मलाइ आजकाल एउटा कथा याद आयो बुद्धको बारेमा . एउटा ब्यापारीले बुद्ध लै तथानाम गलिगरेछ , भन्नु नभन्नु भनेछ अनि बुद्धको एउटा सिश्य लाइ सारै रिस उठेछ र तेस व्यापारीलाई मर्न भनेर जना आतेछ अनि उसलाई रोक्दै बुद्धले भन्नु भएछ ,"जसरि तिम्ले आकाशमा फर्केर आकाश लाइ सरापेर गाली गरेर थुक्क थुक्छौ त्यो फर्केर थुक्ने कै मुखमा पर्छ आकाशलाइ तेस्ले केहि असर गर्दैन किन कि उसले त्यो ग्रहण नै गर्दैन , तेस्तै त्यो ब्यापारीले जति गाली गरोस त्यो सप्पै उस्सै कहाँ फर्केर गैरहेको छ किन कि मैले केहि ग्रहण नै गरेको छैन , उसको थुक उसकै मुखमा फर्केको छ , उसकै अनुहार कालो र मन धमिलो भएको छ , मलाई केहि भएको छैन केहि असर छैन. तेसैले तिमि शान्त बस ." अनि त्यो शिष्य शान्त बसेछ ..........साएद त्यस्तै अर्को धागोमा फुर्के जी ले पनि आफ्नो मन, जीवन, छबि र बचन धमिल्याउनु भो जस्तो लाग्यो मलाई चै..... बुद्ध जहाँ जन्मे जहाँ हुर्के जहाँ ज्ञान प्राप्त गरे जहाँ परिनिर्वण प्राप्त गरे सप्पैलाइ त्यो संग मतलब छ यो मतलब छैन किन "के हामीले बुद्धको ज्ञान को प्रायोग गर्याछौ? बोधी मार्गको 'बो' पनि थाहा छ ? मेरो बुद्ध मेरो देशको बुद्ध भनेर नि हुन्छ ? बुद्धत्व के हो बुझ्नुस न पहिले ? बुद्ध , बुद्धत्व र बोधी-ज्ञान न कुनै राष्ट्रको सिमा भित्र पर्छ न कुनै जातिको . यो त सबैको लागि खुल्ला छ . अब बुद्धको ज्ञान, सद्बिचार , पंचशील मन्त्र(बाटो) चैं नमाने रे अनि बुद्ध मेरो देशको बुद्ध को कपाल तेरो देशको बुद्धको ममा घर अर्को राष्ट्रको भनेर नि हुन्छ र ..... खै के खै के ....... लौ सब को जय हो .... हुन त सब एकसा एक छन् आफु त यस्तै हो ..... - थाहा छैन (हिज्जे र व्याकरणको लागि माफी माग्छु)
ThahaChaena · Sep 10, 2013 11:14 AM · 1,893 views
एकदम सही कुरो गर्नु भयो थाने भाइ ले . म स्वयम् बौद्धमार्गी हुँ. बुद्धको धेरै कुरा न त हामीलाई थाह छ , न त धेरै संस्कार हामीले जीवनमा अपनाउन सकेका छौं . यदि हामीले बुद्धका उपदेश र सिद्धान्त मध्ये थोरै अंश मात्र पनि ब्यबहारमा लागु गर्न सकेको भए हाम्रो स्थिति अर्कै हुन्थ्यो. बुद्ध कहाँ जन्म्यो संग भन्दा पनि बुद्धको सिद्धान्त संग हामी कति नजिक छौं भन्नेको अर्थ हुन्छ . लुम्बिनी मा जन्मेको को शंका छैन, लुम्बिनी बुद्ध जन्मेको बेला नेपाल राज्य अधिराज्य भित्र थिएन शंका छैन . त्यति बेला भारत बर्ष को एउटा गण राज्य थियो. हाल लुम्बिनी नेपाल मा पर्छ , सत्य कुरा यही हो . नेपाल मै जन्मेको भन्नु को तुक कहाँ रहन्छ र ? बुद्ध जन्मेको ठाउँ नेपाल मा पर्दछ भन्नु र नेपाल मा जन्मेको भन्नुको भिन्नता आफै छुट्याउनुस . अब कुन चाही नौटंकीले भारत मा जन्मेको भनेर टायर बाल्ने काम गर्दै होला, त्यसको औचित्य के होला र . आधिकारिक तवरले भारत सरकारले लुम्बिनी भारत मा पर्छ भन्यो भने टायर मात्र हैन सारा भारत जलाउने आन्दोलन हुनु पर्दछ . राष्ट्रसंघ देखि जहाँ जहाँ हुन्छ , धर्ना जुलुस गर्नु पर्छ . कैटिरिनाले भन्यो भन्दै मा के टाउको दुखाइ ?? राजेश दाई ले गान्धी , पोरबंदरमा हैन पाल्पा मा जन्मेको रे भने जस्तै हो त्यो.
rahulvai · Sep 10, 2013 1:09 PM
Well said Rahulvai
Kiddo · Sep 10, 2013 3:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion