नासा र एन्माको नबौं संयुक्त सम्मेलन भब्यताका साथ सम्पन्न

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                               नासा र एन्माको नबौं संयुक्त सम्मेलन भब्यताका साथ सम्पन्न साउथ क्यारोलीना, अमेरिकामा रहेका नेपालीहरुका दुई ठुला संस्था नासा र एन्माको नबौं संयुक्त सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । साउथ क्यारोलीनाको स्पार्टनबर्गमा तीन दिन सम्म चलेको संयुक्त सम्मेलनमा अमेरिकामा रहेका आठ सय भन्दा धेरै नेपालीहरुको सहभागितामा सम्मेलन सम्पन्न भएको छ । अमेरिकाको लागि नेपाली राजदुत डाक्टर शंकर प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलनमा रक्तदान, खेलकुद, ट्यालेण्ट शो, बालबालिकाहरुका बिबिध कार्यक्रमहरु, सांस्कृतीक कार्यक्रम, भ्रष्ट्राचार बिरुद्धको अभियानको बारेमा छलफल, ब्यवसायिक बिकासको बारेमा छलफल लगाएतका बिभिन्न कार्यक्रमहरुको साथ सम्पन्न भएको हो ।  ३३ बर्ष पहिले स्थापना भएको एशोसिएसन अफ नेप्लीज इन मिडवेष्ट अमेरिका (एन्मा) र २२ बर्ष पहिले स्थापना भएको नेप्लीज एशोसिएसन इन साउथइस्ट अमेरिका (नासा) ले बिगत नौ बर्ष देखी संयुक्त रुपमा सम्मेलनको आयोजना गर्दैआएका छन् । हरेक बर्षको अमेरिकन लेबर डेको सन्दर्भ पारेर आयोजना गरिने कार्यक्रम नासा र एन्माले पालैपाले सम्मेलनको संयोजन गर्दछन् । यस बर्ष नासाको अगुवाईमा साउथ क्यारोलिनामा बस्ने नेपालीहरुको संस्था स्क्यानको आयोजनामा सम्पन्न भएको हो । सम्मेलन आयोजक संस्था स्क्यानका अध्यक्ष मनिष शाक्यका अनुसार आफुहरुले सोचे भन्दा धेरैको संख्यामा उपस्थिती भएकोले कार्यक्रमको ब्यवस्थापन गर्न केहि कठिन भए पनि सम्मेलन ऐतिहासीक भएकोमा खुशी ब्यक्त गर्नुभयो । नासाका निर्बतमान अध्यक्ष डाक्टर संजिब सापकोटाका अनुसार नासा र एन्माको संयुक्त सम्मेलनमा यती धेरै नेपालीको सहभागीता रहनु निकै सरहानिय र उदाहरणिय भएको बताउनुभयो । १६० भन्दा धेरै खेलाडिको सहभागीता भएको सम्मेलनमा नेपाल सेन्टर अफ नर्थ क्यारोलीना (एनएनसी) टिम ए भलिबलमा बिजयी भएको छ भने फुटबलमा फ्लोरिडा चौतारी प्रथम भएको छ ।  यस पटकको सम्मेलनमा नासाले नयां नेतृत्वको समेत चयन गरेको छ । दुई बर्षका लागि चयन गरिने नयां कार्यसमितीमा साउथ क्यारोलीनामा बस्दै आउनुभएका डाक्टर रामचन्द्र बरालको नेतृत्वमा २१ सदस्यीय नयां कार्यसमितीको निर्माण गरिएको हो । समितीका अधिकाशं पदहरु सहमतीमै चयन भए पनि बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सह सचिव पदका लागि भने निर्बाचन भएको थियो । आइतबार भएको निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा फ्लोरिडाका बिमल नेपाल बिजयी हुनुभएको थियो भने उपाध्यक्षमा जर्जियाका शैलेन्द्र ब्रजाचार्य र सह सचिबमा जर्जियाकै अम्बीका लोहनी शर्मा बिजयी हुनुभएको थियो । ३ दिन सम्म चलेको सम्मेलनमा बिभिन्न क्षेत्रका उत्कृष्ट ब्यक्तीहरुलाई बिभिन्न शिर्षकमा सम्मान समेत गरिएको थियो । सम्मेलनको दोश्रो र तेश्रो दिन नासाका पुर्व अध्यक्ष राजा घले र कैलास कायस्थको संयोजनमा भएको बिषेश सास्कृतीक कार्यक्रममा बरिष्ठ कलाकारहरु मिरा राणा, ओम बिक्रम बिष्ट, प्रेम राजा महत, यज्ञमान शाक्य, जगदिश समाल लगाएतका स्थानीय कलकारहरुको जोडदार प्रस्तुती रहेको थियो ।  सम्मेलनको अन्तीम दिन आगामी बर्ष एन्माको संयोजनमा हुन लागेको दशौं संयुक्त सम्मेलन क्लोराडोमा हुन लागेको जानकारी दिइएको थियो । एन्माका अध्यक्ष गोपेन्द्र भट्टराइका अनुसार क्लोराडोमा हुन लागेको दशौं संयुक्त सम्मेलनको क्लोराडोमा रहेका नेपालीहरुको संस्था रक्की माउण्टेन फ्रेण्स अफ नेपाल र नेपाली घरको संयुक्त आयोजनमा हुनेछ । नासा/एन्माको नबौं संयुक्त सम्मेलनमा भएका सम्पुर्ण कार्यक्रम, आयोजक तथा सहभागीहरु संग गरिएको बिषेश कुराकानी लगाएतका बिषयलाई समेटेर ह्वाईट हिमाल टेलिभिजनले स्पार्टनबर्गमा पुगेर तयार पारेको बिषेश कार्यक्रम ह्वाईट हिमाल टेलिभिजनमा आगामी शनिबार सांझ प्रशारण हुदैंछ ।     

mahoday · Sep 4, 2013 5:23 PM · 2,861 views

1 Reply

ए त्यसो भए नासाले को को नेपालीलाई अन्तरिक्षमा पठाउने भयो त ? अनि उनीहरु त्यहाँ माथीको क्लोराडोमा भन्ने ठाउँमा जम्मा भएर पार्टी गर्ने कुरा गर्या हो ?

Geology Tiger · Sep 4, 2013 6:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all