै मिठो बजाउनु भाको नाच्नी सोल्टा र सोल्टिनिहरु कम्ता राम्रो  त हैन ओहो खुब रमाइलो गरी गाइयो>>>>>>>>>  पर र र ररर ताली बज्यो सित्ती त कती हो कती आम्मै  आँफै फर्स्ट  जस्तो भो  नाक फुल्लेर कहाँ पुग्या हो आँफैलाई थाहा थिएन केटाहरुको उचलाई तेस्तई    साना ठुला माथिका परका वोरका सब्बैले गाये  नेपाली पढाउने गुरु श्री प्राध्यापक बिष्णु उदासी जिउले केही कुरा छात्नुहुने भो अब मख्ख पर्दै कुरा सुन्न थालेम  सभापति महोदय  प्रधानध्यापकजिउ तथा कार्यक्रम सम्योजक आज भएको कार्यक्रमलाई सर्सर्ती हेर्दा रमाइलो भो राम्रो भो तर त्यो भन्दा पनि बढी उच्छ्रिगलपनाले ब्याप्त भएको देखे। लोकगित भन्या त बिशुद्द रुपमा गाउघरमा गाउने एउटा भाका होस् एउटा बिचार  होस् तर यहाँ त एक दुई जनाले लोक र आफ्नोपनाकै धज्जी उदाइदिनुभो। के हो त खासमा लोकगित लोकभाका भन्या भनेर बुझ्नु जरुरी हुन्छ जस्तो मलाई लाग्छ यहाँ आउनु भन्दा पहिले. धन्न्यबाद    पुरस्कार नै पाउला भनेर धोको बाधेर बस्या मान्छेको इज्जत माथि एती ध्वास लाग्यो कि  त्य्सैले चुप्प लाएर बस्सिएछ अहिलेसम्म                  

36x36 · Sep 11, 2013 3:25 AM · 16,090 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all